बुध, अशोज १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बोट बिरुवा बिना बिश्वमा जीवन सम्भव

धारणा न्यूज by धारणा न्यूज
६० मिनेट अगाडि
Reading Time: 1 min read
0
पत्रकार सम्मेलनमा प्रस्तुत संयुक्त प्रेस बक्तब्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
बिश्व पटलमा सबैभन्दा अहं महत्वको गणना जन गणनालाई मान्ने गरिएको छ । हुन त घर पालुवा पशु, बन्य जीवजन्तु र बोट बिरुवाहरुको पनि गणना हुँदै आएको छ । तर तिनलाई जन गणनाको तुलना सरहको महत्व दिइदैन । यही कारणले गर्दा बिश्व स्तरमा बोट बिरुवा अथवा बृक्षको गन्तीको निष्कर्शलाई सञ्चार माध्यमहरुमा त्यत्तिको महत्वकासाथ उल्लेख गर्ने गरिदैन जत्तिको महत्व दिइनु पर्ने हो । जबकि बोट बिरुवाको अस्मितमाथि नै मानिसहरु र अन्य प्राणी जगतको जीवन टिकेको छ । हुन पनि बोट बिरुवा यस्ता सम्पदा हुन् जसको यदि बिनाश भयो भने त मानिसको सुरक्षित र सुखद जीवन नै सम्भव हुँदैन ।
जतिबेलादेखि मानब सभ्यतको बिकासको क्रम शुरु भयो त्यतिबेलैदेखि लिएर अहिलेसम्म बिश्वमा बोट बिरुवको संख्यामा ४६ प्रतिशत कमी आइसकेको छ । बोट बिरुवा या रुखको गणनाको अहिलेसम्मको समग्र बिश्व अभियानमा बिश्वभरीका बैज्ञानिकहरुको समूहले यो निष्कर्श निकालेको हो । त्यस अध्ययनको के आकलन छ भने आज बिश्वमा तीन लाख करोड बोट बिरुवा या बृक्षहरु छन् । अर्थात मोटामोटीरुपमा प्रतिब्यक्ति ४२२ बोट बिरुवा पर्दछन् । हुन त यो आकलनलाई पूर्ब प्रकाशित तथ्यांक अनुमानभन्दा साढे सात दोब्बर बढी बताइदैछ । वास्तवमा योभन्दा पहिलाको यस्तो आकलन के निश्चित गरेको थियो भने बिश्वभरीमा केवल ४०० अर्ब बोट बिरुवा छन् । उदाहरणका लागि प्रति ब्यक्ति बोट बिरुवाको संख्या ६२ छ । त्यो आकलन ब्यक्ति आधारित थियो । यसकारण यसको प्रामाणिकतामा सन्देह थियो । यथार्थतः बिश्वमा अहिले पनि  यस्ता दुर्गम स्थानहरुमा बन जंगलको बिस्तार भएको छ जहाँ सर्बेक्षणमा लागेका मानब समूहहरु पुग्न र पुगेर सर्बेक्षण गर्न नै सहज छैन । किनभने त्यस्ता बनजंगलसम्म पुग्ने अहिलेसम्म कुनै बाटो नै छैन । त्यसका अतिरिक्त खतरनाक बन्य जीव जन्तुको उपस्थिति पनि त्यहाँ रहेको हुन्छ ।
अहिलेसम्म बोट बिरुवाको गणना उपग्रहद्वारा लिइएका फोटोहरुको माध्यमबाट गरिने गरेको छ । यस प्रकारका गणनालाई प्राबिधिक भाषामा ‘स्याटेलाइट इमेजरी’ भनिन्छ । यस प्रबिधिबाट पूरै  सर्बेक्षण बन क्षेत्रहरुको लिइएको छ । यसमा भुइ स्तरबाट कुनै तथ्यांक जुटाइएको हुँदैन । यो अध्ययनको बिस्तृत रिपोर्ट प्रतिष्ठित जर्नल ‘नेचर’मा छापिन्छ ।त्यस गणना प्रतिबेदनका अनुसार बोट बिरुवाहरुको उच्च सघनता रुस, स्क्याण्डेनेभिया र उत्तरी अमेरिकाको उप आर्कटिक क्षेत्रहरुमा पाइएको छ । ती घना  बन जंगलमा बिश्वकै २४ प्रतिशत बृक्षहरु रहेका छन् । पृथ्वीमा बिद्यमान ४३ प्रतिशत अर्थात् १.४ लाख करोड बोट बिरुवा उष्ण कटिबन्ध र उपोष्ण कटिबन्ध बनहरुमा रहेका छन् । ती बन जंगलको चिन्ताजनक पक्ष के पनि छ भने बन अर्थात बोट बिरुवको घट्दो दर पनि त्यही क्षेत्रमा सबैभन्दा बढी छ । २२ प्रतिशत बोटबिरुवाहरु शितोष्ण क्षेत्रमा रहेका छन् । यस अध्ययनको प्रामाणिकता यस कारण असंदिग्ध मानिएको छ कि त्यो सामुहीक अध्ययन अत्यन्तै गम्भीरतापूर्बक गरिएको बताइन्छ । त्यसका लागि १५ देशका बैज्ञानिक समूहहरु बने । ती समूहहरुले उपग्रह चित्रहरुको माध्यमले बन क्षेत्रहरुको आकलन प्रति बर्ग किलोमिटरमा खडा रहेको बोट बिरुवको संख्याको मानचित्रीकरणमा सुपर कम्प्यूटर प्रबिधिको उपयोग गरेर अध्ययन गरेको हो । यस गणनामा बिश्वका सबै घना जंगलको संख्या लाखभन्दा पनि बढी छ । बिश्वका धेरैजसो राष्ट्रिय बन क्षेत्रहरुमा भएको अध्ययनलाई पनि तुलनका लागि स्थान दिइएको छ । उपग्रह चित्रहरुको उपयोगबाट बोट बृक्षको आकलनकासाथै स्थानीय जलवायु, भौगोलिक स्थिति, बोट बिरुवाहरु, माटोको अबस्थामा पर्ने मानिसको असरलाई पनि अध्यनको आधार बनाएको बताइएको छ ।
त्यस अध्ययन र आकलनबाट जुन निष्कर्श निस्किएको बताइएको छ त्यसबाट के निर्धारित हुन्छ भने मानबीय हलचल र जंगलमाथि उसको हस्तक्षेपबाट बोटबिरुवाको संख्यामा गिरावटको प्रत्यक्ष सम्वन्ध छ । जुन बन क्षेत्रमा मानिसहरुको जनसंख्या बढेको छ ती क्षेत्रमा बोटबिरुवको घनत्व तीब्ररुपमा घटेको छ । बोटबिरुवाको कटान, भूमि उपयोगमा परिबर्तन, बन ब्यवस्थापन र मानबीय गतिबिधिहरुका कारण हरेक बर्ष बिश्वमा १५ अर्ब बोट बिरुवाहरु कम हुने गर्दछन् । यस सम्बन्धि एउटा उदाहरणका लागि जस्तो किसिमले भारत लगायत पूरै बिश्वमा अनियन्त्रित औद्योगिकरण, शहरीकरण र ठूला बाँधहरु त्था चार या छ पंक्ति(लेन)का सडकहरुको संरचनाहरु पृथ्वीमा खडा गरिदैछ त्यसबाट बन जंगल ठूलो मात्रामा बिनाश हुँदै गएको छ । भनिन्छ कि भारतको राजधानी दिल्लीहमा नयाँ संसद भवन बनाउनका लागि पनि सयकडौ रुखहरुको कटानी गरिएको थियो । यस्तो बेला जब बिश्वभरी नै पर्यावरणबिद् तथा बैज्ञानिहरु जलवायु संकट हरेक दिन झनझन गहिरिदै गएको चेतावनी दिइरहेकाछन्, पर्यावरण संरक्षणमा सबैभन्दा सहयोगी बन जंगलहरु सीमित हुँदैजानु या बोट बिरुवाहरु घट्दै जानु बिश्वका लागि ठूलो चिन्ताको बिषय हो । बिकासको नाममा बनजंगल साफ तुल्याउने क्रमको तीब्रता आर्थिक उदारिकणको समयदेख धेरै नै बढेको छ  । एउटा निकै बिश्वसनीय तथ्यांक अनुसार बितेको १५ बर्षमा ब्राजिलमा १७ हजार, इण्डोनेशियमा १२ हजार,  म्यानमारमा ८ हजार, मेक्सिकोमा ७ हजार, कोलम्बियामा ६.५हजार र भारतमा ४ हजार प्रतिबर्ग किलोमिटरका हिसाबले बन बिनाश हुदै गइरहेको छ । अर्थात एक बर्षभरीमा १७० लाख हेक्टरको तीब्र गतिमा यो बन बिनाश भइरहेको र बोट बिरुवा हराइरहेका छन् । बन बिनाशको यही तीब्रता रहिरह्यो भने  कार्बनको ४ देखि ८ प्रतिशत बन क्षेत्र २०३० अर्थात अबको ४ बर्ष पछि नै बिलुप्त भइसक्ने छ । २०४० सम्ममा १७ देखि ३५ प्रतिशत सघन बन जंगल मेटिएर सकिने छन् । त्यतिबेलासम्ममा यस्तो बिकराल स्थिति खडा हुन पुग्ने छ कि २० देखि ७५को संख्यामा दुर्लभ बोट बृक्षको प्रजातिहरु हरेक दिन नष्ट हुन थाल्ने छन् । परिणामतः आगामी १५ बर्षभित्र १५ प्रतिशत बोट बिरुवाका प्रजातिहरु बिलुप्त भइसक्ने छन् । यो बिलुप्तिको गम्भीर असर बालीनालीमा पनि पर्नेछ र तदन्तर मानिसहरुको जीवनमा पनि ।
बोट बिरुवाको संरक्षण यस कारणले पनि अत्यावश्यक छ कि ती बृक्षले जीव जगतका लागि नभइनहुने जीवन–तत्वहरुको सिर्जना गर्दछन् । बायु प्रदुषण, भू–क्षरण नहोस् भन्ने हो भने ती कुरा यस्तै बोट बिरुवाबाट मात्र सम्भव छ । बर्षा चक्रको नियमित निरन्तरता पनि बृक्षहरुमाथि नै निर्भर छ । बोट बिरुवा मानब जीवनका लागि कत्तिको उपयोगी छन् यसको एउटा महत्वपूर्ण बैज्ञानिक आकलन भारतीय अनुसन्धान परिषदले पनि गरेको छ । त्यस आकलनका अनुसार उष्णकटिबन्ध क्षेत्रहरुमा पर्यावरणको हिसाबले एक हेक्टर क्षेत्र बनबाट १.४१ लाख रुपैयाँको लाभ हुन्छ । यसका साथै ५० बर्षमा एउटा बोटले १५.७० लाखको  लागतको प्रत्यक्ष र अप्रत्यक्ष लाभ दिन्छ । बोट बिरुवाले लगभग ३ लाख रुपैया मूल्य बराबरको भूमीलाई नमी अर्थात आद्र्रता कायम राख्दछ । २.५ लाख रुपैया मूल्यको अक्सिजन, २ लाख रुपैयाँ मूल्य बरबरको प्रोटिनहरुको संरक्षण गर्ने गर्दछ । बोट बिरुवाहरुको अन्य उपयोगितामा ५ लाख रुपैया मूल्य समतुल्य वायु र जन प्रदूषण नियन्त्रण तथा २.५ लाख रुपैयाँमूल्य बराबरको सहभागी पक्षिहरु, जीवजन्तुहरु र कीटपतङ्गहरुलाई आश्रय स्थल उपलब्ध गराएर गर्नेगर्दछ । बोट बिरुवाहरुका यी मूल्यबान उपयोगीताहरुलाई ध्यानमा राखेर प्राचीन हाम्रा ऋषिमुनीहरुले तिनलाई देबता तुल्य मानेको र तिनको महत्वलाई पूजा अर्चनासँग जोडेर बोट बिरुवा संरक्षणको अनौठो र दीर्घकालीन उपायहरु गरेको पनि हमी प्राचीन ग्रनथहरुमा पाउँदछौं ।  आज बिश्वमा बन जंगल जोगाउन पर्ने चिन्ता र चासो बढिरहँदा तिनको मानब जीवनमा कति ठूलो महत्व र आवश्यकता रहेछ भन्ने कुरा बिर्सनु आफ्नै सर्बनाश निम्त्याउनु हो भन्ने कुरालाई गम्भीररुपमा मनन गरिनु पर्दछ । प्रकृति–मैत्री र मानब–मैत्री बिकास  परियोजनाहरुको नीति अबलम्बन गरेर प्रकृतिको रक्षा गर्नु पर्दछ ।बृक्षं रक्षति रक्षितः भन्ने पूर्खाका असल परम्परालाई अपनाउनु आज सर्बोपरी र  अति नै आवश्यक छ । भर्खरैको हिम पहिरो र बाढी पहिरोले पनि हामीलाई यही शिक्षा दिन्छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूबीच छलफल

प्रधानमन्त्री र इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूबीच छलफल

१७ मिनेट अगाडि

तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

अविरल वर्षाका कारण प्रभावित

प्रधानन्यायाधीश र प्रहरीका महानिरीक्षकबीच भेट

प्रोत्साहन भत्तामा विभेद श्रमको अपमान भएको अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक