बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

संकटमा वामपन्थी राजनीति, नेतृत्वमाथि प्रश्न

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
युवा कुलतबाट जोगिए मात्र देश जोगिन्छ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनपछि नेपालका प्रमुख वामपन्थी दलहरू राजनीतिक, संगठनात्मक र नेतृत्वगत संकटको सामना गरिरहेका छन् । निर्वाचनमा खुम्चिएको जनमतलाई पुनः संगठित गर्नुपर्ने बेला नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ भने नेपाली कम्युनिस्ट पार्टीभित्र पनि नयाँ राजनीतिक ऊर्जा सिर्जना गर्न नेतृत्व र संगठनको पुनर्गठन चुनौती देखिएको छ ।
गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचन परिणामले संसदमा वामपन्थी दलहरूको उपस्थिति कायम राखे पनि विगतको तुलनामा उनीहरूको राजनीतिक प्रभावमा ठूलो गिरावट आएको देखाएको छ । २०७९ को निर्वाचनमा एमालेले ७८ सिट जितेकामा अहिले २५ सिटमा सीमित भएको छ । नयाँ संरचनामा एकीकृत भएका विभिन्न कम्युनिस्ट धारको नेपाली कम्युनिस्ट पार्टी पनि १७ सिटमा खुम्चिएको छ ।
यही पृष्ठभूमिमा एमालेभित्र निर्वाचन पराजयको समीक्षा र पार्टी पुनर्गठनसँगै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि बहस सुरु भएको हो । महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनमा पार्टीको नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद् अधिवेशनको विकल्प अघि सारिएको थियो । निर्वाचनपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले ओलीलाई सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको विवरण पनि सार्वजनिक भएका छन् ।
तर एमालेभित्र नेतृत्व परिवर्तनको विषयमा एकमत छैन । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले पोखरेलको प्रतिवेदनप्रति फरक मत राख्दै छुट्टै प्रतिवेदन अघि सारे । थापाको प्रतिवेदनमा पार्टी संकटका बेला नेतृत्व हस्तान्तरणको विषय उठाउनु ‘बेमौसमी बाजा’ भएको र यस्तो बहसले दक्षिणपन्थी प्रवृत्तिलाई बल पुग्ने तर्क गरिएको छ । उक्त धारणाप्रति उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट तथा महासचिव पोखरेललगायत नेताले असहमति जनाएको सार्वजनिक विवरण छन् ।
यसअघि नै कार्यदलले एमालेको निर्वाचन पराजयलाई अध्यक्ष ओलीको मात्र जिम्मेवारीका रूपमा नहेरी सामूहिक नेतृत्वको कमजोरीका रूपमा समीक्षा गरेको थियो । उपाध्यक्ष थापाको संयोजकत्वमा बनेको कार्यदलले प्रदेशसहित विभिन्न स्थानमा छलफल गरी पार्टीको राजनीतिक, वैचारिक र संगठनात्मक पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकालेको थियो । महासचिव पोखरेलको प्रतिवेदनमा भने जनअसन्तुष्टि, बदलिँदो जनअपेक्षा सम्बोधन गर्न नसक्नु, जेन–जी आन्दोलनपछि बनेको राजनीतिक वातावरण, भूराजनीतिक परिस्थिति, शासकीय कमजोरी र पार्टीका आन्तरिक समस्यालाई निर्वाचन पराजयका कारणका रूपमा औंल्याइएको छ । प्रतिवेदनले बाह्य शक्तिको चलखेललाई मात्रै पराजयको कारण मान्न नसकिने निष्कर्षसमेत निकालेको छ ।
दुई धारबीचको मतभेद प्रतिवेदनमै सीमित रहेन । भदौ अन्तिम साता कार्यदलमा थापा र पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस भए । त्यसपछि दुवै प्रतिवेदनलाई एकीकृत गरी एउटै दस्तावेज बनाउने जिम्मा थापा, पौडेल र पोखरेललाई दिने सहमति भएको छ । त्यसैले नेतृत्व परिवर्तनको बहस तत्कालै टुंगिएको नभई पुनर्गठनसम्बन्धी अन्तिम प्रतिवेदनमा कसरी समेटिन्छ भन्ने प्रश्न अझै बाँकी छ ।
एमालेको संकट नेतृत्वको बहसमा मात्र सीमित छैन । पार्टी सदस्यता नवीकरणमा देखिएको गिरावटले संगठनको आधारमै प्रश्न उठाएको छ । साउनसम्म देशव्यापी अभियानमा ३ लाख ५९ हजार अर्थात् करिब ५३ प्रतिशत सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन् । गत वर्ष एमालेका सदस्य संख्या ६ लाख ८६ हजार ७ सय ४८ थियो । नेताहरूले सदस्यता नवीकरण घट्नुका कारणमा नेतृत्वप्रतिको असन्तुष्टि, अवसर नपाएका कार्यकर्तालाई समेट्न नसक्नु, युवाका लागि पार्टीभित्र पर्याप्त ठाउँ नहुनु तथा सत्ता र गुटकेन्द्रित राजनीति बढ्नुजस्ता विषय औंल्याएका छन् । एमालेले भने सदस्यता विवरण अझै अद्यावधिक भइरहेको र केही ठाउँमा सदस्यता शुद्धीकरण गरिएकाले अहिलेको संख्या अन्तिम नभएको बताउँदै आएको छ । यसले एमालेको आगामी संगठनात्मक चुनौतीलाई थप गम्भीर बनाएको छ । निर्वाचनमा कमजोर प्रदर्शनपछि नेतृत्व र नीतिको समीक्षा गरिरहँदा संगठनको आधार मानिने सदस्य नै नवीकरणबाट बाहिरिन थालेको तथ्यले पार्टीभित्रको असन्तुष्टि केवल शीर्ष तहको विवादमा सीमित नरहेको संकेत गर्छ ।
यता, विभिन्न कम्युनिस्ट समूहको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टी पनि नयाँ राजनीतिक आधार निर्माणको चुनौतीमा छ । प्रतिनिधिसभामा १७ सिटमा सीमित भएको यो पार्टीले आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ । तर पार्टीको नेतृत्वमा पुरानै पुस्ताका प्रमुख नेताहरू रहेकाले नयाँ पुस्तालाई आकर्षित गर्ने राजनीतिक सन्देश र संगठनात्मक संरचना कस्तो बनाउने भन्ने प्रश्न उसको अगाडि छ ।
वामपन्थी दलहरूको संकटबारे स्वयं कम्युनिस्ट नेताहरूबाटै सार्वजनिक रूपमा प्रश्न उठ्न थालेका छन् । एमाले नेता गोकुल बाँस्कोटाले हालै एक कार्यक्रममा वामपन्थीहरूबीच एकताको अवस्था कमजोर भएको भन्दै कटाक्षपूर्ण टिप्पणी गरे । उनले अहिले वामपन्थीहरू कि ‘घाट’ र कि ‘श्राद्ध’मा मात्रै भेटिने अवस्था आएको बताए । बाँस्कोटाले पछिल्लो निर्वाचनले वामपन्थी राजनीतिका परम्परागत आधारहरू कमजोर भएको पनि बताए । उनका अनुसार कम्युनिस्ट पार्टीहरूका नाम र झण्डा धेरै भए पनि प्रभाव र जनआधार खुम्चिँदै गएको छ । उनले सबै कम्युनिस्ट शक्ति जोड्दा पनि जनमत करिब २० प्रतिशतमा झरेको दाबी गरे । बाँस्कोटाको अर्को जोड नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण र बदलिँदो समाजअनुसार कम्युनिस्ट राजनीतिलाई पुनःपरिभाषित गर्नुपर्नेमा थियो । पुरानो इतिहास र उपलब्धिको आधारमा मात्रै राजनीति अघि बढ्न नसक्ने भन्दै उनले अहिलेको चुनौतीको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् ।
वामपन्थी दलहरूका लागि अहिलेको मुख्य चुनौती आफूहरूप्रति घट्दै गएको विकर्षणको कारण पहिचान गर्नु पनि हो । एमालेमा नेतृत्वको प्रश्न, सदस्यता नवीकरणको गिरावट र निर्वाचन पराजयको समीक्षा एकैपटक देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीमा पनि एकीकरणपछि नयाँ संगठनात्मक पहिचान र पुस्तान्तरणको प्रश्न उठेको छ ।
आगामी स्थानीय तह र प्रदेश तहका निर्वाचनतर्फ अघि बढ्दा यी दलहरूले संगठन पुनर्गठन, नेतृत्वको व्यवस्थापन, नयाँ पुस्ताको सहभागिता र जनतासँगको राजनीतिक सम्बन्ध पुनःनिर्माण गर्नुपर्ने दबाब झेलिरहेका छन् । निर्वाचन परिणामले देखाएको जनमत र पार्टीभित्र देखिएको संगठनात्मक असन्तुष्टिलाई बेवास्ता गर्दै पुरानै शैलीमा अघि बढ्दा चुनौती थपिन सक्छ । नेपालको कम्युनिस्ट आन्दोलन लामो समयसम्म मुलुकको राजनीतिको प्रमुख शक्तिमध्ये रहँदै आएको हो । तर पछिल्लो निर्वाचनपछि संसदमा उनीहरूको संख्यात्मक उपस्थिति घट्नु, पार्टीहरूबीच विभाजन र एकीकरणको चक्र दोहोरिनु तथा आफ्नै दलभित्र नेतृत्व र पुस्तान्तरणको प्रश्न उठ्नुले अब वामपन्थी दलहरूका अगाडि संगठन र नेतृत्व दुवै पुनर्विचार गर्ने दबाब सिर्जना गरेको छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने

२ मिनेट अगाडि
नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङहङमा विशेष शो सम्पन्न

नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङहङमा विशेष शो सम्पन्न

११ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

विपद् प्रभावितका लागि आर्थिक सहयोग

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक