काठमाडौं । रौतहटमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भएको छ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा बिहीबार बिहान मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेसँगै ट्याङ्करमा आगलागी भएको थियो। हाल आगलागी नियन्त्रणमा आइसकेको छ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी गराए ।
ट्याङ्कर दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन। बन्यजन्तु जोगाउन खोज्दा ट्याङ्कर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


