काठमाडौं- नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी हुन्।
उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएपछि उनलाई प्रहरीले बिहीबार वौद्धबाट पक्राउ गरेको हो ।
२ वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवालसँग सम्पर्क गरेकी थिइन् ।
कटुवालले नागरिकता बनाइदिएवापत उनीसँग ५ लाख रुपैयाँ लिएको खुलेको प्रहरीको भनाइ छ ।
यसअघि प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न कटुवालसहित ५ जनालाई पक्राउ गरेको थियो ।