शुक्र, असार ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
नेपाली पत्रकारिताको इतिहासमा वरिष्ठ पत्रकार शक्ति लम्सालको नाम क्रान्तिकारी कलम, प्रगतिवादी साहित्य र अटल वामपन्थी निष्ठाको प्रतीकका रूपमा परिचित छ । उनीसँगको निकट सम्बन्धका कारण मैले उनलाई ‘शक्ति दाइ’ को रुपमा सम्बोधन गर्दै आएको थिएँ । यो सम्बन्ध राजनीतिक तथा पत्रकारितामा सँगसँगै यात्राको क्रममा विकसित भएको थियो । जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ पंक्तिकारका लागि सधैं आदर्श रहनुभयो । २०७२ कात्तिक २५ गते ७९ वर्षको उमेरमा उनको निधन भए पनि उनका विचार, लेखन र संघर्षले नेपाली समाजलाई निरन्तर प्रेरणा दिइरहेको छ । उनी केवल पत्रकार मात्र थिएनन्, क्रान्तिकारी राजनीतिकर्मी, प्रगतिवादी साहित्यकार, समालोचक र जनताको आवाज पनि थिए । जीवनभर सत्ताको दमन, जेल–यातना र अभावको सामना गर्दै पनि उनी आफ्नो आदर्शबाट कहिल्यै विचलित भएनन् ।
शक्ति दाइ १९९२ साल चैत १४ गते (१९३६ अप्रिल) काठमाडौंको चाबहिलस्थित चारुमती टोलमा जन्मिएका थिए । बुबा कृष्णप्रसाद लम्सालका दुई श्रीमतीमध्ये कान्छी श्रीमती राधादेवी लम्सालको कोखबाट जन्मिएका उनले बाल्यकालदेखि नै सामाजिक असमानता र शोषण देखे । तत्कालीन राणा शासनको पतनपछि प्रजातन्त्रको उदय भए पनि नेपालमा पूर्ण लोकतन्त्र स्थापना हुन सकेको थिएन । यो परिवेशले उनलाई कम्युनिष्ट विचारधारातर्फ आकर्षित ग¥यो । उनले राम्रो शिक्षा पाएका थिए । चाहेमा सुखी र सम्मानजनक जागिरे जीवन बिताउन सक्थे । तर उनले जनताको मुक्ति र परिवर्तनको बाटो रोजे । २००८ सालतिर नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिँदा उनले बुढी औंला चिरेर रगतको छाप लगाएका थिए । पार्टी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाटै सदस्यता प्राप्त गरेका लम्सालले जीवनभर यो प्रतिबद्धतालाई कायम राखे ।
शक्ति लम्सालको पत्रकारिता यात्रा २०१४ सालबाट सुरु भएको मानिन्छ । बनारसबाट प्रकाशित दीपक मासिकमा ‘स्पुतनिक नानी जून’ नामक लेख प्रकाशित भएपछि उनको लेखन यात्रा औपचारिक रूपमा अघि बढ्यो । उनी जनादेश साप्ताहिकको सम्पादक, निर्णय दैनिकको सम्पादक (भैरहवा), योजना साप्ताहिकको सम्पादक, मशाल पत्रिकाको सम्पादक जस्ता जिम्मेवारीमा रहे । उनको पत्रकारिता सधैं जनपक्षीय र क्रान्तिकारी रह्यो । पञ्चायती कालमा निरंकुशताविरुद्ध कलम चलाउँदा पटक–पटक जेल परे । २०२१ सालमा भैरहवाबाट प्रकाशित निर्णय दैनिकको सम्पादक हुँदा पनि उनले सत्ताको आँखा लगाए । २०३० सालपछि योजना पत्रिकालाई समाचारमूलक बनाएर सम्पादन गरे । उनको लेखनले श्रमजीवी वर्गको पीडा, शोषण र परिवर्तनको आकांक्षालाई उजागर गथ्र्यो ।
२०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्ध र पछिका राजनीतिक परिवर्तनका क्रममा पनि उनी सक्रिय रहे । उनी माओवादी आन्दोलनका अभियन्ता थिए तर क्रान्तिको नाममा हुने अराजकता, लुट र गुण्डागर्दीको खुल्ला आलोचना गर्न पनि पछि हटेनन् । सत्ता लोलुपता र विचलनप्रति उनको तीखो टिप्पणी प्रसिद्ध थियो । पत्रकारितासँगै शक्ति लम्साल प्रगतिवादी साहित्यका पनि स्तम्भ थिए । समालोचना विधामा उनको विशेष दखल थियो । राजनीति, दर्शन र साहित्यलाई एकीकृत रूपमा हेर्ने उनको दृष्टिकोणले नेपाली प्रगतिवादी साहित्यलाई समृद्ध बनायो । उनले विभिन्न पत्र–पत्रिकामा प्रकाशित लेख र समालोचनाहरूले नयाँ पुस्तालाई प्रेरित गरे ।
उनको जीवनमा जेल र यातनाको लामो श्रृंखला छ । २०१८ सालमा मोहनविक्रम सिंहसँगै तौलिहवामा १८ महिना जेल बस्नुप¥यो । २०२२ सालमा नवलपरासी किसान विद्रोहमा सहभागी भएकाले भैरहवा जेल परे । २०४५, २०४६, २०५२, २०५३ र २०५५ सालमा पटक–पटक गिरफ्तार भए । १९९६ मा पनि प्रहरीले उनलाई पक्राउ गरेको थियो । यातना सहँदा पनि उनी आत्मसमर्पण गरेनन् । शक्ति लम्साल नेपालको वाम आन्दोलनका अविचलित योद्धा थिए । उनी अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्षसमेत बने । माओवादी पार्टीको केन्द्रीय सल्लाहकारको भूमिकामा रहे पनि उनी सधैं इमान्दारिताको पक्षमा उभिए । सत्ता र स्वार्थको राजनीतिप्रति उनको आलोचना तीव्र थियो । उनी भन्थे, ‘कम्युनिष्ट आन्दोलन युग परिवर्तन र नयाँ सामाजिक संस्कृति विकासको संवाहक हुनुपर्छ ।’
उनको निधनपछि पनि उनका योगदानलाई सम्झिइन्छ । प्रेस सेन्टरले तारा न्यौपानेसँगै ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । प्रगतिशील लेखक संघले ‘शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ स्थापना गरेको छ । उनकी जीवनसाथी कृष्णा लम्सालले अक्षय कोष स्थापना गरी उनको सम्झनालाई जीवन्त राखेकी छन् । शक्ति दाइ इमान र स्वाभिमानका प्रतीक थिए । सुख–सुविधा त्यागेर देश र जनताको लागि समर्पित जीवन बिताए । उनी नयाँ पुस्तालाई लेख्न प्रोत्साहन दिन्थे । योजना साप्ताहिक सम्पादन गर्दा धेरै युवा पत्रकार र साहित्यकारहरूलाई मार्गदर्शन गरे । उनी प्रचारभन्दा निष्ठाको राजनीति मन पराउँथे । उनको लेखन शैली सरल तर प्रभावशाली थियो । नेपाली, अंग्रेजी र हिन्दी भाषामा लेख्न सक्ने उनी मुख्यतः नेपालीमै सक्रिय रहे । कमला सिग्देलले उनको जीवनी, व्यक्तित्व र कृतित्वमा शोधपत्र तयार पारेकी छन्, जसले उनको बहुआयामिक योगदानलाई दस्तावेजीकरण गरेको छ ।
आजको नेपाली राजनीति र पत्रकारितामा व्याप्त सत्ता लिप्सा, भ्रष्टाचार र नैतिक पतनको सन्दर्भमा शक्ति लम्सालको जीवन पाठ बन्न सक्छ । उनी सधैं राष्ट्रिय स्वाधीनता, जनमुक्ति र सामाजिक न्यायको पक्षमा उभिए । माओवादी आन्दोलनभित्रै भएका विकृति र विचलनको आलोचना गर्दा पनि उनी क्रान्तिको पवित्रतालाई कायम राख्न चाहन्थे । नयाँ पुस्ताका लागि उनी प्रेरणाको स्रोत हुन् । डिजिटल युगमा पनि जनपक्षीय पत्रकारिताको आवश्यकता उत्तिकै छ । शक्ति दाइले देखाएको बाटो, इमान्दारिता, निरन्तरता र जनताप्रतिको समर्पण आज पनि सान्दर्भिक छ ।
उनको निधनले नेपाली वाम आन्दोलन र पत्रकार जगत् एउटा असल अभिभावक गुमायो । तर उनका विचार र लेखन अमर छन् । आजका पत्रकार र राजनीतिकर्मीहरूले उनको जीवनबाट सिक्नुपर्ने धेरै कुरा छन्, पद र पैसाभन्दा माथि उठेर आदर्शको लागि लड्ने साहस, यातनाको सामना गर्दा पनि नझुक्ने अठोट र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने जिम्मेवारी ।
शक्ति दाइको सम्झनामा गरिने कार्यक्रमहरू, पुरस्कारहरू र स्मृतिग्रन्थहरूले उनको विरासतलाई जीवन्त राखिरहेका छन् । नेपाली समाजले यस्ता हस्तीहरूलाई सधैं सम्मान गर्नुपर्छ । उनी युगद्रष्टा थिए, निष्ठाका प्रतीक थिए र जनताका सच्चा साथी थिए । उनको जीवन यात्रा सजिलो थिएन । अभाव, रोग, जेल र राजनीतिक दबाबका बाबजुद पनि उनी अटल रहे । यो नै उनको सबैभन्दा ठूलो उपलब्धि हो । आजका युवा पत्रकारहरूले उनको जस्तो निष्ठा र समर्पण बोकेर अघि बढे भने नेपाली पत्रकारिता र राजनीति दुवैले नयाँ उचाइ प्राप्त गर्न सक्छन् । शक्ति दाइको स्मरण गर्दा हामीले मात्र श्रद्धाञ्जली अर्पण गर्नु हुँदैन, उनको सपना, समतामूलक, न्यायपूर्ण र स्वाधीन नेपाल पूरा गर्न प्रतिबद्ध हुनुपर्छ । उनी अब हामीमाझ छैनन् तर उनका शब्दहरू, उनका संघर्षका कथाहरू र उनको अटल निष्ठाले हामीलाई सधैं मार्गदर्शन गरिरहनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

८ घण्टा अगाडि
हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं

हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाले राष्ट्रिय महाधिवेशनकाे मापदण्ड तोक्याे

जोर्डनकाे विश्वकपमा पहिलाे खेल पराजित

पासपोर्ट खरिद प्रकरणमा जर्मनी कम्पनीलाई बयान लिने

उपाधि दाबेदार मानिएको पोर्चुगल कंगोसँग १-१ गोलको बराबरी खेल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक