मङ्ल, अशोज २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतीय फिल्मी कलाकार रीना रायँको जीवनी समेटिएको पुस्तक ‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ काठमाडौंमा विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा नेपाली राष्ट्रिय समाज सेवा परिषद्को आयोजनामा भएको कार्यक्रममा कलाकार टंक तिमिल्सिना, प्रेम कैदी, डा. युद्ध एस. रौनियार र गोकुल पन्तले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।

नेपालका प्रथम पत्रकार स्वर्गीय रघुनाथ प्रसाद रौनियारका जुम्ल्याहा छोरा रमेश कुमार रौनियार र उमेश कुमार रौनियारले पुस्तक लेखेका हुन् । पुस्तकका लेखकद्वयले भारतीय कलाकार रीना रायँको जीवनी लेख्न पाएकोमा खुसी व्यक्त गर्दै नेपालमा लेखक तथा कलाकारको सम्मानमा फोटो प्रदर्शनी गर्न संग्रहालय स्थापना गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा लेखकद्वयले आफूहरूलाई फेसबुकमार्फत ‘प्रभु प्रसाद’ले रीना रायँको जीवनी लेख्न प्रेरित गरेको बताए । उनीहरूले ‘कलम यस्तो प्रयोग हो, जसले संसार नै बदल्न सक्ने हतियार हो’ भन्ने धारणा पनि व्यक्त गरे ।

राजनीतिक अभियन्ता तथा पत्रकार प्रेम कैदीले इतिहासका आधारमा रौनियार समुदायलाई हजारौँ वर्षअघि भगवान् श्रीकृष्णसँग समेत जोडिएको विषय उल्लेख गर्दै भारतीय कलाकार रीना रायँको जीवनी नेपालमा विमोचन गर्न पाएकोमा खुसी व्यक्त गरे । इनोभा हस्पिटलका अध्यक्ष गोकुल पन्तले डा. प्रिन्स रौनियारको भूमिकाका कारण रीना रायँको जीवनी प्रकाशन हुन सकेको बताए । नेपालमा फिल्मी कलाकार रीना रायको जीवनी प्रकाशित हुनु गौरवको विषय भएको धारणा राखे ।

कलाकार टंक तिमिल्सिनाले लेखकद्वय रमेश कुमार रौनियार र उमेश कुमार रौनियारलाई बधाई दिँदै भारतीय फिल्मी कलाकार रीना रायँको जीवनी नेपालमा प्रकाशन हुनु राष्ट्रकै प्रतिष्ठा बढाउने विषय भएको जनाए ।

कार्यक्रममा मनिष मानवले लेखकद्वयले राष्ट्रका दर्जनौँ इतिहास लेख्दा समेत सम्मान गर्न नचाहनु दुःखद भएको बताए । राज्य र समाज मिलेर लेखकद्वयलाई सम्मान दिलाउनुपर्ने उनको धारणा थियो । डा. युद्ध एस. रौनियारले भारतीय कलाकार रीना रायँको सम्पूर्ण जीवनी कलात्मक रूपमा लेखेर नेपालमा प्रकाशन गर्नु लेखकद्वयका साथै नेपालको प्रतिष्ठासँग जोडिएको विषय भएको जनाए ।

समाजसेवी रेखा रौनियारले कार्यक्रममा स्वागत मन्तव्य दिएकी थिइन् । सीमा रौनियार र मञ्जु रौनियारले अतिथिहरूलाई खादा लगाइदिएका थिए । कार्यक्रमको अध्यक्षता पत्रकार तथा राजनीतिक अभियन्ता प्रेम कैदीले गरेका थिए ।

यो पनि पढ्नुहोस्

‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

२० घण्टा अगाडि
दोश्रो नेपाल गितार महोत्सव भव्य रुपमा सम्पन्न (भिडियाे सहित)

दोश्रो नेपाल गितार महोत्सव भव्य रुपमा सम्पन्न (भिडियाे सहित)

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन

कांग्रेसको विधान संशोधनमा तीन महामन्त्री रहने

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

न्याय परिषद् बैठक भाेलि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक