नाइजिरियामा जन्मिएका जुम्ल्याहा दिदीबहिनी मर्सी र गुड्नेसको शिर जोडिएको थियो। शल्यचिकित्सकहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) को सहयोग लिएर उनीहरूलाई छुट्ट्याएका छन्।
त्यस क्रममा ‘मिक्स्ड रिआलिटी’ विधि प्रयोग गरेर उनीहरूका खप्परका केही भाग डिजाइन गरिएको थियो। अहिले उनीहरू दुई वर्षका भए।
बीबीसीले ती जुम्ल्याहाको अन्तिम शल्यक्रिया हुनुभन्दा केही दिनअघि चिकित्सकसँग समय बिताएको थियो। उक्त उच्च जोखिमयुक्त शल्यक्रिया आबुधाबीमा गरिएको थियो। BBC


