काठमाडौं । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो ।
यस वर्ष असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिन सुरु गरेको थियो ।
यस वर्ष नेपालबाट मनसुन बाहिरिने सरदर मितिको अवधिमा सरदर वर्षा भएको छ । यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ । तराई र पहाडको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको छ ।


