काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमितिको संयोजक चयन गरेको छ । पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको बैठकले ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेको हो ।
यी हुन् संयोजक
१) अपांगता; संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजक – प्रकाश पन्थ
२) आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजक – रेशम गुरुङ
३) दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमिति, संयोजक – डा. डी.बी. सुनार
४) पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमिति, संयोजक– विज्ञान प्रसाईं
५) सार्थक सम्प्रेषण उपसमिति, संयोजक – मोहन गजुरेल
६) कृषि तथा कृषि उद्यम उपसमिति, संयोजक – सिताराम काफ्ले

