शुक्र, जेष्ठ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बालिका शिक्षा कार्यक्रमको प्रगतिहरूको बैठक सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
बालिका शिक्षा कार्यक्रमको प्रगतिहरूको बैठक सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको प्रगति, उपलब्धि र आगामी कार्यदिशाबारे समीक्षा गर्न सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।
विद्यालयको आयोजनामा तथा Room to Read र UN Nepal को सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधि तथा कार्यक्रमका सहभागी बालिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष कोपिला कुमाल, बालिका शिक्षा कार्यक्रमकी फोकल शिक्षक कमला पन्थ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन डा. रविन्द्र कंडेलले गरेका थिए।
कार्यक्रममा प्रस्तुत गरिएको समीक्षा प्रतिवेदनअनुसार सन् २०२३ देखि विद्यालयमा सञ्चालन हुँदै आएको बालिका शिक्षा कार्यक्रमले बालिकाहरूको विद्यालय उपस्थितिमा सुधार, सिकाइ उपलब्धि अभिवृद्धि, नेतृत्व विकास, जीवनोपयोगी सीपको विकास तथा लैङ्गिक समानताको प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ।
UN Nepal गोरखाका कार्यक्रम अधिकृत उमेश बिश्वकर्माले सो बिद्यालयमा सञ्चालिक बालिका शिक्षा कार्यक्रममा भएका उपलब्धीसहित तथ्याँकहरूको समेत विश्लेषण गरी प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रमका सहभागी छात्रा दिपिका कुमाल र कृति कुमालले आफ्ना अनुभव सुनाउँदै कार्यक्रमले आफूहरूमा आत्मविश्वास बढाएको, सार्वजनिक रूपमा बोल्न सक्ने क्षमता विकास गरेको तथा अध्ययनप्रति थप प्रेरित बनाएको बताए। उनीहरूका अनुभवले कार्यक्रममा सहभागी अभिभावक र सरोकारवालाहरूलाई भावुकसमेत बनाएको थियो।
खुला छलफलका क्रममा सहभागीहरूले बालिका शिक्षालाई अझ प्रभावकारी बनाउन विद्यालय, अभिभावक, समुदाय र स्थानीय सरकारबीचको सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, किशोरीहरूका लागि नेतृत्व विकास, जीवनोपयोगी सीप र सुरक्षित सिकाइ वातावरणलाई आगामी वर्षमा अझ सशक्त बनाउन सुझावहरू प्रस्तुत गरिएका थिए।
अतिथिहरूले बालिका शिक्षामा लगानी गर्नु भनेको समाजको भविष्य निर्माण गर्नु भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका बालिकाहरूलाई शिक्षा र अवसरमा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
प्रधानाध्यापक कुमार प्रसाद ढकालले विद्यालयमा सञ्चालन भइरहेको कार्यक्रमले बालिकाहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा पनि यसलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
बैठकले कार्यक्रमको प्रभावकारिताको समीक्षा गर्दै आगामी वर्षका लागि सुधारका क्षेत्रहरू पहिचान गर्नुका साथै बालिका शिक्षाको दिगोपनाका लागि साझा प्रतिबद्धता निर्माण गर्ने निष्कर्ष निकालेको छ।
विद्यालय परिवारले कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला, अभिभावक, शिक्षक, विद्यार्थी तथा सहयोगी संस्था Room to Read र UN Nepal प्रति आभार व्यक्त गर्दै बालिका शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरेको छ।
“शिक्षित बालिका, सक्षम समाजको आधार” भन्ने सन्देशलाई आत्मसात् गर्दै कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

३ दिन अगाडि
एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

बर्षा हुने सम्भावना

बालेन अभिव्यक्तिको सीमा तरंग !

भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक