शुक्र, असार ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

एमाले अहंकारमुक्त भएर खरानी उठाउने अवसर !

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लामो राजनीतिक विरासत बोकेको एमाले अहिले थिलथिलो अवस्थामा छ । आन्तरिक कलह, नेतृत्वको अडान र युवा पुस्तासँगको दूरीले पार्टी विभाजनको संघारमा पुगेको देखिन्छ । अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनबाट सत्ताच्युत र निर्वाचनबाट एमाले २५ सिटमा खुम्चिएपछि पार्टीभित्र अल्पमतमा परेका छन् । १९ सदस्यीय सचिवालयमा उनी स्पष्ट अल्पमतमा छन् । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू ओलीको विकल्प खोज्ने अभियानमा लागेका छन् । रामबहादुर थापा बादलको नेतृत्वमा गठित १५ सदस्यीय पुनर्गठन कार्यदलले रूपान्तरणको खाका बनाइरहेको छ ।
यो अवस्था यत्तिकै आएको होइन । जेनजी आन्दोलनले भ्रष्टाचार, बेरोजगारी, नातावाद र राज्य दमनविरुद्ध युवाको व्यापक विद्रोह देखायो । एमाले नेतृत्वले आन्दोलनलाई ‘षड्यन्त्र’ को संज्ञा दिँदा युवा मतदाताहरू थप विद्रोही बने । निर्वाचनमा पार्टीले पुरानै शैली दोहो¥याउँदा नयाँ पुस्तालाई आकर्षित गर्न सकेन । परिणामस्वरूप पार्टीले अघिल्लो निर्वाचनको तुलनामा करिब ५० प्रतिशत मत गुमायो । एमालेको मुख्य समस्या नेतृत्वको अडान र अनुकूलन क्षमताको कमी हो । केपी ओलीले पार्टीको आधार बलियो बनाए पनि उमेर र पुरानो सोचले नयाँ चुनौती सामना गर्न गाह्रो भइरहेको छ । युवा नेताहरूलाई पर्याप्त स्थान नदिँदा असन्तुष्टि चुलिएको छ । ओली पक्षले अहिले विष्णु पौडेल र शंकर पोखरेललाई ‘पार्टी फुटाउने’ आरोप लगाइरहेका छन् । तर वास्तविकता यो हो कि पार्टीभित्रको यो घेराबन्दी ओलीको आफ्नै शैली र निर्णयबाट उत्पन्न भएको हो ।
यदि अब पनि पुराना नेताहरूले आफूलाई सुधार्न सकेनन् भने एमाले नेपाली राजनीतिको मुख्यधाराबाट सधैंका लागि हराउने जोखिम बढेको छ । रास्वपा जस्ता नयाँ शक्तिहरूले युवा र परिवर्तनकारी मत खोस्दै गएका छन् भने कांग्रेसले पनि आन्तरिक सुधारको प्रयास गरिरहेको छ । एमाले विभाजन भएमा यसले वामपन्थी शक्तिलाई थप कमजोर बनाउनेछ ।
यो संकटबाट जोगिन एमालेले तत्काल ठोस कदम चाल्नुपर्छ । पहिलो, युवा पुस्तालाई पार्टी संरचनामा उल्लेखनीय स्थान दिनुपर्छ । दोस्रो, भ्रष्टाचारविरोधी आन्तरिक शुद्धीकरण आवश्यक छ । तेस्रो, नीति तथा कार्यक्रमलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्नुपर्छ, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यावरण र सुशासनजस्ता मुद्दामा स्पष्ट अडान लिनुपर्छ । चौथो, गुटबन्दीभन्दा माथि उठेर सामूहिक नेतृत्व विकास गर्नुपर्छ । विशेष महाधिवेशनलाई अवसर बनाएर पार्टीको पुनर्गठन गर्न सकिन्छ ।
एमालेका नेताहरूले अब पनि आफूलाई नसुधारे पार्टीको अस्तित्व नै संकटमा पर्नेछ । नेपाली राजनीतिबाट सधैंका लागि हराउने जोखिमबाट बच्न उनीहरूले तत्काल आत्मसमीक्षा र सुधारको बाटो रोज्नुपर्छ । समय अझै बाँकी छ, तर यो अवसर सधैं रहनेछैन । गत वर्षको जेनजी आन्दोलन र निर्वाचनपछि एमालेले सर्वस्व गुमाएर खरानी मात्र हात परेको छ । अब एमाले नेताहरुसामु दुई विकल्प छन् । पहिलो, नेताहरु आफ्नो अहंकारबाट मुक्त भएर खरानी भए पनि उठाउने वा अहंकारको टकरावले खरानी भएर सिद्धिने ।

यो पनि पढ्नुहोस्

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

८ घण्टा अगाडि
हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं

हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाले राष्ट्रिय महाधिवेशनकाे मापदण्ड तोक्याे

जोर्डनकाे विश्वकपमा पहिलाे खेल पराजित

पासपोर्ट खरिद प्रकरणमा जर्मनी कम्पनीलाई बयान लिने

उपाधि दाबेदार मानिएको पोर्चुगल कंगोसँग १-१ गोलको बराबरी खेल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक