काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लिगको उद्घाटन गरे ।
उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ ।


