मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लतिलपुर । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएकी छिन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार धारणा राख्दै उनले निर्वाचनको पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन इतिहासको चेत र देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् । प्रसिद्ध फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको भनाइ उद्धृत गर्दै सहमहामन्त्री संग्रौलाले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने स्पष्ट गरिन् ।
सहमामन्त्री संग्रौलाले पार्टीको १५ औँ महाधिवेशन घोषित कार्यतालिका अनुसार असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।
‘जरा अभियान’ र आफ्नो हालैको साङ्गठनिक भ्रमणका क्रममा कार्यकर्ता तथा आम नागरिकमा अझै पनि कांग्रेसप्रति आशा जीवितै रहेको तर चुस्त साङ्गठनिक परिचालनको खोजी भइरहेको केन्द्रीय कार्यसमितिमा उनले बताइन् ।
नियमावली, निर्वाचन निर्देशिका, र सदस्यता अद्यावधिकको काम समयमै सक्दै महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति तथा प्रचार–प्रसार लगायतका उपसमितिहरू अविलम्ब गठन गर्न माग पनि गरिन् ।
तराई–मधेशमा विकसित घटनाक्रमबारे धारणा राख्ने क्रममा सहमहामन्त्री संग्रौलाले सामाजिक तथा जातीय सद्भाव बिथोल्ने प्रयासप्रति कांग्रेस गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिनका लागि कांग्रेसले अघि सारेको ‘संसदीय छानबिन समिति’ गठनको अडान नै पार्टीको मुख्य ‘बटमलाइन’ हुनुपर्ने उनको भनाइ थियो । बहुजातीय र बहुसांस्कृतिक एकताको वकालत गर्दै मधेशमा शान्ति–सुरक्षा र भ्रातृत्व कायम राख्न कांग्रेसले नै अग्रणी भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।
सरकार गठनको ४ महिना पूरा भइसक्दा पनि वर्तमान सत्ता दिशाहीन, असक्षम र पपुलिस्ट निर्णयहरूमा रमेको भन्दै प्रमुख प्रतिपक्षको रूपमा कांग्रेसले संसदभित्र जनताका मुद्दामा कडा र तार्किक बहस चलाउनु पर्नेमा जोड थियो ।
प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचाताणीले सङ्घीयतामाथि नै प्रश्न उठाएकाले यस विषयमा नेपाली कांग्रेस स्पष्टसँग अघि बढ्नु पर्नेमा जोड दिइन् ।

संग्रौलाले विदेशमा रहेका लाखौँ नेपालीहरूको मताधिकारको ग्यारेन्टी र जनसम्पर्क समितिहरूको सुदृढीकरणका लागि स्पष्ट नीति ल्याउन आग्रह गरिन् ।
लामो समयदेखि तदर्थवादमा चलेका नेपाल विद्यार्थी संघ, तरुण दल, र महिला संघ लगायतका भ्रातृ संस्थाहरूको विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको दिशामा लैजानुपर्ने उनको सुझाव थियो ।
देशको समसामयिक अवस्था र जनजीविकाका सवालमा सरकारले पूर्वतयारी र भण्डारणको अध्ययन नगरी १४.२ केजीको सिलिन्डर भर्ने तदर्थवादी निर्णय गर्दा ग्यासको हाहाकार मच्चिएको आरोप लगाइन् ।
कूटनीतिक पहल गरी ग्यासको आयात र भण्डारण दोब्बर बढाउन, विद्युत खपतमा लगाइएका अतिरिक्त कर हटाई इन्डक्सन चुलोमा सहुलियत दिन र मुख्य सिजनमा मल नपाएर समस्यामा परेका किसानहरूलाई अनुदानको मल उपलब्ध गराउने विषयमा कांग्रेसले सरकारसँग पहल गर्नु पर्नेमा जोड दिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

१ दिन अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

विपद् प्रभावित क्षेत्रमा उद्धार कांग्रेश पार्टीकाे निर्देशन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

नागरिक बचाउ महाअभियानकाे वार्ता टोली गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक