बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि
काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रा.लि. ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको रिलिज मिति परिवर्तन गरेको जानकारी दिएको हो ।
गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिर्जित असहज परिस्थितिले चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने ठहर निर्माण पक्षले गरेको छ ।

निर्माता दिल श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मुलुकमा विद्यमान प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै, यो पीडा र दुःखको घडीमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले हाम्रो टोलीले प्रदर्शन स्थगित गर्ने निर्णय गरेको हो । देश दुःखी रहेको यस घडीमा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानी हामीले यो निर्णय लिएका हौँ ।”

भदौको प्रदर्शन मिति सरेसँगै अब यो चलचित्र नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर कात्तिक २० गते दर्शनमा आउने भएको छ ।

निर्माण पक्षले मिति हेरफेर भएको बारे मुख्य वितरकहरूलाई औपचारिक जानकारी गराइसकेको छ । अचानक मिति सार्नु परेका कारण दर्शक तथा सम्बन्धित सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति निर्माण टोलीले क्षमासमेत मागेको छ ।

अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ छन् । यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक