आइत, अशोज ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्क्वासको मिश्रित डबल्सको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिए

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
स्क्वासको मिश्रित डबल्सको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना भ्लोन र अरहन्त सिंहको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिएको छ। नागोयास्थित किन्जो फुतो एरिनामा आज भएको खेलमा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० को सोझो सेटमा पराजित भएको हो।

पहिलो सेटमा नेपाल ६–११ ले पछि परेको थियो। सात मिनेट चलेको पहिलो सेटमा पाकिस्तानी जोडीले सुरुआतदेखि नै अग्रता कायम राख्यो। दोस्रो सेटमा भने नेपाली जोडीले प्रतिस्पर्धात्मक खेल देखाए पनि १० मिनेटको खेलपछि पाकिस्तानले ११–१० ले सेट आफ्नो पक्षमा पार्यो।

दुई सेटमा पराजित भएसँगै विपना र अरहन्तको मिश्रित डबल्सतर्फको एसियाली खेलकुद यात्रा टुङ्गिएको छ। नेपालले जारी एसियाली खेलकुदमा बुधबारसम्म पदक जित्न सकेको छैन।

मिक्स्ड डबल्समा रुबिन–इभानाको चुनौती समाप्त

एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणबाट बाहिरिएको छ। टोयोटास्थित स्काइ हलमा आज भएको खेलमा नेपाली जोडी हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० ले पराजित भयो। हङकङका खेलाडीले तीनै सेट आफ्नो पक्षमा पार्दै नेपाली जोडीको चुनौती समाप्त गरे।

इभानाले आजै महिला सिङ्गल्सतर्फ पनि प्रतिस्पर्धा गर्दैछिन्। यस्तै, इभाना र नविता श्रेष्ठको जोडीले महिला डबल्समा बिहीबार प्रतिस्पर्धा गर्ने खेलतालिका छ।

यो पनि पढ्नुहोस्

जापान र नेपालबीचको खेल नतिजाविहीन

जापान र नेपालबीचको खेल नतिजाविहीन

१ दिन अगाडि
महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा निर्धारण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पायाे

तिनाउ नदीमा आएको बाढीले २ घर बगायाे

राष्ट्रसंघको महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक