बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डिएलए महासचिवका लागि रविन्द्र प्रधानको देश दौडाहा, ‘अनुभवलाई नेतृत्वमा बदल्ने’ तयारी

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
डिएलए महासचिवका लागि रविन्द्र प्रधानको देश दौडाहा, ‘अनुभवलाई नेतृत्वमा बदल्ने’ तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले चुनावी प्रचारलाई तीव्र बनाएका छन्। आगामी भदौ १९ र २० गते बुटवलमा हुने डिएलए नेपालको राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै प्रधान यतिबेला देश दौडाहामा छन्।
महासचिव पदका लागि भक्तपुरबाट सर्वसम्मत उम्मेदवार चयन भएका प्रधानले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने अभियानका रूपमा अघि बढाएका छन्। त्यसक्रममा उनी देशका विभिन्न जिल्लामा पुगेर कानून व्यवसायी तथा डिएलएमा आबद्ध अधिवक्ताहरूसँग भेटघाट, छलफल र अन्तरक्रियामा व्यस्त छन्।
प्रधान हालसम्म पूर्वी नेपालदेखि मध्यनेपालसम्मका विभिन्न जिल्लामा पुगिसकेका छन्। उनी झापा, विराटनगर, उदयपुर हुँदै पोखरा, नुवाकोट, धादिङ, चितवन, मकवानपुरलगायतका जिल्लामा पुगेर आफ्नो उम्मेदवारीका विषयमा कानून व्यवसायीहरूसँग छलफल गरिरहेका छन्। भेटघाटका क्रममा संगठनको आगामी कार्यदिशा, कानून व्यवसायीका पेशागत समस्या तथा डिएलएको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा सुझावसमेत संकलन गरिरहेको प्रधानको भनाइ छ।
चार दशक लामो राजनीतिक तथा कानुनी यात्रा
नेपाल ल क्याम्पसमा २०४३ सालमा इकाइ कमिटी सदस्यका रूपमा विद्यार्थी राजनीति सुरु गरेका प्रधानको राजनीतिक तथा संगठनात्मक यात्रा लामो छ। उनी भक्तपुर नगरपालिकाको नगर सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन्।
२०६२/६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा भक्तपुर नगर स्टेरिङ कमिटीको संयोजकको भूमिका निर्वाह गरेका प्रधान भक्तपुर जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षसमेत दुई पटक भइसकेका छन्। उनी हाल नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका प्रवक्ताका रूपमा सक्रिय छन्।
कानून व्यवसाय, लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा हासिल गरेको अनुभवलाई डिएलएको केन्द्रीय नेतृत्वमा उपयोग गर्ने प्रधानको योजना छ।
“संगठनमा लामो समयदेखि काम गर्दा प्राप्त अनुभव र साथीभाइबाट प्राप्त सुझावलाई अब डिएलएको केन्द्रीय नेतृत्वमा प्रभावकारी रूपमा उपयोग गर्न चाहेको छु,” प्रधानले भने, “कानून व्यवसायीको पेशागत हकहितसँगै विधिको शासन, स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा डिएलएलाई अझ सशक्त बनाउन मेरो उम्मेदवारी हो।”
जिल्लाजिल्लामा भेटघाट, नेतृत्वका लागि समर्थन जुटाउँदै
महासचिव पदको दौडमा रहेका प्रधानले प्रचारका क्रममा व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिएका छन्। विभिन्न जिल्लामा कानून व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनले डिएलएको संगठनात्मक संरचना, सदस्यहरूको पेशागत समस्या र आगामी दिनमा संगठनले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिरहेका छन्।
उनको अभियानमा “अनुभव, संगठन र समन्वय”लाई मुख्य आधार बनाइएको छ। देशभरका कानून व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्दै महासचिवको जिम्मेवारी पाएमा संगठनलाई प्रदेश तथा जिल्ला तहसम्म थप सक्रिय बनाउने प्रधानको प्रतिबद्धता छ।
डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा कानून व्यवसायीको पेशागत हकहितका विषयमा सक्रिय संगठनका रूपमा परिचित छ। आगामी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी कार्यदिशा तय गर्नेछ।
भदौ १९ र २० गते बुटवलमा हुने राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका आकांक्षी प्रधानको देश दौडाहाले डिएलएभित्रको चुनावी माहोललाई थप सक्रिय बनाएको छ। भक्तपुरबाट सर्वसम्मत उम्मेदवारका रूपमा अघि बढेका प्रधानले देशभरका कानून व्यवसायीको समर्थन जुटाउने प्रयासलाई अन्तिम चरणसम्म निरन्तरता दिने बताएका छन्। सन्जिब दुलाल 

—

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बलात्कार घटना र सजायमा हामी कहिले संवेदनशील बन्ने ?

२ घण्टा अगाडि
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !

विकल्प खोजेर निर्यात व्यापार बढाउन आवश्यक

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विकल्प खोजेर निर्यात व्यापार बढाउन आवश्यक

दलगत पहिचान निषेध गरेर पुर्ननिर्माणमा जुट्न आह्वान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अत्यावश्यक सहयोग सामग्रीहरू पुर्‍याउने कार्य जारी

नेपालमा अझै पनि नयाँ जनबादी क्रान्तिको आवश्यकता किन ?

बाढी प्रभावित क्षेत्रमा हिन्दू स्वयंसेवक संघ नेपालद्वारा उद्धार कार्य प्रारम्भ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक