बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत ।  कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्यालले आफूले पाउनुपर्ने पारिश्रमिक तथा सेवा–सुविधा नदिएको भन्दै प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सञ्ज्यालले सदस्यसचिवका रूपमा काम गरेको अवधिको पारिश्रमिक तथा सेवा–सुविधा उपलब्ध गराउन माग गर्दै रिट दायर गरेका हुन्। उनको रिटमाथि बुधबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ।

सञ्ज्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा, सामाजिक विकास मन्त्रालय, सम्बन्धित मन्त्री, कर्णाली प्रदेश खेलकुद विकास परिषद् तथा संघीय शिक्षा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

सर्वोच्चले निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्नेबारे विपक्षीलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय वा मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

सञ्ज्यालले २०८० साउनदेखि २०८१ पुससम्मको १७ महिना ५ दिनको पारिश्रमिक तथा सेवा–सुविधा नपाएको दाबी गरेका छन्। तलब तथा भत्तासम्बन्धी विषय भएकाले सर्वोच्चले यस मुद्दालाई अग्राधिकार दिँदै अघि बढाउन आदेशसमेत दिएको छ।

दुई पटक अध्यादेशबाट पाए, पछि रोकियो पारिश्रमिक
सञ्ज्याललाई तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले २०७७ पुस ६ गते कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा नियुक्त गरेको थियो। उनको नियुक्ति खेलकुद विकास ऐन, २०७६ को दफा ६ को उपदफा (२) को खण्ड (च) बमोजिम गरिएको थियो।

खेलकुद विकास ऐनमा परिषद्का पदाधिकारीको पदावधि, जिल्ला स्तरसम्मको संरचना तथा अन्य व्यवस्थामा स्पष्टता नभएको भन्दै पछि ऐन संशोधनको प्रक्रिया अघि बढाइएको थियो। ‘खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पहिलो पटक २०७८ फागुन १५ गते प्रदेश सभामा दर्ता भएको थियो। तर पहिलो कार्यकालमा विधेयक पारित हुन सकेन।

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएपछि २०७९ चैत १२ गते विधेयक पुनः दर्ता भएर सामाजिक विकास समितिमा पठाइएको थियो। लामो समय समितिमै अड्किएको उक्त विधेयक तत्कालीन सामाजिक विकास मन्त्री खड्ग पोखरेलले फिर्ता लिएका थिए।

ऐन संशोधन हुन नसक्दा सदस्यसचिवको पारिश्रमिक तथा सेवा–सुविधाको विषय अन्योलमा परेको सञ्ज्यालको दाबी छ। तत्कालीन मुख्यमन्त्री शाही नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको अध्यादेशमा सदस्यसचिवले एघारौँ तहका अधिकृत वा सोसरहको पारिश्रमिक तथा सेवा–सुविधा पाउने व्यवस्था गरिएको थियो।

अध्यादेश कायम रहेको अवधिमा सञ्ज्यालले दुई पटक पारिश्रमिक तथा सेवा–सुविधा प्राप्त गरेका थिए। त्यसपछि भने १७ महिना ५ दिनको पारिश्रमिक तथा सेवा–सुविधा रोकिएको उनको दाबी छ।

सञ्ज्यालकै नेतृत्वमा वीरेन्द्रनगरमा प्रादेशिक रङ्गशाला निर्माणको काम अघि बढेको थियो। उक्त रङ्गशालालाई कर्णालीको खेल पूर्वाधारमा उदाहरणीय संरचनाका रूपमा लिइन्छ।

सञ्ज्यालको कार्यकाल २०८१ पुसमा समाप्त भएको थियो। कार्यकाल समाप्त भएको लामो समयसम्म पनि आफूले पाउनुपर्ने पारिश्रमिक तथा सेवा–सुविधा नपाएपछि उनी न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक