बुध, भदौ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सीओओ केभिन लामोर बर्खास्त

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
सीओओ केभिन लामोर बर्खास्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई फिफाले बर्खास्त गरेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद व्यावसायिक योजनाको कडा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामोरलाई जिम्मेवारीबाट हटाइएको हो ।

बीबीसी स्पोर्टका अनुसार फिफाले सोमबार लामोरसँगको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ । फिफाका प्रवक्ताले लामोरले दुई वर्ष गरेको सेवाका लागि धन्यवाद दिँदै उनको आगामी भविष्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सोमबार साँझ कर्मचारीलाई पठाएको इमेलमा फिफा र लामोर ‘अलग हुने सहमतिमा पुगेको’ जानकारी दिएका थिए ।

लामोरले गत महिना इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनले उक्त योजना ‘एक व्यक्तिको परियोजना’ भएको टिप्पणी गर्दै फुटबलका राजनीतिक नेतृत्वले सही प्रश्न सोध्ने र सही निर्णय गर्ने समय आएको जनाएका थिए । उनले अहिले रोकिएको उक्त योजनाबारे फिफाको प्रशासन नै ‘छलिएको’ दाबीसमेत गरेका थिए ।

‘हाम्रो उद्देश्य, फिफाका सयौँ समर्पित र उत्कृष्ट कर्मचारीको उद्देश्य, फुटबलको सेवा गर्नु हो,’ लामोरले भनेका थिए, ‘अध्यक्षले मानिसहरूलाई एकताबद्ध गर्न र प्रेरित गर्नुपर्छ । अहिले हामी यसको ठीक विपरीत अनुभव गरिरहेका छौँ।’ आफू फिफाप्रति जिम्मेवार रहे पनि केही मूल्य र सहकर्मीप्रतिको समर्थनप्रति पनि आफ्नो दायित्व रहेको लामोरले बताएका थिए । ‘यदि त्यसको अर्थ मैले जागिर गुमाउनुपर्छ भने पनि त्यही होस्,’ उनले भनेका थिए ।

लामोरले सन् २०२४ को नोभेम्बरमा फिफामा प्रवेश गरेका थिए । यसअघि उनी यूईएफएका उपमहासचिवका रूपमा कार्यरत थिए । उनी इन्फान्टिनोभन्दा दुई तह तलको व्यवस्थापकीय जिम्मेवारीमा थिए ।

यसै महिनाको सुरुवातमा मोरक्कोमा भएको एक बैठकमा फिफाका वरिष्ठ अधिकारीहरूले इन्फान्टिनोलाई समर्थन जनाएका थिए । तर उक्त बैठकमा लामोरलाई बोलाइएको थिएन ।

के थियो इन्फान्टिनोको योजना ?

इन्फान्टिनोले फिफाका सबै प्रतियोगिता, विश्वकपसहित, को व्यावसायिक तथा टिकट बिक्री अधिकार व्यवस्थापन गर्न ‘फिफा फर्वार्ड इन्टरप्राइज’ नामको नयाँ कम्पनी स्थापना गर्ने योजना अघि सारेका थिए । उक्त कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने प्रस्ताव आएपछि योजनाको व्यापक आलोचना भएको थियो । त्यसपछि फिफाले उक्त योजना स्थगित गरेको थियो ।

यूईएफए, उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल नियामक संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) ले योजनाको सार्वजनिक रूपमा विरोध गरेका थिए । यूईएफएले योजना अघि बढे विश्वकप बहिष्कार गर्ने चेतावनीसमेत दिएको थियो ।

योजनाको विरोधकै क्रममा इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पनि राजीनामा दिएका थिए ।

योजना रोकिएपछि यूईएफए र कन्काकाफले आगामी मार्चमा हुने फिफा कांग्रेसमा चौथो कार्यकालका लागि इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गरेका छन् । यद्यपि अफ्रिका, दक्षिण अमेरिका र ओसिनियाका फुटबल महासंघहरूले इन्फान्टिनोलाई समर्थन गरेका छन् ।

सोमबार स्कटल्यान्ड फुटबल संघले पनि इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गरेको छ । यसअघि इंग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र आयरल्यान्डले पनि उनको समर्थन फिर्ता लिइसकेका छन् । फुटबल सुशासनसम्बन्धी संस्था फेयरस्क्वायरले इन्फान्टिनोलाई पुनः अध्यक्षमा उम्मेदवार बन्न नदिन फिफालाई आग्रह गर्दै पत्रसमेत पठाएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

५ घण्टा अगाडि
नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक