बिहि, कार्तिक २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछिको संकट व्यवस्थापनमा खटिएका राज्यका तीनै तहका सुरक्षा निकायलाई ढाडस दिँदै विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने जनाएका छन् ।

साथै, उनले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने पनि जनाएका छन् ।

‘सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ । तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन,’ उनले भनेका छन्, ‘संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं ।’

उनले नुवाकोटको विदुर नगरपालिका–६ मा रहेको केन्द्रीय कारागारका कैदीबन्दीहरूलाई सार्न र भाग्न खोजेकालाई नियन्त्रणमा लिन सफल भएकोमा प्रहरी प्रशासनमाथि धन्यवाद दिएका छन् ।

यसलाई एउटा उदाहरण मान्दै प्रधानमन्त्री शाहले अन्य कयौं काम सुरक्षाकर्मीहरूले यो विपद्को बेलामा गरेको भन्दै प्रशंसा गरेका हुन् ।

यस्तो छ प्रधानमन्त्रीले सुरक्षाकर्मीमाथि गरेको सम्बोधन–

राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरू,

नुवाकोटको विदुर ६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ९२३ जना कैदीबन्दीहरूलाई राखिएको थियो। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी दायाँबायाँ क्षति पुर्‍याउँदै अघि बढ्यो।

यसबारे थाह पाएपछि कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कमान्डरहरूसहित ५२ जना सुरक्षाकर्मीहरूले अलिकति पनि हिम्मत र धैर्य गुमाउनुभएन। उहाँहरूले २ भवनहरूमा राखिएका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सार्नुभयो।

त्यो बेलासम्म त्रिशूलीको तटीय क्षेत्रमा रहेको कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खाल ढाल्दै केहीबेर अघिसम्म कैदीबन्दीहरू राखिएको भवनहरूको पहिलो तलासम्म लेदोसहित बाढी पसिसकेको थियो।

सुरक्षाकर्मीहरूका लागि त्यति मात्रै चुनौती थिएन। बाढीको मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीहरूलाई उहाँहरूले पुन: नियन्त्रणमा लिनुभयो। भाग्न नपाएका कैदीबन्दीहरूले गरेको आक्रमणबाट हाम्रा केही सुरक्षाकर्मीहरू घाइते हुनुभयो। उहाँहरूले वरपरका स्थानीय बासिन्दाको समेत ज्यान रक्षा गर्नुभयो।

आज पनि उहाँहरू बस्ने ब्यारेक र कार्यालय लेदोमै छ, पहुँचमार्ग अस्तित्वमै छैन। खानेपानीको व्यवस्था बिथोलिएको छ। खेतको आलीलाई बाटो बनाउँदै आफैँ टाढाबाट पानी बोकेर कैदीबन्दीहरूलाई खुवाउने, बाटो खुलाउने र उच्च मनोबलका साथ ड्युटीमा उभिने हाम्रा सुरक्षाकर्मीहरूको यो साहस अद्भुत छ।

यो त एक उदाहरण हो।

यो विपद्मा हाम्रा सुरक्षाकर्मीहरूले कैयौँ उदारहणीय काम गर्नु भएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३ सय ९१ मानिसहरूलाई उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेर समेत घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याउनुभयो।

शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ।

कठिन भूगोल छ। प्रतिकूल मौसम छ। तर, हाम्रा सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ।

तपाईंहरूले प्रभावितहरुको पीडा गहिरोसँग बुझ्नुभएको छ। बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसहरुको संख्या ठूलो छ। त्यसैले  तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ।

हामीलाई थाहा छ  तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुुनुहुन्छ। बाढीका कारण ४५ नेपाली सेना,  २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ। यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ। सकिनसकी शव उठाइरहनुभएको छ। होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ। अझै पनि बाढी आउन सक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ।

यो पनि पढ्नुहोस्

मेयर हर्क साम्पाङ राईविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएपछि…

श्रमजीवी गरिब जनताको पक्षमा श्रम संस्कृति पार्टी

२१ घण्टा अगाडि
प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय

प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय

३ दिन अगाडि

तपाईंहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिरहनुभएको छ।

आ आफ्ना मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट कमाण्डरहरुले प्रभावित क्षेत्रमा खटिरहेका सुरक्षाकर्मीहरूलाई निर्देशन दिइरहनुभएको छ। समन्वय गरिरहनुभएको छ।

कमान्डरहरुलाई चिन्ता पनि छ होला कतै आफ्ना सुरक्षाकर्मी खोजी र उद्धारमा खटिदै गर्दा आफै अफठ्यारोमा पर्छन् की? त्यसैले प्रभावित क्षेत्रमा खटिरहनु भएका आफ्ना साथीहरुको मनोवल उच्च राख्ने प्रयास गरिरहनुभएको छ।

नेपाली सेना: बाढी आएलगत्तै सैनिक मुख्यालयको योजना अनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ। रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’,चिकित्सकसहितको‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रको कठिन भूगोलहरूमा अन्य सुरक्षा निकायहरूको सहयोग लिएर उद्धार कार्यको अगुवाइ गरिरहेको छ। विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धार कार्यको नेतृत्व गरिरहेको छ। यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टीम’ परिचालन भइरहेको छ। साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ। नुवाकोटको देवीघाटमा सेना आफैले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा अहिले ९ हजार २ सय ८७ जना सेना खटिरहनुभएको छ।

नेपाल प्रहरी: बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय छ। तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन्। घाइतेहरूलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउने काम भइरहेको छ। शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ। जोखिमपूर्ण क्षेत्रहरूमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ। त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मिहिनेत गरिरहेको छ।  हाल बाढी प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ प्रहरी खटिरहनु भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल: कठिन भूगोल र उर्लँदो भोटेकोशी—त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ। त्यसको लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो। ड्रोन स्क्वाड परिचालन गरिरहेको छ। केनाइन टोली पनि सँगसँगै खटाएको छ। प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ। प्रभावित क्षेत्रको नेपाल चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ। हाल प्रभावित क्षेत्रमा ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी खटिरहनुभएको छ।

राष्ट्रसेवक सुरक्षकर्मीहरु,

तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरुले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन।

संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं।

संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौं।

राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरु,

तपाईंहरुप्रति हामी सँधै कृतज्ञ रहनेछौं।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

मलेसियामा रोजगारीको अवसर गुम्ने खतरा

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

श्रमजीवी गरिब जनताको पक्षमा श्रम संस्कृति पार्टी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक