बुध, भदौ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि, त्यसले स्थापित गरेका राजनीतिक उपलब्धि, वर्तमान मधेशको अवस्था तथा आगामी दिनमा लिनुपर्ने राजनीतिक, सामाजिक र आर्थिक दिशाबारे गहन छलफल गरिएको छ।

प्रतिष्ठानकी अध्यक्ष तथा शहीद सञ्जय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता सुरेन्द्र महतो तथा सहजकर्ता अधिवक्ता आनन्द गुप्तालगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
पूर्वन्यायाधीश गिरिशचन्द्र लालले मधेशका पुराना राजनीतिक नेतृत्वको परीक्षण भइसकेको भन्दै नयाँ नेतृत्व स्थापित हुन नसक्दा अहिले मधेशमा नेतृत्वको रिक्तता देखिएको बताएका छन्।

लालले पुराना नेताहरूको विकल्पमा नयाँ नेतृत्व आउन नसक्दा मधेशको राजनीतिमा नेतृत्वविहीनताको अवस्था सिर्जना भएको धारणा राखे।

उनले विगतकै शैली र परम्परागत राजनीतिक अभ्यासबाट मात्रै अब नयाँ नेतृत्व स्थापित हुन नसक्ने बताए। मधेशको वास्तविक समस्या र जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेतृत्व पहिचान गर्न गम्भीर प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

‘जनताको वास्तविक हितमा काम गर्ने नेताको खोजी हुनुपर्छ,’ लालले भने, ‘यसका लागि युवा पुस्ताले नै सक्रिय भएर मेहनत गर्न जरुरी छ।’

मधेशको राजनीतिक भविष्य निर्माणका लागि नयाँ पुस्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वमा नयाँ सोच, क्षमता र जनउत्तरदायित्व आवश्यक रहेको बताए। पुरानो राजनीतिक अभ्यासको निरन्तरताभन्दा जनताका वास्तविक सरोकारलाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने उनको धारणा थियो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान संशोधनको विषय मधेशका लागि संवेदनशील रहेको बताए। उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन गर्दा मधेसले विगतका आन्दोलन र संघर्षबाट प्राप्त गरेका अधिकारसमेत गुम्ने जोखिम रहेको दाबी गरे।

मधेशको राजनीतिलाई वर्तमान परिस्थितिअनुसार अत्यन्तै सचेत र रणनीतिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै त्रिपाठीले प्राप्त उपलब्धिको संरक्षणसँगै थप अधिकारका लागि राजनीतिक पहल आवश्यक रहेको बताए।

उनले मधेशकेन्द्रित राजनीतिक दलहरूले समेत आफ्नो कार्यशैली र संगठनात्मक संरचनामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। जनताको अपेक्षा र बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसके मधेशकेन्द्रित दलहरूको प्रभाव थप कमजोर हुन सक्ने उनको भनाइ थियो।

अन्तरक्रियामा मधेशको आगामी राजनीतिक यात्रामा नयाँ पुस्ताको भूमिकालाई विशेष महत्व दिनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो। पुराना संघर्ष र आन्दोलनबाट प्राप्त अनुभवलाई आत्मसात गर्दै नयाँ पुस्ताले राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

मधेशका समस्या पहिचान गर्ने मात्र नभई त्यसको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, सक्षम नेतृत्व र जवाफदेही राजनीतिक संरचना आवश्यक रहेको कार्यक्रममा औंल्याइएको थियो।

कार्यक्रमका सहभागीहरूले मधेशको विगतको संघर्ष र उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्दै वर्तमान चुनौतीको पहिचान र भविष्यको स्पष्ट मार्गचित्र निर्माण गर्न यस्ता बहस आवश्यक रहेको बताएका थिए।

अन्तरक्रियाले मधेशको आगामी यात्रा कुन राजनीतिक, सामाजिक तथा आर्थिक दिशातर्फ अघि बढाउने भन्ने विषयमा थप गम्भीर बहसको आवश्यकता औंल्याउँदै अधिकार, सुशासन, समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर नयाँ राजनीतिक सोच विकास गर्नुपर्ने सन्देश दिएको छ।

कार्यक्रममा वक्ताहरूले मधेशको विगतको राजनीतिक यात्रा, विभिन्न चरणमा भएका आन्दोलन तथा संघर्षबाट प्राप्त उपलब्धिको समीक्षा गर्दै वर्तमान अवस्थामा मधेशले भोगिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीबारे धारणा राखेका थिए।

यो पनि पढ्नुहोस्

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

५ घण्टा अगाडि
नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक