शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

रास्वपा अधिवेशन : कुन जिल्लामा सभापति को ?

धारणा न्यूज by धारणा न्यूज
६ दिन अगाडि
Reading Time: 1 min read
0
रास्वपा अधिवेशन : कुन जिल्लामा सभापति को ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लिलु डुम्रे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका १४ मध्ये ८ जिल्ला अधिवेशन शनिबार सम्पन्न गर्‍यो । सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापाको नेतृत्वमा नयाँ समिति बने ।

रास्वपाका अनुसार धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा भने आज आइतबार अधिवेशन भइरहेको छ । पाँचथरको अधिवेशनको मिति तय गरिएको छैन ।

मधेशका दुई जिल्ला महोत्तरी र रौतहटमा हिजो रोकिएको अधिवेशनको मिति तय गरिए पनि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु हुन सकेन ।

हिजो हुन नसकेका दुई जिल्लासहित सिरहा, पर्सा र सर्लाहीको अधिवेशन आइतबार भइरहेको रास्वपा मधेश संगठन विभागकी प्रमुख कामिनी चौधरीले जानकारी गराएकी थिइन् । तर निर्वाचन आयोगले भने सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

महोत्तरी र रौतहटमा हिजो अधिवेशन हुन नसक्नुमा प्रतिनिधि विवाद मुख्य कारण रहेको छ । मधेशबाट प्रतिनिधिसभा सदस्य रहेका एक सांसदले भने, ‘वैशाख १५ गतेपछि विभागको सदस्य बनेकालाई प्रतिनिधि बनाउन नमिल्ने पत्र आएको रहेछ । प्रतिनिधि छनोटको कुरा हिजो मिलाउन समय नपुगेको हुँदा स्थगित भएको हो ।’

 

मधेश संगठन विभाग प्रमुख चौधरीले प्रक्रिया सक्दासक्दै हिजो ढिलो भएकाले महोत्तरी र रौतहटको अधिवेशन पनि आज गर्न लागिएको बताइन् । जनकपुर उपमहानगरपालिकाको अधिवेशन नभई जिल्लाको गर्न नमिल्ने हुँदा धनुषाको अधिवेशन रोकिएको चौधरीले जानकारी दिइन् ।

बारा र सप्तरीको अधिवेशन मिति भने तोकिएको छैन । धनुषा र बाराको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ ।

जेठ २३ र २४ गते अधिवेशन हुन नसकेका जिल्लामा महाधिवेशनपछि अधिवेशन गरिने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

बागमतीका ९ जिल्लामा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जीव पाठक सभापति बनेका छन् ।

अधिवेशन विवादबारे रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले आइतबार गरेको प्रदर्शन ।

हिजो तय गरिएको सिन्धुपाल्चोक अधिवेशन भने स्थगित गरिएको छ । रास्वपाले विविध कारणले अधिवेशन स्थगित गरेको जानकारी गराएको छ । तर त्यो ‘विविध कारण’ बारे रास्वपाले खुलाएको छैन ।

सिन्धुपाल्चोकका कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षीबीचमा सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको बताए । उनका अनुसार सभापति पदका लागि आकांक्षीको संख्या पाँच जना रहेको छ । कार्यवाहक जिल्ला सभापति तामाङले अनलाइनखबरसँग भने, ‘सहमति हुने प्रयास गर्दा हिजो समय धेरै लाग्यो । भोटिङ गरेर छान्नु पर्ने भयो । मतपत छाप्न समय आवश्यक पर्‍यो ।’

तामाङका अनुसार अधिवेशनका लागि नयाँ मिति तोकिएको छैन । सिन्धुपाल्चोकको जिल्ला अधिवेशन गर्न पार्टीले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । मधुकुमार चौलागाईं, विनोद कँडेल, करुणा पाण्डे रहेको निर्वाचन समिति गठन गरिएको छ ।

चितवन, ललितपुर र रसुवाको अधिवेशन आइतबारका लागि तोकिएको छ । ती स्थानमा जारी अधिवेशनको परिणाम आइसकेको छैन ।

गण्डकी ५ जिल्ला स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा हिजो (शनिबार) अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ । थप चार जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङमा आज नेतृत्व चयन गरिँदै छ । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा हाल अधिवेशन हाल नगरिने भएको छ ।

कास्कीको प्रथम अधिवेशनबाट सभापतिमा यदुनाथ अधिकारी १ मतले निर्वाचित भएका छन् । उनले सभापतिका अर्का प्रतिस्पर्धी एकराज न्यौपानेलाई पराजित गरेका हुन् । यसअघि तदर्थ समितिको सभापति रहेका उनी निर्वाचनबाट पुनः सोही पदमा दोहोरिएका हुन् ।

स्याङ्जामा शनिबार भएको अधिवेशनले संस्थापक जिल्ला सभापतिलाई निर्वाचित गरेको छ । प्रथम अधिवेशनबाट विश्वास भण्डारीले सभापतिका अर्का उम्मेदवार उपेन अर्याललाई फराकिलो अन्तरले पराजित गरे ।

 

पर्वतमा पनि मतदान गरेर नयाँ नेतृत्व चयन गरिएको छ । सभापति पदका दुई प्रतिस्पर्धीमा जालबहादुर पुन निर्वाचित भए । पुनले गंगालाल रिमाललाई हराए ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

६ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

६ घण्टा अगाडि

रास्वपा म्याग्दी सभापतिमा यसअघिकै सभापति युवराज रोका सर्वसम्मत चयन भएका छन् । गत निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका उनले महावीर पुनलाई सघाउन उम्मेदवारी फिर्ता गरेका थिए ।

लुम्बिनी प्रदेशका ८ जिल्लामा हिजो अधिवेशन गर्ने भनिए पनि पाँच वटामा सम्पन्न भएको छ । बर्दियामा शान्ता बुढा क्षेत्री, पाल्पामा विष्णु भण्डारी, रोल्पामा बलाराम थापा, दाङमा किरण खनाल र गुल्मीमा हरि श्रेष्ठ सभापति चयन भएका छन् । पाल्पा र रोल्पामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने अन्य तीन जिल्लामा निर्वाचन गरिएको थियो ।

बर्दियाबाट शान्ता बुढा क्षेत्री रास्वपाको पहिलो महिला सभापतिमा निर्वाचित भएकी छिन् । हिजो भएको अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरले जिल्ला सभापति चुनिएकी हुन् । संस्थापक सभापति विपिन पौडेलको ह्दयाघातबाट निधन भएपछि कार्यवाहक सभापतिको भूमिकामा बुढा क्षेत्री थिइन् ।

नवनिर्वाचित रास्वपा बर्दिया जिल्ला सभापति शान्ता बुढा क्षेत्री ।

नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानमा आज अधिवेशन भएको छ । लुम्बिनी रास्वपाका उपसभापति शालिक घिमिरेका अनुसार आज अधिवेशन हुनेमा नवलपरासी बाहेक अन्य जिल्लामा निर्वाचनबाट नेतृत्व चयन गरिने भएको छ । पूर्वी रुकुममा भने अधिवेशनको मिति टुंगो नलागेको प्रदेश उपसभापति घिमिरेले जानकारी गराए ।

कर्णालीमा कालीकोट, हुम्ला र सल्यानको अधिवेशन सकिएको छ । यी तीनै जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । सल्यानमा प्रकाश नेपाली, कालीकोटमा प्रेम केसी र हुम्लामा बुँदे बुढा सर्वसम्मत सभापतिमा चयन भए ।

सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्लामा आज अधिवेशन जारी रहेको कर्णालीका सभापति मदन खड्काले जानकारी दिए । डोल्पामा दुई महिनाअघि नै नयाँ नेतृत्व चयन गरिएको थियो ।

सुदूरपश्चिममा शनिबार भएको अधिवेशनमा बैतडीमा भीमनाथ, बझाङमा सत्यराज उपाध्याय र डडेलधुरामा सुरेन्द्र अवस्थी सभापति चयन भएका छन् । बैतडीमा मतदानमार्फत नेतृत्व चयन गरिएको र अन्य दुईमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको सुदूरपश्चिम सहमहामन्त्री करिश्मा कठरियाले जानकारी गराइन् ।

आइतबार अछाम, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरा अधिवेशन जारी रहेको छ । सुदूरपश्चिममा अधिवेशन जारी रहेका ६ जिल्लामा सर्वसम्मत वा निर्वाचन हुने छलफलकै क्रममा रहेको सहमहामन्त्री कठरियाले जानकारी दिइन् । उनले अलनाइनखबरसँग भनिन्, ‘अधिवेशनको प्रक्रिया सुरु भएको छ । कहाँ सर्वसम्मत गर्ने र कहाँ मतदान गर्ने टुंगो लगाउने छलफलबाट निर्णय हुन्छ ।’ अनलाइन खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक