मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।

सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति ‘लक’ गरिएको हो ।

रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रले प्रदर्शन मिति तय गरेसँगै यसको प्रचारप्रसारलाई समेत गति दिने तयारी निर्माण पक्षको छ । घटस्थापनाका दिन चलचित्रको पहिलो गीत सार्वजनिक गरिने भएको छ ।

निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको ‘छत्तीसको आँकडा’को कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ । चलचित्रमा रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक गरिएको पोस्टरले पनि यी दुई अभिनेत्रीबीचको पर्दाको टकरावलाई संकेत गरेको थियो ।

पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखा थापाले पूजा शर्मालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । रेखाको अनुहारमा संघर्षपछि प्राप्त सफलताको भाव देखिँदा पूजाको पात्र भने अझै प्रतिरोध गरिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । यही पोस्टरपछि चलचित्रको कथालाई लिएर दर्शकमाझ चासो बढेको थियो ।

चलचित्र ‘छत्तीसको आँकडा’मा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ ।

यस सिनेमामा रेखाको जोडीका रूपमा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने पूजासँग अभिनेता पुष्प खड्का फिचर हुनेछन् । यसमा पहिलो पटक पुष्प र पूजा जोडी भएर एकसाथ देखिन लागेका हुन् ।

‘छत्तीसको आँकडा’मार्फत रेखा र निरुता सिंहले पनि लामो समयपछि सहकार्यलाई गरेका छन् । यी दुईले यसअघि चलचित्र ‘दुई पल’मा सँगै अभिनय गरेका थिए ।

निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’, ‘कसले चोर्‍यो मेरो मन’ जस्ता चलचित्रमा सहकार्य गरेका छन् । रेखा र पूजाले चलचित्र ‘उपहार’पछि पुनः सहकार्य गर्न लागेका हुन् ।

यो चलचित्रको नेपालभर वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

यो पनि पढ्नुहोस्

क्यारेक्टर रिभिल गर्दै ‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक

क्यारेक्टर रिभिल गर्दै ‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक

१ दिन अगाडि
छैटौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६’ सम्पन्न

छैटौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६’ सम्पन्न

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

चाडपर्व लक्षित धनकुटामा जुवातासविरुद्ध निगरानी तीव्र

चोलेन्द्रशमशेर जबराले जिउज्यानको सुरक्षा मागेको सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक