बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

पर्यावरण  र प्रकृति–अमैत्री खेतीपाती र पूर्बाधार बिकासले खतरा

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
आज पनि हाम्रो देशमा खेतीपाती र पशुपालन नै सबैभन्दा बढी रोजगारी दिने क्षेत्र हो भन्दा अत्युक्ति नहोला । हाम्रो ग्रामीण अर्थब्यवस्था केवल बालीनालीको खेती किसानीबाट मात्र होइन, पशुपालन र स–साना लघु तथा कुटीर उद्योग ब्यवसायबाट परिचालित हुँदै आएको हो । त्यसैले हिजो पशुपंक्षीहरु एक किसिमले किसानहरुको लागि बैंकको ‘फिक्स्ड डिपोजिट’ अर्थात ‘मुद्दती खाता’ जस्तै हुने गरेका थिए । जसलाई अत्यन्तै जरुरी अबस्थामा मात्र बेचिने गरिन्थ्यो ।
तर अहिले देशका किसानहरु अभूतपूर्ब संकटबाट गुज्रिरहेका छन् । अब त यो किसानको संकटलाई जान्न बुझ्नका लागि कुनै बिशेष अध्ययन गर्नुपर्ने आवश्यकता नै छैन । यो संकट रासयनिक खेतीसँग जोडिएको छ । जतिबेला पारम्परिक प्राकृतिक खेतीपातीमा खेत र हल गोरुको घनिष्ठ सम्वन्ध थियो । किसानी र पशुपालनका बीच पनि उत्तिकै गहिरो सम्वन्ध थियो । तर अब ट्र्याक्टर आए पछि यो सम्वन्ध टुट्दै गएको छ । खेतबारी रासायनिकीकरणले उर्बराहीन बन्दै गएका छन् । त्यसैल आज यहाँ परम्परागत खेतीपातीको चर्चा गर्न लागिएको हो । यसबाट हिजो र आजको खेतीपातीको समग्रतालाई बुझ्न र सहीबाटो लाग्न मद्दत पुग्नेछ भन्ने लाग्दछ । खेतीमा  लाग्ने अत्याधिक लागत कम गर्न सकिन्छ र खेतीकिसानी तथा किसानहरुको आजीबिका तथा बिग्रदो पर्यावरणको स्थितिलाई बचाउन सहयोग गर्न पनि सकिनेछ ।
यूगौंदेखि हाम्रो देशमा खेती किसानी हुँदै आएको छ । यो देशको हावा–पानी अनुकूल बिकसित हुँदै आएको हो । यसका धेरै नै बिबिधताहरु पनि छन् । यो केवल बालीनाली या फसल उत्पादन मात्र पनि होइन ।यो एउटा दीगो जीवन पद्धति र सभ्यता पनि थियो । मोटामोटीरुपमा स्वावलम्बी र आत्मनिर्भर खेतीपाती हुने गर्दै आएको थियो र यो श्रम आधारित खेतीपाती थियो । किसानहरुसँग स्वयं उत्पादित स्वदेशी बिउ बिजन हुन्थ्यो । पशुपालन हुन्थ्यो र घरगोठको गोबरले मलको काम गर्दथ्यो ।जसले गर्दा माटोको उर्बरता कायम रहन मद्दत गर्दथ्यो ।खेतीपातीसँग सम्बन्धित कयौं प्रकारका रोजगारीहरु पनि प्रचलनमा थिए । जसमा ग्रामीण समुदायको आजीबिका चल्ने गर्दथ्यो ।
पुरानो जमानामा गाउमा बढईका काम कृषि यन्त्र बनाउनु थियो ।उसले बयल गाडीका चक्काहरु, हलो जुवा, जोतारो,हल्लुड आदि बनाउदथ्यो । जसको बदलामा उसलाई किसानबाट अनाज मिल्दथ्यो । परम्परागत खेतीमा भिन्नै किसिमले बाहिरी लगानीको आवश्यकता पर्दैनथ्यो । न बालीनालीमा आधुनिक रासायनिक मलखाद हाल्ने आवश्यकता नै थियो न कीटनाशक र रोगनाशक औषधीकै आवश्यकता पर्दथ्यो । पशुहरुको गोठालो गर्न पनि अतिरिक्त खर्च हुने नै गर्दैनथ्यो । बालीनालीको नल पराल, ढोड या डाँठबाट तयार भुस्सा भुस्सी र डाले तथा भुइघासबाट तिनको पेट भरिन्थ्यो । आबश्यक कुँडो र खोले पकाएर दिने चलन पनि थियो । जसका सामाग्री खेतीबालीबाटै प्राप्त हुन्थे । बाहिर खोजी गर्नै पर्दैनथ्यो ।
अर्कोतिर देशमा बालीनालीका डाँठ पराल आदि कुहिएर जैबिक मलखाद बन्दथ्यो र पशुहरुको गोबरबाट अत्यन्तै मलिलो मलखाद प्राप्त हुन्थ्यो । गोबर मलले खेत बारीको उर्बरता बढ्दै जान्थ्यो । बालीनालीका मित्र किरा पतंगले नै कीट नाशकको काम गर्दथे । पक्षीहरुले पनि कीटनाशकको भूमिका राम्रैसँग निभाउदथे । गाई गोरुलाई खुवाउनका निम्ति पहिला खेतमा बिभिन्न किसिमका घाँस या चारो उपलब्ध हुन्थ्यो । खरुकी, बन्सो, रत्नाउलो, सिरु, दुबो, काँस, बथुवा लगायतका झार घास तथा असारे, दुधिलो, खन्यौं, पटपटे, बाँस, काब्रो, निवारो,टाँकी, सिरीस,सउर, बर आदि अनेक डाले घासहरु उपलब्ध हुन्थे ।
नेपाल लगायत कयौं देशहरुमा आज पनि खेतीपाती र पशु पंक्षी पालन नै सबैभन्दा बढी रोजगारी दिने क्षेत्र रहेकै छन् । ग्रामिण अर्थब्यवस्था केवल बालीनालीबाट मात्र होइन,पशुपंक्षी पालन, स–साना कुटीर तथा लघु उद्योग ब्यवसाय पनि सञ्चालित हुँदै आएका हुन् । पशुपंक्षीहरु एक किसिमल किसानहरुको लागि बैंकको फिक्स डिपोजिट जस्तै हुन्थे र किसानहरुले अति आवश्यक परेको बेला तिनलाई बेचेर काम चलाउँदथे ।
त्यसमा पनि गाउँघरमा गाई बस्तु र मानिसका बीचमा एकदमै प्यारो र परस्पर स्नेही सम्वन्ध हुन्थ्यो । त्यस बारेमा अनेक रमाईला कथा कुथुँग्रीहरु पनि सुन्न पाइन्थ्यो । बास्तवमा गाई भैसी, गोरु बाख्राहरुलाई बडो लाड–प्यार गरेर पालिन्थ्यो । ग्रामीण मानिसहरु अहिले पनि भन्ने गर्दछन् कि पशुपंक्षीहरुलाई बच्चालाई स्याहार सुसार गरे जस्तै गरेर पालन पोषण गरी हुर्काइन्थ्यो । गाईबस्तुको उमेर गुज्रिएर बुढा भए पनि तिनलाई किलामा बाँधेर घाँसपात, कुडो–खोले दिने गरिन्थ्यो । यी सबै कुराले मानिस  पशुपंक्षी तथा बालनालीकाप्रति मानिसहरु अर्थात ग्रामीण किसानहरु यसरी निकै भाबनात्मकरुपमा सम्बेदनशील रहन्थे भन्ने प्रष्ट हुन्छ ।
अहिले पनि गोरु तिहारका बेला गोरुप्रतिको बिशेष सम्मान या प्रेम दर्शाउने गरेको देखिन्छ । त्यतिबेला गोरुलाई माला टिका लगाएर सेल रोटी लगायतका पक्वान्न मिस्टान्न खुवाउने गरेको देखिन्छ ।तराईमा कुनै मेला पर्ब, बिबाह या उत्सबहरुमा जाँदा गोरु गाडमा चढेर जाने गरिन्थ्यो । गाई बस्तुहरु र मानिसका बिचमा यस्तो गाढा सम्वन्ध बनिसकेको या बनिरहेको देखिन्छ कि जंगलमा चर्न छोडेका गाई बस्तुहरु पनि साँझ फर्केर घर आउँदछन्, आउदथे उनीहरुलाई लिन जानु पर्दैनथ्यो । तिनीहरु कतै टाढै पुगेको भए पनि उनीहरुको गलामा लगाइदिएको घण्टीको आवाज सुनेर खोज्न सजिलो हुन्थ्यो ।
गाउँका किसानहरु चाहे ती महिला हुन् पुरुष गाई गोरु भैसी जे पालेको भए पनि  तिनलाई बडो सम्बेदनशील  भएर  बेला बेलमा नुहाइदिने, भकारो सोरर बस्ने थलो सफा बनाइदिने र घासँ, कुँडो, खोले दिने जस्ता कार्यहरु नियमितरुपमा गर्ने गरिन्थ्यो । साना भर्खर जन्मेका बाच्छा, पाडा, पाठा पठीहरुको बिशेष हेरचाह गरिन्थ्यो । तिनलाई गोठ या ग्वालीमा लगेर बाध्ने या टाट्नामा बाँधेर राख्ने काममा धेरैजसो महिलाहरुले गर्ने गर्दथे । बाखा्र पाठाहरु भेडाहरुको हेरचाहा या चराउने काममा केटा केटीहरुले पनि सहयोग पु¥याउने गर्दथे । यसरी ग्रामीण किसान र पशुपंंक्षीहरुका बीच एउटा आत्मीय सम्बन्ध बन्दथ्यो । सधै अफुलाई हेरचाह गर्ने मानिस छेउमा  पुग्दा गाईबस्तुहरुले पनि बिशेष किसिले कराएर आफु सुरक्षित र ढुक्क भए जस्तो कुरा अभिब्यक्त गर्ने गर्दथे ।
वास्तवमा खेतीपाती र पशुपालन एक अर्काका परिपुरक र सहयोगी गतिबिधि हुन् ।  पहिला पहिला भेडी गोठ, गाई भैंसीको थला सार्ने किला सार्ने गरेर खेतबारीमा तिनको मलमुत्र प्रयोग गरिने पनि  चलन थियो । तर अब भने पशुपालको त्यो पुरानो महत्वपूर्ण चलन समाप्त भएर गएको छ । रासायनिक मलको चलनले गर्दा खेतबारी रासायनिकीकरण भएर माटोको उर्बरा शक्ति र माटोको बनावटमा पनि आज फरक आइसकेको छ । त्यो कडा किट जस्तो भएर गएको छ र त्यसमा मैत्री–जीव कीरा  हुर्कने र खेतीपातीलाई मलिलो र उर्बर राखिराख्ने स्थिति नै लोप भएर गएको छ ।
आज त जंगल पनि मासियो । चरिचरन पनि हरायो । पशुपालनमा पनि सीमित र कृत्रिम भएर गयो । अर्गानिक र प्राकृतिक खेतीपाती र पशुपालनको अभावले गर्दा खेतीपाती, पशुपंक्षी पालन नै आज अप्राकृतिक र रासयनिक बनेर गएको छ । जुन एकदमै अस्वस्थकर र रोगब्याधी निम्त्याउने खालको बनेको छ । जसले गर्दा मानब स्वास्थ्य, माटो स्वास्थ्य समग्रमा प्रकृति सबैको स्वास्थ्य बिग्रिएर गएको छ । यसलाई पुनः पुनरोत्थान गर्नु पर्ने आवश्यकता छ ।
आज यान्त्रिकरणको जमाना आएको छ । त्यसले गर्दा समेत बिश्व गर्मी(ग्लोबल वार्मिङ्ग)को समस्या पैदा भएको छ र यो बिश्वकै ठूलो चिन्ताको बिषय पनि बनेको छ । यी समस्याहरुसँगै आर्थत ऊर्जा संकट, बिद्यूत संकट तथा मानब श्रमको बहुलतालाई ध्यानमा राखेर हाम्रो जस्ता देशहरुले यी सबै कुरालाई मध्यनजर राखेर सही किसिमले खेती किसानीतर्फ बढ्नु पर्ने स्थिति बिकसित भएको छ । यसका लागि पशु ऊर्जाको महत्वपूर्ण भूमिका रहनजान्छ । यसबाट माटो र पानीको संरक्षण त हुन्छनै जैब बिबिधता र पर्यावरणको पनि रक्षा हुन्छ । किसान र पशुपालनको आजीबिका पनि बच्ने र चल्नेछ । खेतीपातीसँग जोडिएको रोजगारी तथा सीप र कौशल पनि बिकसित हुने र कायम रहनेछ । तर प्रश्न के भने हामी प्रकृति–मैत्री, पर्याबरण–मैत्री खेतीपाती र पशुपालनतिर लाग्न तयार हुनु पर्दछ । पर्यावरण र प्रकृतिको सन्दतुलन कायम गर्न सकिएन भने जैबिक खेती पनि कायम रहन पाउने छैन भन्ने कुरालाई राम्रोसँग मनन र कार्यान्वयन गर्न तयार हुनु पर्दछ ।
यसमा अतिरिक्त प्रकृतिका अधिशासित नियलाई सन्तुलनमा राख्न नसकेर या नजानेर प्रकृतिमाथ जथाभावी गर्दा बाढी पहिरो, हिम पहरो, बाढी आदिका कारणले नि  जनधन र खेतीपातीमा ठूलो क्षति भइरहेको छ । त्यसैले बिकास निर्माणहरु प्रकृति–मैत्री र मानब–मैत्र हुनु पर्ने आवश्यकता आज अझ बढ्न गएको छ । अहिले हामी भोटेकोशी–हिम पहिरोको महाबिनाशकारी चपेटामा परेर  ठूलो जनधनको क्षति भइरहेको स्थितिबाट गुज्रिरहेको अबस्थामा अब भबिष्यमा यस्ता घटनाबाट कसरी जोगिने भन्ने राष्ट्रिय र अन्तराष्ट्रिय चिन्ता र चासो बढिरहेको छ । त्यसैले प्रकृति–मैत्री र मानब–मैत्री खेतीपाती र बिकास निर्माणको सही बाटो लाग्न थप  चिन्तनशील र संबेदनशी हुनु पर्ने आबश्यकता अझ बढेको छ । प्रकृतिलाई जोगाउँदै र आफु पनि जोगिदै अघि बढ्ने सही र बैज्ञानिक बाटोमा संघनताकासाथ लाग्नु नै आजको सर्बोपरी आवश्यकता बनेको छ ।

यो पनि पढ्नुहोस्

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने

२ घण्टा अगाडि
नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङहङमा विशेष शो सम्पन्न

नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङहङमा विशेष शो सम्पन्न

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

विपद् प्रभावितका लागि आर्थिक सहयोग

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक