शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनभीएलको पहिलो संस्करण खप्तड पराजित

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
महिला भलिबलमा नेपाल भारतसँग पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खप्तड फाल्कन्स सुदूरपश्चिमले जितविहीन हुँदै नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण सकाएको छ ।

बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमान खप्तडले काठमाडौं रेड्सलाई कडा चुनौती दिएपनि ३-२ को सेटमा पराजित भयो ।

लिग चरणमा खेलेको पाँचै खेलमा पराजित भएको खप्तड पहिलो संस्करणमा जितविहीन हुने एक्लो टोली बन्यो । काठमाडौं विरुद्धको खेलमा आएर पहिलो पटक सेट जितेको खप्तडले खेललाई पाँचौ सेटसम्म पुर्‍याएपनि जित हात पार्न सकेन । पाँचौ सेटमा पराजित भएकोले खप्तडले १ अंक जोड्दै अंकको खाता भने खोल्यो ।

काठमाडौंले खप्तड विरुद्ध सुरुमा विदेशी खेलाडीलाई आराम दिँदै नेपाली खेलाडीहरू मात्र खेलाएको थियो । तर खप्तडले चुनौती दिएपछि काठमाडौंले विदेशी खेलाडी पनि कोर्टमा उतार्दै जित हात पार्‍यो ।

खप्तडले पहिलो सेट २५-१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । तर काठमाडौंले दोस्रो सेट २५-१९ ले नै आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो । तेस्रो सेट अप्तडले २५-२० ले जित्दै फेरि अग्रता लियो । तर त्यसपछि भने काठमाडौंले पुनरागमन गर्दै लगातार दुई सेट आफ्नो पक्षमा पार्‍यो । काठमाडौंले चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौ सेटमा पुर्‍याएको थियो । पाँचौ तथा निर्णायक सेट १५-१३ ले आफ्नो पक्षमा पार्दै काठमाडौंले जित हात पार्‍यो ।

लिग चरणमा ५ मध्ये ४ खेल जितेको काठमाडौं १० अंक जोडेर तेस्रो स्थानमा रह्यो । अब काठमाडौंले फाइनल प्रवेशका लागि कर्णाद्यी शिवराजसँग शुक्रबार प्लेअफ खेल्नेछ । कर्णालीले बिहीबारै मधेश वारियर्सलाई ३-१ को सेटमा पराजित गरेको थियो । ४ खेल नै जितेको कर्णाली ११ अंकसहित दोस्रो स्थानमा रह्यो । कर्णालीले मधेशलाई २५-२०, २५-२०, २१-२५, २५-१९ ले पराजित गर्‍यो ।

पहिलो खेलमा कर्णालीसँग पराजित भएपनि त्यसपछि लगातार ४ खेल जितेको अन्नपूर्ण स्पाइकर किंग्स १२ अंकसहित शीर्ष स्थानमा रहेर सिधै फाइनल पुगेको छ ।

एनभीएलमा शुक्रबार कर्णाली र काठमाडौंबीच फाइनल प्रवेशका लागि प्लेअफ खेल हुनेछ । त्यस खेलको विजेताले फाइनलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग शनिबार खेल्नेछ ।

यो पनि पढ्नुहोस्

२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने

२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने

४ घण्टा अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिलिमे टनेल नजिकै भग्नावशेष पन्छाउँदै

मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज

तीज, लैङिङ्क विभेद र केही अनुउत्तरित प्रश्नहरु         

विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्य तीव्र

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक