सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज ।  नारायणी अस्पताल वीरगञ्जमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ ।

हिमोफिलिया सोसाइटी नेपाल तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा  वीरगञ्ज क्षेत्रका हिमोफिलियाका बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले पहिलो पटक आइतबारदेखि सो केन्द्र  सञ्चालनमा ल्याइएको हो।

सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेलका अनुसार यसबाट अस्पतालमा उपचाररत करिब ४०  हिमोफिलियाका बिरामीलाई थप सहजता हुने छ । उनले सोसाइटीले उपचारका लागि आवश्यक औषधि पनि हस्तान्तरण गरेको जानकारी दिए । साथै सोसाइटीले स्वास्थ्यकर्मीलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने ‘फ्याक्टर’ को प्रयोगसम्बन्धी व्यवहारिक प्रशिक्षण पनि दिएको छ ।

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भएसँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सिरहा लगायत जिल्लाका हिमोफिलिया तथा अन्य रक्तश्रावसम्बन्धी समस्याबाट पीडित बिरामीले आफ्नै प्रदेशमा सहज रूपमा उपचार सेवा प्राप्त गर्न सक्ने छन् ।

उनले भने, ‘हिमोफिलिया भएकाहरु यसअघि सामान्य उपचारका लागि समेत काठमाडौँ जानुपर्ने थियो, बिरामी र परिवारले आर्थिक तथा मानसिक रूपमा ठूलो सास्ती भोग्नुपरेको थियो, अब उपचार सेवा प्रदेशमै उपलब्ध भएसँगै उपचार सहज हुने भएको छ ।’

नेपालमा धेरै हिमोफिलिया बिरामी पहिचान र उपचारको पहुँचभन्दा बाहिर रहेको र आवश्यक औषधिमध्ये करिब ५४ प्रतिशत अभाव रहेको सोसाइटीका उपाध्यक्ष रामकृष्ण बोगटीको भनाइ छ ।

हालसम्म नेपालका १८ सरकारी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भइसकेको छ ।  पछिलो जनगणना अनुसार  नेपालमा करिव  ३ हजार हेमोफिलियायुक्त व्यक्ति रहेको अनुमान छ । तर, नेपाल हिमोफिलिया सोसाइटीले अहिलेसम्म नेपामला ७५० जना मात्रै सम्पर्कमा आएको जनाएको छ । जनचेतनाका अभावमा अझै पनि हिमोफिलियाका बिरामी खुलेर बाहिर आउन सकेका छैनन् ।

हिमोफिलिया एक वंशाणुगत रक्तश्रावसम्बन्धी रोग हो । यसमा शरीरमा रगत जमाउन आवश्यक ‘क्लोटिङ फ्याक्टर’ को कमी हुन्छ । यस रोगबाट प्रभावित व्यक्तिमा सामान्य चोटपटक लाग्दा पनि लामो समयसम्म रक्तश्राव भइरहने, जोर्नी सुन्निने तथा शरीरभित्र आन्तरिक रक्तश्राव हुनेजस्ता समस्या देखिन्छन् ।

चिकित्सकका अनुसार हिमोफिलिया वंशाणुगत समस्या पनि हो । तर, कसैमा वंशानणुगत नभएर अन्य कारणले पनि हुन सक्छ । रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमी भए वा सो फ्याक्टरको अनुपस्थिति भएमा रगत जम्न ढिलाई हुन्छ र लामो समयसम्म रगत नरोकिन सक्छ । यही समस्यालाई ‘हिमोफिलिया’ भनिन्छ ।

रक्तस्रावको स्थितिमा हाम्रो शरीरले सो रक्तस्राव रोक्न तीन चरणको कार्य गर्दछ । रक्तस्राव भएको स्थानको रक्तनलीहरूमा सङ्कुचन हुन्छ । प्लेटलेट प्लगको निर्माण हुन्छ । छालामा ‘फाइब्रिन’ जालोको निर्माण भई रक्तस्राव रोकिन्छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : ०० बजे

यो पनि पढ्नुहोस्

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

५ दिन अगाडि
निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर निस्किन असफल

रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक