काठमाडौं । सप्तरी, बलान बिहुल गाउँपालिका-२ चन्ही चोकस्थित सडकमा चन्हीबाट बोदेबरसाईनतर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००५ प २२३० नम्बरको मोटरसाइकल अनियन्त्रत भई बिहीबार राति दुर्घटना हुदाँ चालक डाक्नेश्वरी नगरपालिका-२ हैराहा पातो टोल बस्ने ३० वर्षीय भागेश्वर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजबिराज हुँदै बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
अछाम, पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोलास्थित सडकमा कर्णाली प्रदेश ०२-००१ त ०२३१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ६७ वर्षीय कृत सिंह घर्तीको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


