काठमाडौं । सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।
भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द भई रहेकाे पुनः खोल्न र पुनः खोल्न मागका साथ नेविसंघ पुस्तकालय बचाउ अभियानले सोमबार प्रदर्शन गरेकाे थियाे । भाडा बक्यौताको विषयलाई लिएर ३ महिनादेखि बन्द पुस्तकालय प्राङ्गणमा सहभागीले प्लेकार्डसहित प्रदर्शन गरे।
उनीहरुले ‘देश बनाउने टोली – ज्ञानमा ताल्चा हानेर देश बन्छ त?’, ‘लाइब्रेरी पुनः खोल, ज्ञानमा लगानी बढाऊ’, ‘जेलमा पनि पुस्तकालय हुन्छ’, ‘शिक्षा पहिला’, ‘सार्वजनिक पुस्तकालय बचाऔँ’लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए।
सहभागीले सडकमै बसेर पुस्तक पढ्दै सांकेतिक विरोध पनि गरे। भाडा बक्यौता रहेको भन्दै समाज कल्याण परिषद्ले गत वर्ष चैत ३० मा पुस्तकालयमा तालाबन्दी गरेको थियो।


