काठमाडौं । जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनी ललितपुरको कुसुन्तीबाट पक्राउ परेका हुन् ।
प्रहरीले स्रोतले उनी पक्राउ परेको पुष्टि गरेको छ । उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले जनाए ।
श्रेष्ठविरुद्ध उपसभामुख रुबी कुमारी ठाकुरले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । उनले व्यक्तिगत गोपनियतामा सम्बन्धी कसुरमा श्रेष्ठविरुद्ध उजुरी दिएकी थिइन् ।


