बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एफएओसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन नेपाल इच्छुक

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
एफएओसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन नेपाल इच्छुक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक एवं महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच कृषि क्षेत्रको सुधार र सहकार्य विस्तारका विषयमा छलफल भएको छ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपालमा खाद्य सुरक्षाको अवस्था सुधार, कृषि प्रणालीको आधुनिकीकरण, दिगो कृषि-खाद्य प्रणाली निर्माण तथा दक्षिण-दक्षिण र त्रिपक्षीय सहयोगका सम्भावनाबारे विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री चौधरीले कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको दीर्घकालीन सुनिश्चितता तथा अन्तर्राष्ट्रिय सहयोग र लगानी परिचालनका लागि एफएओसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन नेपाल इच्छुक रहेको जनाइन्।

छलफलका क्रममा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तन अनुकूल कृषि प्रविधिको विकास तथा कृषि अनुसन्धान र प्रयोगशालाको क्षमता विस्तारका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

त्यसैगरी, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका कृषि प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उत्पादनको निर्यात प्रवर्द्धन तथा भौगोलिक संकेत (जिआइ) सम्बन्धी कानुनी र संस्थागत संरचना सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

एफएओकी उपनिर्देशक हुआ वाङले दक्षिण-दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाको नेतृत्व सम्हालेपछि नेपालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले कृषि विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित आगामी अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको सहभागिताका लागि अवसर उपलब्ध गराउने जानकारी दिँदै रोमस्थित एफएओ मुख्यालयमा आयोजना हुने कार्यक्रमहरूमा समेत नेपालको सहभागिताका लागि निमन्त्रणा दिइन्।

भेटवार्तामा नेपाल सरकार र एफएओबीचको सहकार्यलाई थप सुदृढ गर्दै समावेशी, दिगो र जोखिम सामना गर्न सक्ने कृषि तथा खाद्य प्रणाली विकासमा साझेदारी विस्तार गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

२७ मिनेट अगाडि
बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा

फिफाले अर्जेन्टिनामाथि अनुसन्धान गर्ने

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक