लोकनारायण सुबेदी
अमेरिकी–इज्रायली संयुक्त सैनिक हमलामा परेर ईरानका सर्बोच्च नेता आयातोल्लाह रोहल्ला अली खामेनाईको युगको त अन्त्य भएको छ तर ईरानमाथिको बाह्य हस्तक्षेप र आक्रमणको खतरा भने अझै कायमै छ । त्यसको अन्त्य भएको छैन । बिश्व घटना क्रमले यो यथार्थ ईरानकासाथै बिश्वलाई राम्ररी थाहा दिएको छ । तर अमेरिका र इज्रायलले जसरी दुइ चार दिनमै ईरानलाई अभूतपूर्ब सैन्य आक्रमण गरेर आत्म समर्पण गराउने सोचेका थिए त्यसलाई ईरानको नेतृत्वले बडो सुझबुझता र साहसकासाथ असफल साबित गरिदिएको छ । त्यसले अमेरिका र इज्रालयले बिश्व शक्तिको अहंमा ठूलो ठेस लागेको छ र ईरानमाथि लादिएको अन्यायपूर्ण युद्ध असफल साबित भएको छ ।
यतिबेला ईरानका हत्या गरिएका सर्बोच्च नेता खोमेनाईको अन्तिम संस्कार पूर्ब उनको अन्तिम शबयात्र निकालिदैछ । गएको सोमबार २०२६ जुलाई ६ का दिन शुरु भएको अन्तिम त्यो शबयात्रमा लाखौलाख ईरानी जनता खनिएको देखिएको छ र उनीहरुले एकताबद्ध भएर अमेरिकी–इज्रायली साम्राज्यबादी सैनिक अतिक्रमणको बहादुर ईरानी सेनाले गरेको बीरतापूर्ण र साहासिलो सामनाको एकीकृत भएरै ठूलो सम्मान ब्यक्त गरेका छन् भने दिबंगत खामेनाईको निधनप्रति–सर्बोच्च नेता गुमाएको दुःखको घडीमा रुदै छाती पिट्द उच्च श्रद्धा प्रकट गरेका छन् । राजधानी तेहरानमा शुरु भएको त्यो शब यात्रामा श्रद्धा प्रकट गर्न बिश्वभरीका १०० भन्दा बढी देशका सरकार प्रतिनिधिहरु तेहरान पुगेका छन् र ईरानी जनता र देशको पक्षमा खडा भएर खामेनाईप्रति अन्तिम श्रद्धा सुमन ब्यक्त गरेका छन् । उनको साहस र निडरताको उच्च सम्मान गरेका छन् । बिश्लेषकहरु भन्छन् । मध्यपूर्बमा यत्रो ठूलो मानिसको जमघट दशकौंयता देखिएकै थिएन ।
यही कारण हुनु पर्छ शायद गएको १८ फेब्रुअरीका दिन अमेरिका र इज्रायलको हमलामा परेर अली खामेनाईले आफ्ना केही परिजनसमेतसँग जुन शहादत प्राप्त गरे त्यसरी नझुक्ने बरु मर्न तयार हुने आफ्ना नेताको निर्भिकता र साहसले उनीहरुलाई बाह्य हस्तक्षेपको बिरुद्ध सडकमा उत्रिन र बिदेशी हस्तक्षेपका बिरुद्ध मुखभरीको जबाफ दिन अपूर्ब उत्साह दियो । खामेनाईको हत्या गरिदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इज्रायली प्रधानमन्त्री नेतन्याहू जुन सजिलैसँग ईरानलाई झुकाउने र आफ्नो निहीत स्वार्थ सिद्ध गर्ने सपना देखिरहेका थिए त्यो सपना टुट्यो । सर्बो्रच्च नेतृत्वकै हत्या गरिदिए पछि ईरानको कुनै नेताले पनि सहास गर्न सक्तैन र प्रति आक्रमण हुँदैन भन्ने उनीहरुको भ्रमलाई ईरानी नेतृत्वले कुशलता र साहसपूर्बक तोडिदियो । हत्यापछि अली खोमेनाइका पुत्र मोज्तबा खामेनेइलाई ईरानले सर्बोच्च नेता घोषित गरेको थियो । उनी अहिलेसम्म सार्बजनिकरुपमा देखापरेका छैनन् । तर ईरानका राष्ट्रपति डा. मसूद पेजेश्कियानदेखि लिएर बिदेशमन्त्री अब्बास अराग्ची, ईरानी संसदका अध्यक्ष मोहम्मद गालीबाफ जस्ता सबै नेतागण लगातार सडकमा उत्रिएर ईरानी जनताको हिम्मत बढाइरहेका छन् भने र्ईरानी सेनाले अमेरिका र इज्रायलमाथि जवाफी हमला पनि गरेर कुनै पनि आक्रमणको अभूतपूर्ब जवाफ दिन बाँकी राखेका थिएनन् ।
निश्चयनै अमेरिकी–इज्रायली यस घोर अन्यायपूर्ण युद्धको कडा प्रतिरोध गर्दा ईरानको जन धनको अत्यन्तै ठूलो नोक्सान भएको छ । सर्बोच्च नेता अली खोमेनाईका अतिरिक्त अली लरीजानी जस्ता कूटनीतिज्ञ पनि माएिका छन् । मिनाब बालिका बिद्यालयका एकसयभन्दा बढी निर्दोष ईरानी बालिकाहरुलाई पनि यो साम्राज्यबादी युद्धले निर्मम शिकार बनाइसकेको छ । यस्तो बिघ्न अत्याचार गरिदा पनि ईरान पटक्कै झुकेन, सम्हालिएर संघर्ष गर्र्दै नै रह्यो । युद्ध चल्दै जाँदा स्थिति बन्यो कि अन्तत अमेरिकी साम्राज्यबादका नाइके डोनाल्ड ट्रम्पले ईरानसँग पहिला अस्थाई युद्ध बिराम र त्यपछि अहिले युद्ध बिराम सम्झौता गर्न बाध्य हुुनु परेको छ । यद्यपि ट्रम्पको छलकपटपूर्ण मूर्खता र जिद्दी अहिले पनि समाप्त भएको देखिदैन । ईरानी नेतृत्व अहिले पनि सजग रहेको छ ।
बिश्लेषकहरु भनिरहेका छन् कि खोमेनाईलाई अन्तिम बिदा दिनका लागि कम्तिमा ईरानका बिभिन्न ठाउमा गरेर १ करोडभन्दा पनि बढी जनताहरु सडकमा आएका छन् । जनताको सडमा आएको मानब महासागर देखेर अमेरिकी राष्ट्रपतिले समेत भनेका छन् कि ‘मलाई ईरानी जनताको यत्रो ठूलो रोदन क्रन्दन देखेर आश्चर्य लाग्यो’ । ट्रम्पलाई लागेको थियो कि उनले भनेजस्तै ईरानी जनताले खोमेनाईलाई घृणा गर्दछन्् । अनि फेरि आफुलाई सही साबित गर्नका लागि उनले के पनि भन्न भ्याएका छन् भने ‘हुन सक्तछ त्यो ईरानी जनताको नक्कली आँशु हो’ । उनको यस्तो तुच्छ बक्तब्यका पछाडि दुइटा कारण हुन सक्छन् – या त उनी सत्य कुरालाई सिधै देखेको नदेखझै गर्न थालेका छन् । यसका दुइ कारण हुनसक्छन् – या त उनले खोमेनाई बिरुद्ध चलाएको झूटो अभियानलाई ईरानी जनताले खारेज गरिदिएका छन् या त उनको बिश्व मामिलाका बारेका सही बिश्लेषण गर्ने क्षमता छैन । उनी अहिले पनि बर्बराउन छोडे्का छैनन् कि ईरानी सभ्यतालाई उनले ‘धराशायी’ तुल्याउन सक्छन् । स्मरण गर्दा हुन्छ कि ईरानले हर्मुज जलडमरुमध्य नखोल्दा ईरानको सभ्यता नै मेटाइदिने धम्की पनि उनले दिएका थिए । यस प्रकारका बयानबाजी गरेर ट्रम्पले अफ्नै माटो प्रदुषित गराइरहेका छन् । यस सम्वन्धमा नक्कली आँसु बगाएको ट्रम्पको दाबीका बारेमा ईरानमा शोक मनाइरहेकी ५० बर्षकी एक महिला जहरा सफाईले रायटर्स सञ्चार माध्यमसँग भनेकी छन् कि ‘हामीले ४७ बर्ष पहिला नक्कली आँशु बगाउनका लागि क्रान्ति गरेका थिएनौं । हामीले यतिका धेरै शहीदहरुको बलिदान नक्कली आँशु बगाउनका लागि दिएका होइनौं’ । ट्रम्प र नेतन्याहूलाई ऐना देखाउनका लागि ती ईरानी महिलाको प्रतिकृया नै काफी छ कि तिनले ईरानको वास्तबिकता बुझुन् र युद्धको गलत बाटोबाट पछि हटुन् । तर ती दुबै जिद्दी र घमण्डी अहिलेसम्म पनि आफ्ना झूटो घमण्डमै निर्णय लिइरहेका देखिन्छन् । कतिसम्म भनिरहेका छन् भने शोक मनाउन ‘ईरानका सबै नेता तथा अधिकारीहरु एकै ठाउमा जम्मा भइरहेका छन, अमेरिकाले चाह्यो भने एउटै हमलाबाट सबैलाई अमेरिकाले मार्दिन सक्छ । तर उनले अमेरिका यसो गर्न चाहदैन किनभने बार्ता गर्नु प¥यो भने कोही बाँकी बचेको हुन्न’ । तर ट्रम्पले ईरान कुनै एउटा नेतामाथि मात्र भर परेर चल्ने मुलुक होइन, उनीहरुका लागि ब्यक्ति भन्दा देश ठूलो छ कसैको अनुहार होइन । ईरानीहरुका लागि देश आदर्श र सिद्धान्तमा चल्ने गर्दछ । यस आधारमा आयातुल्लाह अली खोमेनाईले पशिच्मा देश बिशेषगरी अमेरिकाका नीतिहरुको प्रतिरोधमा जुन सिद्धान्त अपनाएका थिए ईरान अहिले पनि तिनै नीतिहरुमा चलिरहेको छ । यसकारण उसलाई झुकाउन नसकिएको हो भन्ने कुरा बुझ्दैनन् । उता ट्रम्पका सहयोद्धा इज्रायलका नेतन्याहूको नजर ईरासँगै अब लेबनानमा लागेको छ र हिज्जबुल्लाहलाई समाप्त पार्ने नाममा लगातार लेबनानमाथि हमला गरिरहेको छ । यसमा अमेरिकालाई पनि कठिनाई भइरहेको बुझिन्छ। अमेरिकाका उप राष्ट्रपति जेडी भान्सले इज्रायललाई भने कि अमेरिकाको कुरा सुन किनभने तिमीलाई साथ दिने हामी मात्र छौं । यसको उत्तर नेतन्याहूले के भनेर दिएभने ‘भारतको समर्थन हामीले प्राप्त गरेका छौं’। मोदी–नेतन्याहू भित्री साँठगाँठ रहेको यसबाट झल्किन्छ । हुन पनि उनी इज्रायलको सम्मान लिएर अमेरिकी ईरान युद्धम ओठ सिलाएर बसेको आरोप त भारतमा लागेकै छ । भारतीयहरु भन्दछन् भारतको ईरान सँगको पुरानो सम्बन्धलाई हेर्दा भारतले यो बेला ईरानको पक्षमा खडा हुनु पर्ने हो । यतिबेला युद्धको अभिषाप झेलिरहेका ईरानी जनता अमेरिका र इज्रायलका बिरुद्ध रहनु स्वाभाबिक छ । उनीहरु शोक मनाउन सडकमा उत्रिदा पनि ट्रम्प र नेतन्याहूका बिरुद्ध मूर्दाबादको नारा पनि लगाएका थिए । अहिले शोकको घडीमा रहेका ईरानी जनताले जुन राष्ट्रिय एकता देखाएका छन् साम्राज्यबादको हमलाका बिरुद्ध एक ढिक्का भएर खडा भएका छन् त्यसले देखाउदछ कि आगामी दिनमा पनि यस्ता अन्यायपूर्ण बिदेशी हमलाका बिरुद्ध उनीहरु दृढतापूर्बक खडा हुने छन् । उनीहरुले यो लडाईबाट सिकेका छन् कि साम्राज्यबादी हमलाकारहरुको कुनै कुराको बिश्वास हुँदैन । उनीहरुले जतिबेला पनि हमला गर्न सक्छन् र देशका सम्पूर्ण जनता यस्तो खतराका बिरुद्ध सजग र संघर्षशील हुनु पर्दछ । खमेनाई युगको अन्त्य भए पनि बिदेशी अतिक्रमणकारीहरुका बिरुद्ध लड्न एकजुट हुन खमेनाईले जुन बाटो देखाएका छन् त्यो आगामी दिनमा पनि दृढरुपमा कायम रहनु पर्दछ । आन्तरिक मामिलाहरुमा बाहिरी हस्तक्षेप उनीहरुलाई सैह्य छैन र हुन सक्तैन भन्ने कुरा चार महिना चलेको भिषण युद्धले नै प्रष्ट पारेको छ ।


