मङ्ल, साउन २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
सुशासनदेखि सामाजिक न्यायसम्म : अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो.रिजवान अन्सारीबीच समसामयिक राजनीतिक परिस्थिति, मुलुकमा देखिएको राजनीतिक संकट र त्यसको निकासका विषयमा छलफल भएको छ।

भेटवार्तामा राजनीतिक तथा सामाजिक उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि आवश्यक संघर्षलाई प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको जनाइएको छ।

दुवै नेताले मुलुकलाई सुशासन, समृद्धि, दिगो शान्ति, समानता, स्वतन्त्रता र सामाजिक न्यायको दिशामा अघि बढाउन अग्रगामी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखेका छन्। राष्ट्रिय स्वाधीनता, जनअधिकारको संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणका विषयमा समेत छलफल भएको बताइएको छ।

भेटका क्रममा वरिष्ठ नेता खनालले ‘अग्रगामी मोर्चा’को घोषणाप्रति खुसी व्यक्त गर्दै बधाई दिएका थिए। उनले वर्तमान परिस्थितिमा सबै अग्रगामी तथा प्रगतिशील शक्तिहरूलाई समेटेर सहकार्य र मोर्चाबन्दी अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षले पनि वर्तमान राजनीतिक संकटबाट मुलुकलाई निकास दिन वाम, लोकतान्त्रिक, प्रगतिशील तथा उत्पीडित समुदायको अधिकारका पक्षमा रहेका शक्तिहरूबीच व्यापक सहकार्य आवश्यक रहेको बताएका थिए।

अग्रगामी शक्तिलाई एक ठाउँमा ल्याउने पहल

भेटवार्तामा देशभित्र रहेका वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिका साथै उत्पीडित समुदायको अधिकारका लागि संघर्षरत राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने विषयमा समेत छलफल भएको छ।

नेपाली जनताका आकांक्षा र अपेक्षालाई सम्बोधन गर्दै संविधान तथा लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा गर्ने र बाँकी अधिकारका लागि संघर्षलाई थप सशक्त बनाउने विषयमा सहकार्य अघि बढाउने समझदारी बनेको जनाइएको छ।

त्यस्तै, राज्यलाई जनउत्तरदायी, पारदर्शी र सुशासनमुखी बनाउने तथा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता र समृद्धिका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक सहकार्य विस्तार गर्ने विषयमा समेत नेताहरूबीच छलफल भएको बताइएको छ।

यो पनि पढ्नुहोस्

शेखर कोइराला पक्षको राष्ट्रिय भेलामा सहभागी हुने

शेखर कोइराला पक्षको राष्ट्रिय भेलामा सहभागी हुने

८ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

फेसबुक: बधाई, शुभकामना र समवेदना!!!

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुने

रुघाबाट बच्ने ८ उपाय

विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप एक दिवसीय खेल्न सन्दीप लामिछाने कप्तान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक