शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दाङबाट काठमाडौं उडेको जहाज नेपालगन्जमा अवतरण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
दाङबाट काठमाडौं उडेको जहाज नेपालगन्जमा अवतरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तुलसीपुर । दाङको टरिगाउँबाट काठमाडौंका लागि उडेको सीता एयरले नेपालगन्जमा लगेर यात्रुलाई अलपत्र पारेको छ । बिहान ११ बजे टरिगाउँ एयरपोर्टबाट काठमाडौंका लागि उडान भरेको सीता एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भएपछि यात्रु र विमानका कर्मचारीबीच केहीबेर भनाभन भएको थियो । विमानका कर्मचारीले राराबाट आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाजले अन्यत्र उडान भरेको थियो ।

१२ जना यात्रु लिएर उडेको जहाज सवा ११ बजे नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । सीता एयरका क्षेत्रीय निर्देशक विनोद मिश्रसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यात्रुलाई काठमाडौं लैजान्छौं भनेर नेपालगन्ज लगेर ओराल्नु सीता एयरको गम्भीर लापर्बाही भएको घोराही रतनपुर निवासी यात्रु लक्ष्मी पहराईले बताइन् ।

‘साढे १ बजे भनेर मंगलबार टिकट काटेकी थिएँ, त्यहीदिन साँझ नै बुधबारका लागि बिहान ९ बजे विमानस्थलमा आउनुहोला भन्ने खबर आयो,’ उनले भनिन्, ‘९ बजे विमानस्थल पुगेपछि ११ बजे जहाज काठमाडौंका लागि उड्यो, ११ बजेर १५ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण भयो ।’

विमानका कर्मचारीले सुरुमा अर्को जहाजमा व्यवस्थापन गरेर पठाउँछौं भनेर आक्रोशित यात्रुलाई शान्त बनाए पनि पछि बेवास्ता गरेको यात्रुको भनाइ छ । सीता एयरले यात्राको व्यवस्थापन नगरेपछि आफू बुद्ध एयरको जहाजमा काठमाडौं पुगेको लक्ष्मीले बताइन् ।

यो पनि पढ्नुहोस्

परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

२४ मिनेट अगाडि
राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

३३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक