सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

भोटकोशी बाढी

यसरी निम्तियो विनाशकारी बाढी

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
भोटकोशी बाढी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले नेपाललाई एकैपटक झस्काएको छ । यो साधारण बाढी थिएन । यसलाई वैज्ञानिकहरूले ।।।हिमाली सुनामी’ भन्न थालेका छन्। विज्ञहरूले स्याटेलाइट डाटा विश्लेषण गर्दै भनेका छन्, लाबटाब लिरुब हिमालको उत्तरी भागबाट ल्हेन्दे खोला सिरानमा खसेको हिमचट्टान करिब साढे दुई करोड घनमिटर (२५ मिलियन क्युबिक मिटर) को थियो। यो आयतन लन्डनको वेम्ब्ली स्टेडियमलाई २२ पटक भर्न पुग्ने वा इजिप्टको पिरामिडभन्दा १० गुना ठूलो हो। हिउँ र बरफको त्यो विशाल ढिस्को करिब दुई हजार मिटर तल खसेको थियो। खस्दा उत्पन्न ऊर्जा बम विस्फोटसरहको थियो र यसलाई ५.२ रेक्टर स्केलको भूकम्पका रूपमा मापनसमेत गरियो।

हिमपहिरोको लम्बाइ करिब १.३ किलोमिटर र मोटाई ६० देखि ७० मिटर अनुमान गरिएको छ । कतिपय वैज्ञानिकहरूले यो आयतन चार करोड घनमिटरसम्म हुनसक्ने बताएका छन् भने केही अध्ययनमा १४ करोड २० लाख घनमिटरसम्म हिउँ, चट्टान र लेदो विस्थापित भएको उल्लेख छ । यो फेवातालको पानीभन्दा तीन गुणा बढी आयतन हो। यो हिम–चट्टान पहिरोले ल्हेन्दे खोलामा अस्थायी बाँध बनायो। पानी र लेदोको चापले केही मिनेटमै बाँध फुट्यो। त्यसपछि लेदोमिश्रित बाढी ५४ किलोमिटर प्रतिघण्टाको गतिमा साँघुरा खोँच हुँदै तल झ¥यो। स्याफ्रुबेँसी पुग्दा बहाव प्रतिसेकेन्ड २३ हजार घनमिटरसम्म पुगेको थियो। यो नेपालका ठूला नदीहरूको औसत बहावभन्दा कैयौं गुणा बढी हो।

गल्छीमा ३० मिनेटमै जलसतह तीनतले घर डुबाउने गरी बढ्यो। बाढीको चरित्र परम्परागत पानीको बाढीभन्दा फरक थियो—ढुंगा, गेगर, बरफ र लेदो मिसिएको रक–आइस एभेलाञ्जको रूपमा आएको थियो। वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनसँग जोडेका छन्। लाबटाब क्षेत्रको जमिनको तापक्रम पछिल्ला २५ वर्षको औसतभन्दा बढी देखिएको छ । ईआरए–५ स्याटेलाइट डाटाअनुसार त्यहाँको तापक्रम माइनस १२ डिग्रीदेखि प्लस ८ डिग्रीसम्म उतारचढाव भएको छ । बारम्बार तातो र चिसो हुने क्रमले हिमनदी र पर्माफ्रोस्ट कमजोर बनाएको अनुमान छ । गतवर्ष पनि सोही क्षेत्रको प्यूरेपु हिमताल विस्फोटबाट बाढी आएको थियो। यसपटक भने विशाल हिमपहिरो मुख्य कारण बनेको स्याटेलाइट अध्ययनले पुष्टि गरेको छ । घटनाअघि सात दिनसम्म पनि स्याटेलाइटले हिम–चट्टान क्षेत्रमा हलचल देखाएको थियो, तर पर्याप्त अनुगमन प्रणाली नहुँदा पूर्वचेतावनी दिन सकिएन । क्षतिको आकार अकल्पनीय छ ।

सरकारी आंकडाअनुसार करिब १ हजार ५० जनाको मृत्यु पुष्टि भएको छ भने करिब ३ हजार ९ सयभन्दा बढी व्यक्ति बेपत्ता छन्। करिब १६ लाख मानिस प्रभावित भएका छन्। रसुवा र नुवाकोट अति प्रभावित जिल्ला बनेका छन्। मितेरी पुल, रसुवागढी भन्सार, २.८ अर्ब रुपैयाँ खर्च गरेर निर्माण गरिएको सुख्खा बन्दरगाह, राष्ट्रिय ग्रिडको करिब १० प्रतिशत हिस्सा ओगट्ने ४४० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू र नुवाकोटको २५ मेगावाट सोलार प्लान्ट एकैचिहान बने। गल्छी–बेत्रावती–रसुवागढी सडकको करिब ४० किलोमिटर पूर्ण रूपमा ध्वस्त भयो भने दर्जनौं पुल बगे। सयौं नागरिक, सीमाका कर्मचारी, मजदुर र विदेशी पर्यटक बेपत्ता भए । देशको प्रमुख आर्थिक लाइफलाइन केही मिनेटमै ठप्प भयो।

क्षेत्र र हुनसक्ने सम्भावित जोखिमको द्रुत मूल्याङ्कन गरेका थिए । रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीले धादिब जिल्लाको त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जनधनको क्षति पु¥याएको छ । भदौ १० गते बुधबार बिहान आएको उक्त बाढीका कारण उत्पन्न संकटको प्रारम्भिक विवरण जिल्ला प्रशासन कार्यालय धादिबले सार्वजनिक गरेको छ । प्रशासनका अनुसार भदौ १६ गते साँझसम्मको तथ्याङ्क हेर्दा बाढीका कारण ठूलो संख्यामा मानवीय र भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुगेको देखिन्छ ।

बाढीको चपेटामा परेकामध्ये हालसम्म ३ जनाको जीवितै उद्धार गरिएको छ, जसमा दुई जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन् । तर, मानवीय क्षतिको पाटो निकै दुःखद रहेको छ । बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली तथा स–साना नदीहरुमा आकस्मिक बाढीको ।उच्च सम्भावना’ रहेको जनाएको छ । महाशाखाले आज बिहान प्रकाशित गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार यी दुई जिल्लामा बाढीको उच्च जोखिम देखिएको हो । यसैगरी देशका अन्य तीन दर्जनभन्दा बढी जिल्लाका स–साना नदीमा पनि बाढीको मध्यम जोखिम रहेको विवरण सार्वजनिक भएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तलै छ । यद्यपि ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तलै रहेको छ । भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ । एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम संस्कार सुरु गरेका हुन् । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ ।

धादिबमा २ , नुवाकोटमा ६ र रसुवामा ४ वटा बेस स्थापना भएका हुन् । जस अन्तर्गत धादिबको मलेखु र गल्छी , नुवाकोटको देबिघाट, कोलोनी ,रातमाटे,तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ए , त्रिशूली हाइड्रो ३ बी , स्याफ्रुबेशी र बोगटिटारमा गरी १२ वटा बेस स्थापना भएको हो । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्थापना भएका बेस मध्ये धादिबको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोली समेत रहेको छ । ती बेसहरूमा १५ देखि ३५ जना सम्मको सङ्ख्यामा उद्धार टोली खटाइएको छ भने बिशेष तालिमप्राप्त उद्धारक समेत रहेका छन् । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ ।

तीमध्ये १२९ वटा लिङ्ग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । एउटाको व्यवस्थापन गर्न बाँकी छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो । प्रहरीले शनिबार ९६ शवको व्यवस्थापन गरेको थियो । आइतबार १०३, सोमबार ८१ र मङ्गलबार ५५ शव व्यवस्थापन गरेको हो । जमिनमुनि व्यवस्थापन गरिएकामध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका १२९ वटा शव छन् । त्यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका अभ्यासका कारण विपद्को सामना भोग्नुपरेको बताएका छन् । जल तथा मौसमविद् समाज नेपालसँगको सहकार्यमा एभरेष्ट इन्जिनियरिब कलेजले मङ्गलबार यहाँ आयोजना गरेको भोटेकोशी–त्रिशूली बाढी २०२६ का कारण, प्रभाव, पूर्वसूचना प्रणाली तथा विपद् जोखिम न्यूनीकरणका उपायसम्बन्धी संगोष्ठीमा उनले सजिलोका लागि खोलाका छेउछाउमा सडक बनाउने कार्यले बजारीकरणका साथै सहरीकरणका गतिविधि बढ्दै जाँदा मानवीय बस्ती बढ्दै गएको र खोलाको क्षेत्रफल सङ्कुचित हुँदा अस्वाभाविक प्राकृतिक जोखिमका समयमा धेरै क्षति भोग्नुपरेको बताए ।

“हाम्रा गलत विकासले विपत्ति निम्त्याउँछ, पहिला खोलाको छेउछाउभन्दा डाँडाकाँडा र समथर भागमा बस्ती बसाउने चलन थियो, जनसङ्ख्या बढ्दै जाँदा समयक्रमसँगै हामी यसलाई बिर्सँदै गयौँ, हाम्रो भौगोलिक अवस्थाअनुसार पनि कतिबेला कहाँ कस्तो पहिरो जान्छ, बाढी आउँछ भन्ने ठेगान छैन, पृथ्वीको तापक्रम बढ्दै छ, मनसुनको समयमा पानी पर्ने र तापक्रम पनि बढी हुनेहुँदा हिमपहिरो आउने र विपद् निम्तिने खतरा धेरै रहेको छ, यसले मानवीय गतिविधि र बसाइ बढ्दा धेरै क्षति भोग्नुपरेको छ”, उनले भने ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका परिवारलाई राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले राहत सामग्री वितरण गरेको छ । भाद्र १० गते आएको बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै संघको केन्द्रीय कार्यालय काठमाडौंको मित्रनगरबाट महासचिव नन्दु घर्ती मगरको नेतृत्वमा गएको टोलीले विदुर नगरपालिका–९ स्थित सुलक्षणा माध्यमिक विद्यालयमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीपछि प्रभावित परिवारलाई राख्न विद्यालयलाई होल्डिब सेन्टरका रूपमा प्रयोग गरिँदै आएको छ । सोही स्थानमा रहेका पीडित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर संघले राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत पारेको छ । नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य सडक खण्डहरूमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ । धादिब खण्डमा पर्ने पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ । बेनीघाट रोराब–७ स्थित कृष्णभिर र गजुरी–२ को परेवाभिरमा ठूलो पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, बेनीघाट रोराब–१० को ज्वाडु खोला र थाक्रे–२ को कमेरेभिरमा पहिरो पन्छाएर सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ । बीपी राजमार्गको काभ्रेको खुर्कोट–नेपालथोक सडक खण्डमा बाढीको उच्च जोखिम रहेका कारण सुरक्षा सतर्कता अपनाउँदै साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म भने अवस्था हेरेर मात्र सवारी चल्न दिइएको छ ।

अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु छ लाख ७५ हजार सहयोग गर्ने भएका छन् । कर्मचारीले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए । उनका अनुसार विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् । “समस्या परेका बेला हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले कर्मचारीले आपसमा सल्लाह गरी रकम सङ्कलन गरेका हुन्”, उनले भने । उनले उद्योगमा कार्यरत कर्मचारीले पहिलोपटक यसरी स्वतःस्फूर्त रूपमा ठूलो रकम सङ्कलन गरी विपद्बाट प्रभावित परिवारका लागि सहयोग गर्न लागेको बताए । दैनिक जीवनका आधारभूत स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आवश्यकताका सामग्रीबाट वञ्चित बाढी प्रभावित महिला तथा बालिकाहरुलाई वान स्टेप फाउण्डेसनले ।।।डिग्निटी बक्स’ वितरण गर्ने भएको छ । पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको फाउण्डेसनले दोस्रो चरणमा बाढी प्रभावित महिला तथा बालबालिकाहरूको स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आवश्यकताका वस्तुहरूको प्याकेज (डिग्निटी बक्स) वितरण गर्ने भएको हो ।

डिग्निटी बक्स वितरणमा झण्डै ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फाउण्डेसनका संस्थापक परोपकारी धावक बाल जोशीका अनुसार प्रत्येक बक्समा महिनावारी तथा व्यक्तिगत सरसफाइका सामग्री, भित्री वस्त्र, साबुन तथा अन्य व्यक्तिगत उपयोगका सामग्री, शिशुका डायपरलगायत विपद्को समयमा आवश्यक पर्ने आधारभूत सामग्री समावेश गरिनेछ । प्रत्येक बक्स तयार गर्न करिब ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्ले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको बाढीबाट प्रभावितहरूका लागि १ करोड ९६ लाख रुपैयाँ बराबरको आवश्यकता अनुसार टेन्ट र कम्बल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, मधेस प्रदेशका नागरिक उक्त घटनामा परि मृत्यु भएका आफन्तलाई तत्काल राहत स्वरुप १ लाख प्रदान गरिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण मृत्यु भएका मधेस प्रदेशका नागरिकका परिवार वा नजिकका हकवालालाइ प्रति मृतक रु. १ लाख का दरले राहत प्रदान गर्ने तथा घाइते भएमा प्रादेशिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय भएको अर्थमन्त्री युवराज भट्टराईले बताए । उनका अनुसार हालसम्म मधेसबाट ४ जनाको मृत्यु भइसकेको र १ सय ६० जना सम्पर्कविहीन अवस्थामा छन् ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा तत्काल ७ हजार थान कम्मल तथा ७ सय सेट टेन्ट गरी जम्मा रु. अक्षरेपि एक करोड छयानब्बे लाख रुपैयाँ बराबरको राहत गृहमन्त्री फकिरा महतो मार्फत प्रदान गर्ने निर्णय गर्दै उक्त राहत सामग्री नुवाकोट तथा रसुवा जिल्लाका जिल्ला प्रशासन कार्यालय, वाग्मती प्रदेश सरकार र प्रभावित क्षेत्रको स्थानीय तहको जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गर्ने जनाएको छ । रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ । पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा अझै पाँच शव रहेका छन् । ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी छ । “लामो समय शव गृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो । सबै शवको डिएनए लिएका छौँ ।

परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भने । मेचीनगर–८ स्थित होटल मेची क्राउनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि रु २६ लाख सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिन अनुरोध गर्दै होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री गणेश पौडेललाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उनले बताए ।

नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । मंगलबार धादिबको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् । कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । योसँगै, बाढीबाट प्रभावित नेपाल टेलिकमका १२० मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको पनि नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भएका साइटलाई समेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको जनाएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि पोखराका व्यवसायी नारायणप्रसाद पौडेलको नेतृत्वमा सञ्चालित व्यावसायिक तथा शैक्षिक प्रतिष्ठानले रु ४१ लाख ११ हजार १११ सहयोग गरेका छन् । सहयोग रकमको चेक आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई प्रतिष्ठानका अध्यक्ष पौडेलले हस्तान्तरण गरेका हुन् । अटोवेज प्रालि, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द–कलावती फाउण्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । अटोवेज प्रालिबाट रु २५ लाख, प्रतिभा माध्यमिक विद्यालयका शिक्षक(कर्मचारीबाट रु ११ लाख ११ हजार १११ र गोविन्द–कलावती फाउण्डेसनबाट रु पाँच लाख सहयोग गरिएको हो ।

प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलान्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन् । धुलिखेल नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जङ्गमले नगर कार्यपालिकाको बैठकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले रु पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको छ । सङ्घका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि सङ्घका नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरूबाट रु पाँच लाख ६० हजार सङ्कलन गरिएको जानकारी दिए । उनले बाढीपीडितलाई सहयोग गर्नु तत्कालको पहिलो दायित्व भएको जनाउँदै नवनिर्वाचित पदाधिकारीबाट सङ्कलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने बताए ।

यो पनि पढ्नुहोस्

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

१२ घण्टा अगाडि
चाडपर्व नजिकिएसंगै खुला बजारमा ग्राहकको चाप बढ्याे

चाडपर्व नजिकिएसंगै खुला बजारमा ग्राहकको चाप बढ्याे

१७ घण्टा अगाडि

म्याग्दीको भौगोलिक रूपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि रु दुई लाख ५० हजार सहयोग गरेका छन् । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिबलगायत जिल्लामा राहत, उद्धार र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि गुर्जामा रहेका विभिन्न सङ्घसंस्थाले उक्त सहयोग गरेका हुन् । गुर्जा विकास मञ्च र गुर्जा–काठमाडौँ समाजले रु एक÷एक लाख तथा पोखरामा बस्ने गुर्जाको चौतारे छन्त्याल महिला समूहबाट रु २५ हजार र बङ्गाले छन्त्याल महिला समूहबाट रु २५ हजार सहयोग गरेको वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए । चार वटै संस्था र समूहले वडा अध्यक्ष छन्त्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् । नेपालको छोछेन खोला (चिनियाँ स्रोतमा कुओजियान नदी) क्षेत्रमा अगस्ट २६ मा गएको विनाशकारी पहिरो तथा बाढीपछि बनेको प्रभाव क्षेत्र वरपरका हिमनदीहरू अझै भत्किन सक्ने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।

चीनको सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले मंगलबार प्रकाशित गरेको रिपोर्टअनुसार, सेप्टेम्बर १ बिहान ८ बजे खिचिएको ड्रोन तस्बिरमा छोछेन खोला क्षेत्रमा पहिरोका कारण बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश बाहिरिइसकेको देखिएको छ । प्रभाव क्षेत्रभन्दा तलको नदीको बहाव पनि अहिले सामान्य अवस्थामा फर्किएको छ । तर, वरपर रहेका हिमनदीहरू भत्किने सम्भावना भने अझै उच्च रहेको मन्त्रालयले जनाएको छ । चीनको जलस्रोत मन्त्रालयले नेपालको सीमासँग जोडिएको दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोब (केरुब) काउन्टीमा भएको पहिरो तथा मलबे–बाढीको जोखिमबारे निरन्तर परामर्श, निगरानी र समग्र जोखिम मूल्यांकन गरिरहेको छ । मन्त्रालयले उद्धार तथा राहत कार्यलाई सहयोग पुग्ने गरी जलविज्ञानसम्बन्धी अनुगमनसमेत अघि बढाएको जनाएको छ । रसुवा, नुवाकोट र धादिब जिल्लाका भोटेकोशी तथा त्रिशुली नदी किनारका क्षेत्रहरूमा आएको भीषण बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार पहिचान भएका शवहरू सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिए पनि शिक्षण अस्पतालको मर्चरीमा रहेका अधिकांश शवहरू क्षत विक्षत, अङ्गभङ्ग भएको र कुहिँदै गएको अवस्थामा छन् ।

अस्पतालमा थप शवहरू आउने क्रम जारी रहेको, शव राख्ने स्थानको अभाव भएको र समयमै उचित व्यवस्थापन नभए दुर्गन्ध तथा महामारी फैलन सक्ने उच्च जोखिम सिर्जना भएकाले शव व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो । कुहिरोले घर्लप्प छोपेको राम्चे बजारमा गाउँलेहरू समूह–समूहमा एक आपसमा कुराकानी गरिरहेका छन् । कतै बुढाबुढी, कतै युवा–वयस्कहरू त कतै महिलाहरू एक आपसमा कुराकानी गरिरहेका छन् । सिङ्गो गाउँलाई कुहिरोले मात्रै होइन, शोकले पनि छोपेको छ । ।।।हामी त बर्बाद भयौँ नि, अब केही बाँकी रहेन’, गाउँमा छिर्ना साथ स्थानीय पाल्देन तामाबले मलिन स्वरमा भने । मध्य बजारको एउटा घरको किनारमा टाउकोमाथि हात लगाएर अघिदेखि टोलाएकी छन् कालिका गाउँपालिका वडा नम्बर १ की वडा सदस्य कल्पना तामाब । जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक