काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल धिराज सेठ आइतबार काठमाडौं आउँदै छन्। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन्।
नेपाल र भारतबीच एक देशका सेनाध्यक्षलाई अर्को देशको सेनाको मानार्थ महारथीको दर्जा दिने विशिष्ट परम्परा छ। मानार्थ महारथीको दर्जा लिन नेपाल आउने भारतीय सेनाध्यक्षले परम्परागत रूपमा प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै आएका छन्। तर, उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने/नगर्ने अझै स्पष्ट भइसकेको छैन
नेपाली सेनाको नेतृत्वले भारतीय पक्षलाई शाह र सेठबीच भेट हुने जानकारी भने गराइसकेको छ। भारतीय पक्षले परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री र जनरल सेठबीच भेटका लागि अनुरोध गरेको थियो। उक्त अनुरोध समय व्यवस्थापनका लागि पछि रक्षा मन्त्रालय र नेपाली सेनाको मुख्यालयमा पठाइएको थियो।
प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञ तथा अधिकारीसँग भेट गर्दा कूटनीतिक प्रोटोकललाई कडाइका साथ पालना गर्दै आएका छन्।
प्रधानमन्त्री पद सम्हालेको चार महिनापछि उनले गत साता मात्रै भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेट गरेका थिए।


