सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ ।

पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो ।

साइक्लिङका माध्यमबाट हेटौँडासहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्द्धन गरिरहेको सोसाइटीले गोरक्षतालको प्रचारप्रसार गर्ने उद्देश्यले आज साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए । 

हेटौँडा बजारबाट चतरा जाने मुख्य सडक हुँदै करिब २० किलोमिटर पूर्वमा यो ताल अवस्थित छ ।

सुरुमा यहाँ सानो खोल्सोबाट पानी बग्ने गरेकामा २०६० सालमा स्थानीयवासीको पहल तथा जिल्ला विकास समितिको सहयोगमा हरना फाँटमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बाँध निर्माण गरी पानी जम्मा गरिएपछि यो ताल निर्माण भएको हो । 

विसं २०७० मा यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ गोरक्षताल संरक्षण समिति गठन गर्दै यहाँको पर्यटकीय विकासको पहल थालिएको थियो ।

तालको परिसरमा फूलहरूको सुगन्ध, चराचुरुङ्गीको चिरविराहट तथा शान्त प्राकृतिक वातावरणको आनन्द यहाँका विशिष्टता हुन् ।

तालको प्रचारप्रसारसहित पर्यटन प्रवर्द्धनको उद्देश्यसहित सोसाइटीले आज यस क्षेत्रको प्रवर्द्धनात्मक भ्रमण गरेको अध्यक्ष थापामगरले जानकारी गराए ।

साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिँदै आएको उनले गराए।

संस्थाले यसबीचमा हेटौँडा उपमहानगरपालिका-१७ हटिया जुरेथुमस्थित एसियाकै अग्लो मानिने ४२ फिट अग्लो कृष्णमूर्ति, ऐतिहासिक मकवानपुर गढी, गोरखा दरबार, रसुवागढी, केरुङ, ठोरी, गढीमाई मन्दिर, धरानको चतराधाम, चितवनको सोमेश्वरगढीलगायत धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिसकेको उनले जानकारी गराए ।

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई मार्ने धम्कीप्रति कारबाहीको माग

किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

१० मिनेट अगाडि
सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक