बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले संघीय निजामती सेवा विधेयकलाई मन्त्रिपरिषद्बाट पारित गरी संसदमा लैजाने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जम्मा २७ दिनमै यो विधेयक तयार पारेकी हुन् । कांग्रेस र कम्युनिस्ट दलहरूले संविधान जारी भएपछि १० वर्षसम्म राजनीतिक दाउपेचको विषय बनाएको यो विधेयक अन्ततः प्रक्रियामा आएको छ । यसमा सबैभन्दा चर्चित प्रावधान हो, ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था । यसबाट तत्काल कम्तीमा पाँच हजारभन्दा बढी कर्मचारी घर जाने अनुमान छ । सचिव, सहसचिव र उपसचिव तहका धेरै जना प्रभावित हुनेछन् । सरकारको उद्देश्य पुराना, परम्परागत कार्यशैली भएका कर्मचारी हटाएर प्रविधिमैत्री युवा जनशक्ति भित्र्याउने रहेको देखिन्छ ।
यो कदम स्वागतयोग्य हो । कर्मचारीतन्त्रमा दीर्घकालीन सुस्तता, ढिलासुस्ती र परिवर्तनप्रति प्रतिरोध देखिँदै आएको छ । नयाँ पुस्तालाई अवसर दिँदा प्रशासनमा गतिशीलता आउन सक्छ । तर कर्मचारी हटाउने मात्र पर्याप्त छैन । सरकारले कर्मचारीतन्त्र सुधार्ने गम्भीर काम गर्नुपर्छ । केवल उमेर र सेवा अवधिका आधारमा मानिस हटाएर नयाँ भर्ना गर्दैमा प्रणाली सुध्रिँदैन । समस्या व्यक्तिमा मात्र होइन, संरचना, संस्कृति, जवाफदेहिता र प्रोत्साहन प्रणालीमा छ । निजामती सेवामा राजनीतिक हस्तक्षेप, सरुवा–बढुवाको अनियमितता, कार्यसम्पादन मूल्यांकनको कमजोरी र दण्डहीनता मुख्य चुनौती हुन् । नयाँ कर्मचारी आए पनि पुरानै प्रवृत्ति दोहोरियो भने सुधारको अर्थ रहँदैन । सरकारले कार्यसम्पादन सम्झौतालाई कडा बनाउनुपर्छ । परिणाममुखी मूल्यांकन प्रणाली लागू गर्नुपर्छ । डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई पारदर्शी र छिटो बनाउनुपर्छ । तालिम र सीप विकासलाई निरन्तरता दिनुपर्छ । कर्मचारीलाई राजनीतिक दबाबबाट मुक्त राख्ने कानूनी र व्यावहारिक व्यवस्था चाहिन्छ ।
पेन्सन व्यवस्थामा ३० वर्षलाई आधार मान्ने प्रस्तावले राज्यकोषमा भार कम गर्न सक्छ । तर यसलाई न्यायोचित बनाउन सावधानी आवश्यक छ । दीर्घसेवा गरेका कर्मचारीको अनुभव र योगदानलाई सम्मान गर्दै उचित व्यवस्थापन गर्नुपर्छ । अवकाशपछिको सामाजिक सुरक्षा र पुनस्र्थापना योजना पनि सोच्नुपर्छ । नत्र यसले असन्तुष्टि मात्र बढाउँछ । संघीयता कार्यान्वयनका लागि निजामती विधेयक महत्वपूर्ण हो । तर यसलाई केवल कर्मचारी कटौतीको औजार बनाउनु हुँदैन । प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, अधिकार प्रत्यायोजन र क्षमता विकास आवश्यक छ । कर्मचारीको मनोबल उच्च राख्ने वातावरण सिर्जना गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्छ ।
सरकारले कर्मचारी हटाउने निर्णयलाई सुधारको सुरुवात मात्र मानोस् । वास्तविक सुधार भनेको प्रणाली बदल्नु हो, कार्यसंस्कृति, जवाफदेहिता, प्रविधि उपयोग र परिणाममुखी सोच निर्माण गर्नु हो । नयाँ पुस्ता आएर पनि पुरानै ढाँचामा काम गर्ने हो भने फरक पर्दैन । त्यसैले सरकारले कर्मचारीतन्त्र सुधार्ने गम्भीर र दिगो कार्यक्रम ल्याओस् । तब मात्र यो विधेयकले अर्थ राख्नेछ र प्रशासनले नागरिकको अपेक्षा पूरा गर्न सक्नेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

१५ मिनेट अगाडि

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

प्रतिनिधिसभाको बैठक बस्दै

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक