आइत, अशोज ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आजदेखि सोह्रश्राद्ध सुरु

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
आजदेखि सोह्रश्राद्ध सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ ।

सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।

सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्रमा पनि सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।

प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औंसी र पूर्णिमा यी सबै तिथिहरूमा पितृहरूको तर्पण र श्राद्ध गरिन्छ, जसबाट पितृहरूको आत्माको शान्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । जसलाई आफ्ना परिजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यसै पितृपक्षको पञ्चमी, अष्टमी, द्वादशी वा आमावास्य तिथिका दिन श्राद्ध गर्ने चलन छ ।

कुन पितृको श्राद्ध कुन दिन गर्ने भन्ने कुरा कहिले मृत्यु भएको थियो र त्यस समयमा कुन तिथि थियो त्यही तिथिकै आधारमा तय गरिन्छ । तत् पश्चात पितृहरूलाई तर्पण र पिण्डदान र भोजन अर्पण गरिन्छ, जसलाई उनीहरूको आत्माको तृप्तिका लागि गरिन्छ । यो कर्म सामान्यतया गाईको दूध अनि खिरबाट बनाइएका पिण्डलाई स्वधा (पितृहरूको पत्नी) उचारण गर्दै गुरु पुरोहितको निर्देशन अनुसार पिण्ड अर्पण गरिन्छ ।

पवित्र जलले पितृहरूको नाममा अर्पण गर्ने कर्म तर्पण हो। यसलाई गङ्गाजल वा अन्य पवित्र जलमा पञ्चामृतसहित कुश, जउ, तिल, फूल, चन्दन आदि स्रोतहरूबाट सम्पन्न गरिन्छ । हिन्दू धर्मग्रन्थहरूमा सोह्र श्राद्धको गहिरो व्याख्या गरिएको पाइन्छ । विशेष गरी ‘गरुड पुराण’, ‘विष्णु पुराण’, र ‘महाभारत’ जस्ता ग्रन्थहरूमा पितृपक्ष र श्राद्ध कर्मको महत्त्व बताइएको छ ।

एकोद्दिष्‍ट (वार्षिक तिथिका दिन गरिने) श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध (पितृपक्षमा गरिने श्राद्ध) अपराह्नमा र आभ्युदयिक श्राद्ध प्रातःकालमा गर्ने शास्त्रीय विधान छ ।  प्रत्येक गृहस्थीले श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ ।

अरूको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । सहरी क्षेत्रमा अरूको घरमा डेरा गरी बस्ने श्राद्ध कर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र, नदि, मन्दिरमा या तुलसीको मठमा गर्नु उपयुक्त हुन्छ ।

सोह्रश्राद्धमा पितृहरू पितृलोकबाट पृथ्वीतलमा आगमन गर्ने विश्वास गरिन्छ, यसै पक्षमा आफूले पञ्चभौतिक शरीर त्याग गरेको तिथिमा आफ्ना सन्तान तथा सन्ततिहरूबाट तर्पण, पिण्डदान, श्राद्ध आदि कर्मको आशा राखेका हुन्छन् ।

पितृहरू आफ्ना सन्तानले तर्पण, पिण्डदान, श्राद्ध, भोजन र दान श्रद्धापूर्वक गरेर खुसी पार्न सकुन भन्ने चाहन्छना राख्नसका साथै श्राद्धकर्तालाई वंश वृद्धि हुने, परिवारमा सुख छाउने, शान्ति मिल्ने, समृद्धि प्राप्त हुने र धनसम्पत्तिको आशीर्वाद दिएर पितृलोक फर्कन्छन् भन्ने शास्त्रोक्त कथन छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रसंघको महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति ?

राष्ट्रसंघको महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति ?

५९ मिनेट अगाडि
प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री स्वदेश फिर्ता

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा निर्धारण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

तिनाउ नदीमा आएको बाढीले २ घर बगायाे

सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन आवागमनमा रोक

जापान र नेपालबीचको खेल नतिजाविहीन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक