शुक्र, असार ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

म्याक्सिम गोर्की :  महान समाजबादी साहित्यकारको स्मृतिमा 

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
म्याक्सिम गोर्की :  महान समाजबादी साहित्यकारको स्मृतिमा 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—लोकनारायणा सुबेदी

तत्कालिन रूसमा महान अक्टाेबर  समाजबादी क्रान्ति सम्पन्न गर्न,  समाजबादी सोभियत संघ स्थापना गर्न र त्यसलाई सही बाटोमा डोर्याउन समाजबादी साहित्यको बिकास गर्दै जनताको सोभियतलाई बलियो बनाउन, टिकाउन र अझ अघि बढाउन बिश्व प्रसिद्ध रुसी साहित्यकार म्याक्सिम गोर्कीले जुन अपूर्ब भूमिका खेले त्यो अहिलेम्म बिश्वमा सदा सर्बदा स्मरणीय र प्रेरणादायी रहेको छ र रहिरहने छ ।

बास्तवमा म्याक्सिम गोर्की सारा संसार भरीका मेहनत मजदुरी गर्ने अत्यन्तै ठूलो पददलित जन समुदायका महान लेखक तथा साहित्यकार थिए । उनले रुसमा मजदुर बर्गको पूरै क्रान्तिकारी कार्यकालभरी अक्टोबर समाजबादी क्रान्ति र त्यसपछि समाजबादको निर्माणसम्मको लामो कालखण्डमा  आफ्ना कथा, उपन्यास, नाटक र लेखहरुको माध्यमद्वारा कदम कदममा श्रमजीवीव जनतामाथि उपस्थित शोषणकारी संकटपूर्ण परिस्थिति बिरुद्ध जुध्न र संघर्ष गर्न प्रेरणा दिइरहे । उनी आफ्नो समयका दबिएका, दबाइएका, थिचिएका मिचिएका जनताका आवाज बनेर खडा भए । उनले आफ्नो कलमबाट रुसी साहित्य र जनतामा आमूल परिबर्तनका लागि नयाँ ऊर्जा र ठूलो उत्साहको सञ्चार गरिरहे ।

ती महान ब्यक्तित्वको २८ मार्च १८६८ मा रुसको भोल्गा नदी किनाराको एउटा गरीब परिबारमा जन्म भएको थियो । त्यतिबेला उनको नाम मेक्सिम गोर्की नभएर अलेक्सेई मक्सिमोभिच राखिएको थियो । सात बर्षको उमेर पुग्दानपुग्दै अनाथ हुन पुगेका गोर्कीले निकै चाँडै यो यथार्थ सत्यको सामाना गर्नुपर्यो कि जीवन एउटा संघर्षकै नाम हो । उनी आफ्नो बाल्य कालदेखि नै एक मजदुरकारुपमा पालिए र हुर्किए अनि घरेलु कामदेखि लिएर, रोटी कार्खाना, पानी जहाज र खेतहरुमा समेत कयौं प्रकारका कामहरु गरे र यसरी उनको जीन्दगी सानैदेखि एउटा मजुदरको जीन्दगीकोरुपमा निरन्तर संघर्षशील रह्यो ।

माता–पिताको देहान्त पछि उनको बाल्यकाल आफ्ना हजुर आमा र हजुर बाकोमा बित्न थाल्यो । समाजको सबैभन्दा गरीब मानिसहरु बस्ने फोहोर र दुर्गन्धले भरिएको मानिसहरुको बस्तीमा हुर्केर उनी तन्नेरी भए । हजुर आमाको पनि देहान्त भएपछि गोर्कीले १३ बर्षकै उमेरमा घर छोडे । अनि अनेक ठाउँमा काम गर्दै र रुसका कयौ ठाउँहरुमा घुम्दै रहे । त्यस क्रममा उनले समाजलाई अझ नजिकबाट हेर्ने र बुझ्ने मौका पाए ।

म्याक्सिम गोर्की(२८मार्च १८६८ – १८ जून १९३६)ले बाल्यकालदेखि पेट भर्नका लागि नै पाउरोटी बनाउने, नून बनाउने कारखाना मजदुर, भान्से, चौकीदार, कुल्ली, माली, सडकमा गिट्टी कुट्ने कामदारसम्मको काम गर्नु परेको थियो । समाजमा मेहनत गर्ने मानिसहरु, गरीब आवारा मानिसहरु, गन्दा र फोहोरी  बस्तीका निबासीहरुका बीचको संगतले गर्दा उनले यो जीवन यात्राको किताबबाटै ठूलो ज्ञान हासिल गरे ।यसरी उनले औपचारिक शिक्षाका लागि बिद्यालयको मुखसम्म पनि देख्न पाएका थिएनन् । तर पनि दिनको १४–१५ घण्टा कम्मर भाँचेर काम गरेको अनुभवले उनलाई वास्तबमा मजदुर बर्गको साँच्चो लेखक बनाउन सर्बाधिक मद्दत गरेको थियो ।

बाल्यकालको अन्यमनस्कता तथा अनेक अनुभवका कारणले उनका लागि त्यतिबेलाको रुसको जारशाही निरंकूश शासन मुनिको शोषण, उत्पीडन र दमन उनका साहित्यिक रचनाहरुको आधार बने । त्यसैले उनी जनताको मुक्ति संघर्षको हिस्सा बनेर सशक्तरुपमा खडा भए । उनलाई कुनै बिद्यालय, बिश्व बिद्यालयमा पढ्ने अवसर त मिलेन । तर रुसी क्रान्तिकारीहरुसँगको सम्पर्कले उनलाई बिभिन्न किताबहरुसँग सम्पर्क र परिचित गरायो । उनका आफ्नै अनुभव – श्रमजीबी जनतासँग जोडिन जाँदा मिलेका अनुभवहरुले उनको कलमको टुप्पोलाई अझ तिखारिदियो र निकै चाँडै नै उनलाई एउटा ठूलो लेखक बन्न मद्दत मिल्यो ।

आफ्नो साहित्यिक जीवनको आरम्भमा नै गोर्कीको परिचय लिओ टोल्स्टोय र चेखब जस्ता महान रुसी लेखकहरुसँग भयो । उनी आरम्भिक दिनदेखि नै रुसी क्रान्तिकारी आन्दोलनहरुसँग जोडिदै गए । अनि पछिबाट कम्युनिष्ट पार्टीमा सम्मिलित भएर जनताको मुक्तिको संघर्षसँग अझ नजिकैबाट जोडिन पाए । त्यसै क्रममा उनले मजदुरहरु र क्रान्तिकारीहरुको जीवन र संघर्षमा आधारित भएर आफ्नो बिश्व प्रसिद्ध उपन्यास  ‘आमा’ १९०६मा लेखे ।

गोर्कीले आफ्ना कथा, नाटक, उपन्यास र लेखहरुको माध्यमबाट समाजलाई केवल चित्रण मात्र गरेनन् अझ अगाडि बढेर ती सबैलाई परिबर्तनको हतियारकोरुपमा उपयोग गरे । उनका आत्मकथात्मक उपन्यासहरु – ‘मेरो बचपन’, ‘मेरो बिश्वबिद्यालय’ तथा ‘जीवनको बाटो’मा दुर्दान्त जीवन बिताइरहेका मजदुर तथा तत्कालीन समाजको यथार्थलाई जीवन्तरुपमा चित्रण गरेको र त्यस्तो जीन्दगीको बिरुद्ध बिद्रोह गर्न उत्प्रेरित गरेको पाइन्छ ।  जसले नीजी सम्पतिमा आधारित समाजका तौरतरीकालाई स्वीकार्न इन्कार गर्दछन् ।

आज गोर्कीको सम्पूर्ण जीवन र उनका साहित्यिक  कार्यहरु पूरै संसारका मजदुरहरुका लागि प्रेरणका श्रोत बनेका छन् र अन्यायका बिरुद्ध गोर्कीको के मान्यता रहेको पाइन्छ भने –पूँजीवादी समाजमा समग्रमा मानिसले आफ्ना अदभूत क्षमतालाई निरर्थक लक्ष प्राप्तिका लागि बर्बाद गर्दछ । जीवनका प्रति उनको दृष्टिकोण आशाबाद र जनतामा दृढ बिश्वासले भरिएको थियो । यहाँ अन्त्यमा उनको बिश्व प्रसिद्ध उपन्यास ‘आमा’बाट मजदुर नायक पात्र पावेलले अदालतमा दिएको महत्वपूर्ण बयान प्रस्तुत छ जसले सामाजिक परिबर्तनका लागि उनको साहित्यिक प्रयोजनीयतालाई एकदमै  खुलस्त र प्रष्ट पार्दछ ।

ती मदजुर नेताको बयानमा भनिएको छ – ‘हामी समाजबादी हौं । यसको मतलब हो कि हामी निजी सम्पत्तिको बिरुद्ध छौ’ । निजी सम्पत्तिको पद्धतिले समाजलाई छिन्न भिन्न तुल्याइदिन्छ,मानिसलाई एक अर्काको दुश्मन बनाइदिन्छ । मानिसका परस्पर हितहरुमा एउटा यस्तो द्वेष पैदा गरिदिन्छ, जसलाई मेटाउन सकिदैन । यस द्वेषलाई लुकाउन या न्यायसंगत ठहराउनका लागि यसले असत्यको सहारा लिन्छ । अनि असत्य, धोका र घृणाले हरेक मानिसको आत्मलाई दुषित तुल्याइदिन्छ ।

त्यस बयानमा क्रान्तिकारी मजदुर नेताको मुखबाट गोर्कीले आमा उपन्यासमा बोलेका छन् –‘हाम्रो बिश्वास छ कि त्यो समाज जसले मानिसलाई केवल केही अन्य मानिसलाई धनबान बनाउनका लागि साधन सम्झन्छ,  अमानुषिक हो र हाम्रो हितको बिरुद्ध छ । हामी यस्तो समाजको असत्य र धोकाले भरिएको नैतिक पद्धतिलाई स्वीकार गर्न सक्तैनौं । ब्यक्तिकाप्रति त्यस रबैयामा जुन अन्याय  र क्रूरता छ त्यसको हामी निन्दा गर्दछौं । यो पूँजीवादी समाजले ब्यक्तिमाथि जुन शारीरिक तथा नैतिक दासता थोपरेको छ हामी त्यसको हरेक रुपका बिरुद्ध लड्न चाहन्छौं र लड्नेछौं । केही मानिसको स्वार्थ र लोभको हितमा अधिकांश मानिसलाई कुल्चिने जति पनि साधनहरु छन् हामी ती सबैका बिरुद्ध लड्ने छौं ।

त्यसको अन्त्यमा भनिएको छ – ‘‘हामी मजदुर हौं, हामी ती मानिसहरु हौं जसको मेहनतले बाल बच्चाका खेलौनादेखि लिएर ठूल्ठूला मेशिन या यन्त्रहरुसम्म बिश्वका हरेक चीजबीजहरु तयार हुन्छन् तर पनि हामीलाई नै आफ्ना मानबोचित प्रतिष्ठाको रक्षा गर्ने अधिकारबाट बञ्चित राखिने गरिन्छ, कसैले पनि आफ्नो निजी स्वार्थका लागि हाम्रो शोषण गर्न सक्छ । यतिबेला हामी कम्तिमा यति स्वतन्त्रता त हासिल गर्न चाहन्छौं कि अगाडि गएर हामीले सारा सत्ता हातमा लिन सकौं । हाम्रा नाराहरु एकदमै सिधा र प्रष्ट छन् : निजी सम्पत्तीको नास होस्, उत्पादनका सारा सधान जनताका सम्पत्ति हुन्, सत्ता जनताको हातमा होस्,हरेक मानिसले काम गर्नु पर्दछ । अब त तपाईले बुझ्नु नै भयो होला कि हामी बिद्रोही होइनौं ।’’ यसरी गोर्कीले समाजबाका बारेमा आमा उपन्यासमा नै प्रष्ट र यथेष्ट औंल्याएका छन् । ती महान बिश्व ब्यक्तित्वको ९० बर्षको स्मृति दिवसको महत्वपूर्ण अवसरमा उनीप्रति उच्च सम्मानकासाथ अभिबादन प्रकट गर्दै उनको जीबन र कार्यको अनुभव र संघर्षबाट अमूल्य शिक्षा लिएर अग्रगामी र उन्नत सामाजिक परिबर्तन अर्थात नयाँ जनबादी बाटो हुँदै बैज्ञानिक समाजबादमा पदार्पण गर्ने दिशामा दृढतापूर्बक अग्रसर होऔं ।यसरी मात्र उनलार्इ स्मरण गरेको सार्थकता हुन्छ । अमर र महान छन् गोर्की !

 

यो पनि पढ्नुहोस्

अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता

अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता

८ मिनेट अगाडि
डीपी अर्यालसँग युएईका राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता

डीपी अर्यालसँग युएईका राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बबईका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाए

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

हिरासतबाट छुटेपछि जेनजीले भनेः बालेन सरकारले हाम्रा आवाज बन्द गर्नसक्दैन

रास्वपाको महाधिवेशन भव्य तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक