शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विभिन्न कीटजन्य रोग फैलिने क्रम बढ्दो

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
विभिन्न कीटजन्य रोग फैलिने क्रम बढ्दो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिसलगायतका विभिन्न कीटजन्य रोग फैलिने क्रम बढ्दो छ।

नेपालमा हालसम्म १ सय ६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट करिब १८ हजार ७ सय १० जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र प्रजनन क्षेत्र विस्तार हुँदै जाँदा उच्च हिमाली भेगसमेत कीटजन्य रोगको जोखिममा पर्न थालेका छन्। तापक्रम वृद्धि, वर्षाको स्वरूपमा आएको परिवर्तन तथा वातावरणीय अवस्थाका कारण लामखुट्टेबाट सर्ने रोगको भौगोलिक विस्तार चुनौतीका रूपमा देखिएको विभागले जनाएको छ। nimb Ncell 2 विभागका अनुसार कीटजन्य रोग नियन्त्रणका लागि सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोगको पहिचान, निगरानी तथा नियन्त्रणसम्बन्धी काम भइरहेको छ।

किट रोग नियन्त्रण शाखाका प्रमुख डा. कर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ। रोगको भौगोलिक विस्तारसँगै सम्भावित जोखिम क्षेत्रमा निगरानी तथा नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार लामखुट्टेको वृद्धि नियन्त्रण, पानी जम्न नदिने, व्यक्तिगत सुरक्षा अपनाउने तथा रोगका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा परीक्षण र उपचार गराउनेजस्ता उपायलाई प्राथमिकता दिन आवश्यक छ। जलवायु परिवर्तनसँगै लामखुट्टेबाट सर्ने रोग नयाँ क्षेत्रमा फैलिन सक्ने भएकाले स्थानीय तहदेखि केन्द्रसम्म रोग निगरानी र पूर्वतयारीलाई थप सुदृढ बनाउनुपर्ने देखिएको छ।

यो पनि पढ्नुहोस्

आज मौसम सफा रहने

वर्षाको गतिविधि बढ्ने सम्भावना

४६ मिनेट अगाडि
विद्युत खरिद सम्झौता खोल्न प्रक्रिया अगाडि बढायाे

विद्युत खरिद सम्झौता खोल्न प्रक्रिया अगाडि बढायाे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

देशभर मनसुनी वायुको प्रभाव

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

करेन्ट र चट्याङ लागेर मृत्यु  

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक