नवलपरासी पश्चिम । सुनवल नगरपालिका-१२ बस्ने २० वर्षीय मुक्ति प्रसाद पराजुलीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिका-११ जर्गाहस्थित दिलमाया सुनारको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुही रूपन्देही उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


