बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित गर्न सुझाव

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित गर्न सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मुलुकको आर्थिक रूपान्तरण र समृद्धिको मेरुदण्ड मानिएका राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या कटौती गरी बढीमा १० वटामा सीमित गर्न राष्ट्रिय योजना आयोगले सुझाव दिएको छ ।

प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा कार्यप्रगति विवरण प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका सदस्यसचिव रविन्द्रलाल पन्थले पर्याप्त पूर्वतयारी बिना, राजनीतिक दबाब र हचुवाका भरमा गौरवका आयोजना घोषणा गर्दा ती आयोजना समयमा सम्पन्न हुन नसकेको र वर्षौंसम्म अलपत्र पर्ने गरेको भन्दै सङ्ख्या घटाउन प्रस्ताव गरेका हुन् ।

सदस्यसचिव पन्थले अर्थ समितिको बैठकमा ‘राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या र समाधानका उपाय’ सम्बन्धी विस्तृत प्रस्तुतिकरण गरेका थिए । उनले गौरव गर्न लायक र साँच्चिकै रणनीतिक महत्त्वका सीमित आयोजनालाई मात्र यस सूचीमा समेट्नुपर्ने र बाँकीलाई प्रदेश वा अन्य मन्त्रालय मातहत पठाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘पूर्वतयारी बिना आयोजना घोषणा हुँदा समयमा सम्पन्न हुन सकेनन् । गौरव गर्न लायक र साँच्चिकै रणनीतिक महत्त्वका सीमित आयोजनालाई मात्र राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राख्नु पर्छ । त्यसका लागि सङ्ख्या घटाएर १० वटामा सीमित राख्नु पर्छ ।’

साथै ५० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिएर दुई वर्षभित्र सम्पन्न गर्ने र बाँकीको कार्यक्षेत्र पुनरावलोकन गर्नुपर्ने जनाए । हालसम्म घोषणा गरिएका २७ वटा गौरवका आयोजनामध्ये जम्मा ४ वटामात्रै निर्माण सम्पन्न भएका छन् ।

सञ्चालनमा आएकामध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम केही वर्ष अघि नै सम्पन्न भइसकेका छन् । बाँकी आयोजना निर्माणकै चरणमा छन् भने केही निर्माण प्रक्रियामामेत जान सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

३ घण्टा अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक