काठमाडौं । नेवाः स्यनामि दबूको आयोजनामा तथा काठमाडौं महानगरपालिका २२ वडाको सहकार्यमा अनिवार्य अवकाश लिनुपर्ने ६० बर्ष नाघेका नेपालभाषा प्रशिक्षक सहायकको सम्मानजक विदाई कार्यक्रमको आयोजना गरिएको छ ।
नेवाः सांस्कृतिक छेँ पुरानो भंसारमा आइतबार भएको कार्यक्रममा नेपालभाषा प्रशिक्षाक सहायकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्व गराएकोमा शिक्षा विभाग, काठमाडौं महानगरपालिकालाई धन्यवाद ज्ञापन व्यक्त गरिएको थियो ।
सो कार्यक्रममा नेवाः स्यनामि दबूका सचिव बरूण श्रेष्ठले काठमाडौं महानगरपालिकाका शिक्षकहरुका लागि सामाजिक सुरक्षा कोष व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै उनले स्थायी हुन लागेको जनाउँदै अबको बाटो थायी गराउने तिर लाग्नु पर्ने धारणा राखे । उनले पद्म कन्या क्पाम्पसमा नेपालभाषा विषयकाे कक्षा सञ्चालन गर्न १० जना विध्यार्थीहरू आवश्यक रहेकाले बिए. तह. मा भर्ना हुन अनुरोध गर्नु समेत गर्नु भएकाे थियाे । साथै अहिले नेपालभाषा प्रशिक्षकहरुलाई तिचिंग प्रकृया आवश्यक रहेकोमा यदि तिचिंकका व्यवस्था क्याम्पस नमाने नेवाः स्यनामि दबु तयार रहेको धारणा राखे ।
सो कार्यक्रममा अनिवार्य अवकार लिएका नेपालभाषा शिक्षक राधेश्याम महर्जन, कृष्ण प्यारी श्रेष्ठ, हसना मैया बज्र्राचार्य, रमा शाक्य, भावना वैद्य, रिता अमात्य र तारा श्रेष्ठलाई अवकाश प्राप्त भएकोमा दोस्लला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा अवकाश प्राप्त नेपालभाषा शिक्षक राधेश्याम महर्जनले हामीले २०७८बैशाख १ गते देखि नेपालभाषा सहायक प्रशिक्षकमा नियुक्त भई ६० बर्ष नपुगेसम्म इम्मान्दारीपूर्वक सेवा गर्ने अवसर पायौं । यस यात्रामा धेरै कुरा सिक्ने र सिकाउने अवसर पाएको धारणा राखेका थिए । साथै उमेर हदका कारण विदा हुनु परेकोमा हामीहरु अन्तिम क्षण सम्म इमान्दरपुर्वक कर्तव्य पालना गरेको जनाउँदै नेपालभाषा शिक्षकहरुलाई स्थायी शिक्षकको व्यवस्था गरिनु पर्नेमा ध्यानाकर्षण गराउँदै कामनपा र स्कुल तथा नेवाः स्यनामि दबूलाई आभार व्यक्त गरेका थिए ।
अतिथिका रुपमा पाल्नु भएका शिक्षा अधिकृत नेत्र प्रसाद पौडेलले नेपालभाषाका शिक्षकका लागि सामाजिक कोषमा आबद्ध हुनु भएको बढाई दिदै नेपालभाषाको स्थायी दरबन्दी प्रकृयासम्म लानका लागि प्रयासरत जानकारी गराए । उनले नेपालभाषा शिक्षक शिक्षकले दिनु भएको योगदान कामपाले सधैँ सम्झी रहने धारणा राखे ।
कार्यक्रममा भर्खरै बित्नु भएका जनकवि दुर्गालाल श्रेष्ठको गीत गायककाे देशभक्त झी झीगु निम्ति मखुसां नेपालया निम्ती गीत गायक पवित्र कंसा तथा सुमित्रा महर्जनले संयुक्त रूपमा गाएर सुनाएका थिए ।
कार्यक्रमका अतिथी नेवाः देय दबुका सचिव श्रीजनमान श्रेष्ठले श्रेष्ठले स्कुलमा नभई नेपालभाषाको आकर्षण बढाउन घर घरमा प्रचार प्रचार गरिनु पर्नेमा जाेडदिदै नेपालभाषा अध्यापन समायनुकूल बि.ए. तथा एम. ए. अध्यापन गर्न आह्वान गरे । उनले नेवाः देय् देबू सधैं सेवा गर्न तत्पर रहेको जनाउँदै अहिले नेवाः समुदायमा रहेको भ्रम चिर्नु पर्ने आवश्यक रहेको अाैल्याए । नेपालभाषा शिक्षकहरूले समाज, देश बनाउनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जाेड ।
नेवाः स्यनामि दबुका अध्यक्ष रितेश मल्लकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।


