बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१८ घण्टा अगाडि
0
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाँचथर । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ ।

सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीले जानकारी दिए । उनका अनुसार तटबन्ध तीन मिटर उचाइको छ ।

बर्सेनि हुने कटानबाट वस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको सुवेदीले बताए । तीन करोडको लागतमा रणकाली माता निर्माण कम्पनीले हेंवा खोलामा २७६ मिटर र पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा २०० मिटर लामो तटबन्ध निर्माण गरेको हो ।

बाढीले बहाव परिवर्तन गरेपछि हेंवा खोलाले विगत तीन वर्षदेखि व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा कटान गर्दै आएको छ । बाढी र कटानका कारण सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने सिंचाइ र खानेपानीका स्रोतसमेत प्रभावित भएका छन् । खोलाको कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन यस वर्षदेखि तटबन्ध निर्माण थालिएको हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले बताए ।

उनका अनुसार तटबन्ध विस्तारका लागि आगामी आर्थिक वर्ष २०८३–८४ मा पनि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने तयारी गरेको छ । ‘स्थानीय सरकारको बजेटले नपुग्ने भएपछि हामीले सङ्घीय सरकारका कार्यालयमार्फत बजेट विनियोजनका लागि पहल गरिरहेका छौँ,’ मंग्रातीले भने, ‘यस वर्ष कामको सुरुआत गर्न सफल भएका छौँ ।’

हेंवा खोलाको दायाँबायाँ रहेको माझीटार बस्ती पछिल्लो समय तमोर नदीको बहाव परिवर्तनका कारण थप जोखिममा परेको छ । ‘एकातर्फ हेंवा खोलाले बर्सेनि क्षति पु¥याइरहेको छ, अर्कोतर्फ तमोर नदीको बहाव वस्तीतर्फ सोझिँदा जोखिम बढेको छ’, स्थानीयवासी वीरबहादुर माझीले भने, ‘तमोरतर्फ पनि तटबन्ध निर्माण गर्न जरुरी भइसकेको छ ।’

नेपाल माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष रामकुमार माझीले तटबन्ध निर्माणपछि माझीटारको मुख्य बस्तीको जोखिम केही कम भएको बताए ।

माछाका परिकारका लागि प्रख्यात माझीटारमा स्वादिष्ट स्थानीय माछाका कारण फिदिम आउने अधिकांश पर्यटक पुग्ने गर्छन् । तर बस्ती नै बाढीको जोखिममा परेपछि स्थानीयवासी र व्यवसायी चिन्तित रहेको अवस्थामा तटबन्धले केही राहत दिएको उनको भनाइ छ । साथै आगामी दिनमा थप व्यवस्थित संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

११ घण्टा अगाडि
टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

संघीय संसद बैठक आज बस्दै

अन्तरिम आदेश उल्लंघन अदालतको अवहेलना गरेको भन्दै निवेदन

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक