मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
राजेश भण्डारी

काठमाडौं । नवलपरासी पश्चिमस्थित नारायणी नदीको पूर्वी किनारमा नेपालले बनाइरहेको तटबन्ध निर्माणमा पछिल्लो समय भारतीय पक्षले अवरोध गरिरहेको छ । जेठ १८ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीहरू नेपालतर्फ आएर तटबन्ध निर्माणमा रोक लगाएका हुन् ।

सुस्ता गाउँपालिका–५ मा सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले दुई ठाउँमा तटबन्ध निर्माण गरिरहेको छ । एउटा १ सय मिटर लामो र अर्को १३२ मिटर लामो तटबन्ध निर्माणको काम अघि बढे पनि भारतीय पक्षले त्यसमा अवरोध गर्दै आएको छ ।

१३२ मिटर लम्बाइको तटबन्ध ‘माथिल्लो तह’मा कुरा गरेरमात्र निर्माण सुरु गर्नुपर्ने भारतीय पक्षको दबाबपछि काम अवरुद्ध छ । १ सय मिटर लम्बाइको तटबन्ध निर्माणको कामचाहिँ नरोकिएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।
उनले भने, ‘एउटा तटबन्ध निर्माणमा रोकावट छैन, १३२ मिटरचाहिँ दुई पक्षको बिचमा सहमति गरेरमात्रै अगाडि बढाउनुपर्ने उहाँहरूको भनाइ छ ।’
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदमा सीमा विवादबारे बोलेपछि भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मीहरू धमाधम सुस्तास्थित नेपालतर्फको भू–भागमा प्रवेश गर्न थालेको स्थानीय बताउँछन् । जेठ २९ मा भारतीय सुरक्षाकर्मीहरू नेपालतर्फ प्रवेश गरेपछि सुस्ताबासीले प्रतिकार गरे । सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले होहल्ला गर्दै आफ्नो भूभागतर्फ जान आग्रह गरे ।

सुस्तामा कार्यरत सशस्त्र प्रहरीका एक जना अधिकृतले उनीहरू नदी तर्न समस्या भएपछि घुमेर केही मिटर नेपालतर्फ आएर नदी पार गरेको दाबी गरे । उनले भने, ‘बोर्डरमा यस्ता घटना भइरहन्छ । कहिलेकाँही पट्रोलिङमा जाँदा हामी पनि भारततर्फ पुग्छौँ ।’

गण्डक नदीले आफ्नो धार बदलेर नेपालतर्फ आएसँगै सुस्तामा सीमा विवाद सुरु भएको थियो । सीमा विवाद हुँदा एसएसबीले सो क्षेत्रमा लगातार सुस्ताबासीलाई हैरानी दिन थालेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको थियो ।

सुस्तामा १३२ मिटर लामो तटबन्ध निर्माण गर्न माथिल्लो निकायमा कुरा गर्नुपर्ने भारतीय पक्षको प्रस्ताव गृह मन्त्रालयमा जानकारी गराइएको लुम्बिनी प्रदेशस्थित सशस्त्रको नम्बर–५ विन्ध्यवासिनी बाहिनीमा कार्यरत एक जना अधिकृतले बताए ।

२०७० मा सुस्तामा सशस्त्र प्रहरी इन्स्पेक्टरको कमाण्डमा बीओपी स्थापना गरियो । सशस्त्रका एक जना उच्च अधिकृतले भने, ‘बीओपी स्थापनासँगै त्यहाँका स्थानीयले एसएसबीबाट पाउँदै आएको ज्यादती न्यूनीकरण भएको छ ।’

सुस्ता क्षेत्रमा भारतले १४ हजार ५ सय हेक्टर भूमि अतिक्रमण गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले सार्वजनिक रुपमा बताउने गरेका छन् ।

एसएसबी सुस्तामा प्रवेश गरेको घटनामा प्रतिक्रिया दिँदै सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले भने, ‘आवश्यक कदम चालिन्छ ।’ परराष्ट्र मन्त्रालयले त्यसमा कदम चाल्ने मन्त्री पोखरेलको भनाइ छ ।

सुस्तामा १३२ मिटर लामो तटबन्ध निर्माण गर्न माथिल्लो निकायमा कुरा गर्नुपर्ने भारतीय पक्षको प्रस्ताव गृह मन्त्रालयमा जानकारी गराइएको लुम्बिनी प्रदेशस्थित सशस्त्रको नम्बर–५ विन्ध्यवासिनी बाहिनीमा कार्यरत एक जना अधिकृतले बताए । उनले भने, ‘भारतीय पक्षले पनि आफ्नो माथिल्लो निकायमा जानकारी गराएको हामीलाई बताएका छन् । हामीले हेड्क्वार्टरमार्फत गृहमा रिपोर्टिङ गरेका छौँ ।’

छाङरुको आकाशमा हेलिकप्टर

दार्चुलाको सदरमुकाम खलंगामै भारतीय सुरक्षाकर्मीको हेलिकप्टर आउँथ्यो । यसपटक जेठ २७ गते बिहान १० बजेतिर व्यास गाउँपालिका–१ स्थित छाङरुको आकाश हुँदै भारतीय सुरक्षाकर्मीको हेलिकप्टर कालापानीतर्फ उड्यो ।

नेपाली आकाश हुँदै कालापानीतर्फ हेलिकप्टर उडेको दृश्य स्थानीयले देखे । छाङरुमा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीले त्यसबारे स्थानीय प्रशासनलाई जानकारी गराए । हेलिकप्टरमा भारतको ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ (आइटीबीपी)का महानिर्देशक शत्रुजीतसिंह कपुर सवार रहेको सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन् ।

एउटा देशको हेलिकप्टर अर्को देशको आकाशमा बिनाअनुमति प्रवेश गर्नुलाई ‘एयर स्पेस भ्वाइलेसन’का रूपमा लिइन्छ । ‘नो मेन्स ल्याण्ड’ भन्दा बाहेक अर्को मुलुकको एयर स्पेशमा हेलिकप्टर उडाउनुलाई ‘सुरक्षा उल्लङ्घन’को रूपमा लिइने सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापाले रातोपाटीलाई बताए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बिनाअनुमति भारतीय सुरक्षा प्रमुख सवार हेलिकप्टर नेपाली आकाशमा उडेको बताए । उनले भने, ‘हेलिकप्टरमा आइटीबीपीका चिफ सवार रहेको बुझिएको छ । हामीले त्यसबारे भारतीय पक्षसँग मौखिक कुराकानी गरेका छौँ ।’

पहिले सदरमुकाम खलंगा क्षेत्रमा यस्ता हेलिकप्टर आउने गरे पनि अहिले कम भएको प्रजिअ पौडेलले बताए । उनले भने, ‘त्यस्ता घटनामा हामीले यस्तो गर्न पाइँदैन भनेर भनिरहेका हुन्छौँ ।’

एउटा देशको हेलिकप्टर अर्को देशको आकाशमा बिनाअनुमति प्रवेश गर्नुलाई ‘एयर स्पेस भ्वाइलेसन’का रूपमा लिइन्छ । ‘नो मेन्स ल्याण्ड’ भन्दा बाहेक अर्को मुलुकको एयर स्पेशमा हेलिकप्टर उडाउनुलाई ‘सुरक्षा उल्लङ्घन’को रूपमा लिइने सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापाले रातोपाटीलाई बताए । उनले भने, ‘बिनाअनुमति प्र्रवेश गर्न मिल्दैन । यसमा भारतीय पक्षको ध्यानाकर्षण गराउनुपर्छ ।’

छाङरु हुँदै आइटीबीपीका महानिर्देशक कालापानी पुगेको बताइएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतद्वारा अतिक्रमित नेपाली भूभाग हो, जहाँ भारतीय अर्धसैनिक फौज ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ तैनाथ छ । सो भूभाग फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्नेबारे नेपालको सडकदेखि संसदसम्म दबाब छ ।

सीमा रक्षक तयार गर्न सशस्त्रले भर्नामा २ प्रतिशत सिमानाका बासिन्दालाई कोटा दिन प्रस्ताव गरेको छ । यसअघि संसदमा पुगेर फिर्ता भएको सशस्त्र प्रहरी विधेयकमा त्यो विषय प्रस्ताव गरिएको थियो ।

सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपाल र भारतबिच १ हजार ९२५ किलोमिटर सीमारेखामध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा विवाद रहेको जानकारहरू बताउँछन् ।

सिमानामा सुरक्षा निकायले आफ्नो म्याण्डेट अनुसार काम गर्ने भए पनि अतिक्रमित भूभाग फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने सशस्त्रका पूर्वआईजी पुष्पराम केसीले रातोपाटीलाई बताए ।

दार्चुलाको खलंगामा सशस्त्रका एसपीको नेतृत्वमा बटालियन तैनाथ छ । छाङरुमा डीएसपीले नेतृत्व गर्ने गुल्म छ । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले फिल्डको तत्कालीन समस्या समाधान गर्ने र वस्तुस्थितिको रिपोर्ट गर्ने पूर्वआईजी केसीले बताए । उनले भने, ‘सीमानामा भएको विवादको दीर्घकालीन समाधान गर्न कूटनीतिक पहल जरुरी छ ।’

सशस्त्रको बोर्डर एरिया डेभलपमेन्ट कार्यक्रम

सीमा रक्षक तयार गर्न सशस्त्रले भर्नामा २ प्रतिशत सिमानाका बासिन्दालाई कोटा दिन प्रस्ताव गरेको छ । यसअघि संसदमा पुगेर फिर्ता भएको सशस्त्र प्रहरी विधेयकमा त्यो विषय प्रस्ताव गरिएको थियो । आफ्ना मान्छे सशस्त्रमा भर्ना भएपछि उसका परिवार र आफन्तले सीमा रक्षा गर्न भूमिका खेल्ने आकलन गरिएको सशस्त्रका अधिकृतहरू बताउँछन् । सशस्त्रका एक जना उच्च अधिकृतले भने, ‘मुलुकको सीमा रक्षाको सूचना पाउन सहज हुन्छ ।’

तर, सो विधेयक पुनः फिर्ता भएको छ । सशस्त्रले बोर्डर एरिया डेभलपमेन्ट कार्यक्रम गरिरहेको छ । सिमानामा बस्ने स्थानीयहरूका लागि आवश्यक धारा, मन्दिर र शौचालय निर्माण गरेर सो कार्यक्रम मार्फत सशस्त्र प्रहरीले सीमाका स्थानीयहरूसँग निरन्तर अन्तरसंवाद गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

बन्द चिया उद्योग सुचारु गर्न निर्यात समस्या तुरुन्त हल गर

३ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

३ घण्टा अगाडि

सशस्त्रका पूर्वआईजी राजु अर्यालले भने, ‘सिमाना बलियो बनाउने उद्देश्यले नै बोर्डर एरिया डेभलपमेन्ट कार्यक्रम सुरु गरिएको थियो ।’

सशस्त्रका अधिकारीहरूका अनुसार सिमाना अतिक्रमणविरुद्ध सुस्ताका स्थानीय निकै सचेत छन् । उनीहरूले सशस्त्रलाई सिमानामा हुने अतिक्रमण र अवैध गतिविधि नियन्त्रणमा सघाउँदै आएका छन् ।

वर्षौंदेखि बल्झिरहेको सीमा विवादबारे समन्वय गर्न सशस्त्रले चीन र भारतस्थित नेपाली राजदूतावासमा सम्पर्क अधिकृत राख्न प्रस्ताव गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक