काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
बैठकको एजेन्डा भने खुलाइएको छैन ।
हिजो र अस्ति अर्थात २१ र २२ भदौमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा भोटेकोशी बाढीबाट सिर्जित राष्ट्रिय संकट, खोज तथा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका बारेमा छलफल भएको थियो ।


