आइत, साउन २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतबाट भन्सार छली गरी ल्याइएको मुचुल्का तयार

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
Reading Time: 1 min read
0
भारतबाट भन्सार छली गरी ल्याइएको मुचुल्का तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सप्तरी । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय बोदेबरसाइनले घटनाको वास्तविक विवरणभन्दा फरक मुचुल्का तयार गरेको आरोप लागेको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले कार्यालयबाटै छाडेको दाबीसमेत स्थानीयले गरेका छन् । स्रोतबाट प्राप्त सूचनाका आधारमा गरिएको स्थलगत तथा थप बुझाइका क्रममा स्थानीयको भनाइ र प्रहरीले सार्वजनिक गरेको विवरणबीच घटनाको समय, स्थान र पक्राउसम्बन्धी विषयमा फरक देखिएको हो ।

बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँमा गत १८ गते अपराह्न करिब ३:३० बजे भारतबाट भन्सार छली गरी ल्याइएको सामानसहित एक व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा बुझाएको स्थानीयको दाबी छ ।

तर प्रहरीले भने घटनाको समय र स्थान फरक उल्लेख गर्दै १९ गते राति १२:३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो रङको १६० सीसी एक्स्ट्रिम मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले २१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रहरी टोलीलाई देख्नेबित्तिकै मोटरसाइकल र बोरा सोही स्थानमा छाडेर तस्कर फरार भएका थिए । प्रहरीले बोराहरू खोली जाँच गर्दा विभिन्न मोबाइलका सामान फेला परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार बरामद मोटरसाइकल तथा सामानको अनुमानित मूल्य ३ लाख १२ हजार ३ सय रुपैयाँ रहेको छ ।
तर स्थानीयले भने सामानसहित एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको दाबी गरेका छन् । उनीहरूका अनुसार पक्राउ परेका व्यक्तिसहितको घटनालाई बेवारिसे सामान बरामद भएको देखाउने गरी मुचुल्का तयार गरिएको हो ।
स्थानीयका अनुसार भारतबाट सामान ल्याउने कार्यमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले प्रहरी कार्यालयबाटै छाडेका थिए ।

स्थानीय सुदी कुमार यादवले घटना दिउँसो भएको दाबी गर्दै प्रहरीले सार्वजनिक गरेको विवरणमा रातिको घटनाजस्तो देखाइएकोप्रति प्रश्न उठाए । ‘दिउँसो भएको घटना प्रहरीले कसरी रातिको देखायो भन्नेमा हामी छक्क परेका छौँ,’ यादवले भने, ‘सर्वसाधारणलाई यसरी गलत विवरण दिएर झुक्याउन मिल्दैन ।’

घटनामा स्थानीयले प्रहरीले अपनाएको पक्राउ तथा बरामदगी प्रक्रियामाथि प्रश्न उठाउँदै वास्तविक घटना र प्रहरीको आधिकारिक विवरणबीच देखिएको अन्तरबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

यता, स्थानीयले लगाएको आरोपबारे इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले आरोपमा कुनै सत्यता नरहेको जनाए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले आफूलाई बेवारिसे अवस्थामा सामान फेला परेको जानकारी रहेको जनाए । पक्राउ गरेर छाडिएको विषयमा प्रमाण वा जानकारी प्राप्त भए पुन: कारबाही गरिने उनको धारणा छ ।

‘हामीलाई बेवारिसे अवस्थामा सामान फेला परेको जानकारी आएको हो । यदि मान्छेलाई पक्राउ गरेर छाडिएको हो भने हामी फेरि कारबाही गर्छौँ,’ खड्काले भने ।

यसैबीच, तस्करीमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूले आफूलाई प्रहरीले पक्राउ गरेर कार्यालयमा ल्याएपछि छाडेको दाबी गरेका छन् । उनीहरूले प्रहरीलाई तस्करीबापत मासिक रकम बुझाउने गरिएको आरोपसमेत लगाएका छन् । उक्त आरोपको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

३७ मिनेट अगाडि
‘गौँथली’कै बाटोमा हो दोस्रो ‘गौँथली’ पनि ?

‘गौँथली’कै बाटोमा हो दोस्रो ‘गौँथली’ पनि ?

५५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतबाट भन्सार छली गरी ल्याइएको मुचुल्का तयार

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी

विश्व आदिवासी दिवसकाे अवसरमा केपीले दिए शुभकामना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक