बुध, अशोज २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोर्ट-अउ-प्रिन्स। वर्षौदेखि गिरोह हिंसा, राजनीतिक अस्थिरता र सुरक्षा सङ्कटबाट गुज्रिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको   छ ।

अस्थायी निर्वाचन परिषदले मङ्गलबार चुनावी अभियानका लागि तोकिएको अवधि स्थगित गरिएको र नयाँ मिति ‘सकेसम्म चाँडो’ सार्वजनिक गरिने जनाएको छ । राष्ट्रपति तथा विधायी चुनावको पहिलो चरण डिसेम्बर १३ र दोस्रो चरण सन् २०२७ को फेब्रुअरी २१ मा गर्ने तय गरिएको थियो । परिषदका एक सदस्यले डिसेम्बर १३ को मिति कायम नरहेको पुष्टि गर्दै नयाँ समय तालिकामा काम भइरहेको बताए । उनका अनुसार मतदाता दर्ता भने जारी छ ।

जुलाई २० देखि मङ्गलबारसम्म करिब सात लाख ६९ हजार मतदाता दर्ता भएका छन् । हाइटीमा सन् २०१६ यता राष्ट्रिय चुनाव हुन सकेको छैन । सन् २०२१ मा हत्या गरिएका तत्कालीन राष्ट्रपति जोभेनेल मोइजको स्थानमा समेत निर्वाचित राष्ट्रप्रमुख चयन हुन सकेको छैन । त्यसैले चुनावलाई राजनीतिक नेतृत्व पुनःस्थापना र देशमा स्थिरता कायम गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सुरक्षा सङ्कटका कारण देशभर निर्वाचन सञ्चालन गर्न कठिनाइ भएको छ । गिरोहको नियन्त्रणमा रहेका धेरै नगरपालिकामा मतदाता दर्ता केन्द्र स्थापना हुन सकेका छैनन् भने धम्कीका कारण सडक बन्द हुँदा निर्वाचन सामग्री ढुवानीमा समेत समस्या भएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार करिब एक करोड १० लाख जनसङ्ख्या रहेको हाइटीमा हिंसाका कारण करिब १५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कका अनुसार यस वर्ष कम्तीमा पाँच हजार सात सय मानिस मारिएका वा घाइते भएका छन् भने एक हजारभन्दा बढी महिला तथा बालिका बलात्कृत भएका छन् । स्थानीय प्रहरीमाथिको दबाब कम गर्न संयुक्त राष्ट्रसङ्घको समर्थनमा ग्याङ सप्रेसन फोर्स (जिएसएफ) तैनाथ भइरहेको छ ।

पाँच हजार पाँच सय कर्मचारी परिचालन गर्ने लक्ष्य रहे पनि हालसम्म करिब एक हजार पाँच सय मात्र पुगेका छन् । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले गत महिनाको अन्त्यमा जिएसएफको कार्यादेश थप छ महिनाका लागि विस्तार गर्दै स्वतन्त्र तथा निष्पक्ष चुनावका लागि अनुकूल सुरक्षा वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । एएफपी

यो पनि पढ्नुहोस्

ब्राजिलमा दोस्रो चरणको मतदान हुने

ब्राजिलमा दोस्रो चरणको मतदान हुने

२ दिन अगाडि
विमान खसाल्ने प्रयास

विमान खसाल्ने प्रयास

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक