काठमाडाैं । फिफा विश्वकप २०२६ मा अर्जेन्टिना दोस्रो खेलमा पनि विजयी भएको छ ।
नेपाली समयअनुसार सोमबार राति अमेरिकामा अस्ट्रियालाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विजयी भएको हो । अस्ट्रियाविरुद्धको खेलमा दुवै गोल लियोनल मेस्सीले गरे । मेस्सीले ३८औँ मिनेट र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । यो जितसँगै अर्जेन्टिना ६ अंकसहित समूह ‘जे’बाट नकाउट चरणमा प्रवेश गरेको छ ।


