शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नोकियाले चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्ने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नोकियाले  चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नोकियाले यसै वर्ष चन्द्रमामा फोरजी मोबाइल नेटवर्क विस्तार गर्ने योजना ल्याएकाे छ । चन्द्रमा अन्वेषण गर्न सघाउ पुर्‍याउने र विभिन्न सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ कम्पनीले फोरजी सेवा विस्तार गर्न लागेको हो ।

नोकियाले स्पेसएक्सको रकेटमार्फत चन्द्रमामा फोरजी नेटवर्क सार्वजनिक गर्ने तयारी गरेको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

गत महिना बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस मा बाेल्ने क्रममा कम्पनीका प्रमुख इन्जिनियर लुइस मेस्ट्रो रुइज डे टेमिनोले नाेकियाकाे नयाँ परियाेजनाबारे जानकारी दिएका थिए ।

तयारी अनुसार परियोजना अघि बढे सन् २०२३ भित्रै चन्द्रमामा फाेरजी नेटवर्क विस्तार गर्ने तयारीमा कम्पनीकाे जुटेकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसी अनुसार चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्न नाेकियाले अमेरिकी अन्तरिक्ष कम्पनी ‘इन्ट्युटिभ मसिन’ ले डिजाइन गरेको नोभा-सी लुनार ‘ल्यान्डर’मा भण्डारण गरिएको एन्टेना बेस स्टेसनको सहयोग लिनेछ ।

सोलर-पावरको सुविधा भएको उक्त ल्यान्डर र रोभरबीच फोरजी कनेक्सन स्थापना गरिनेछ । यो सबै पूर्वाधार चन्द्रमाको दक्षिणी भागमा रहेको शेकलटन क्रेटरमा अवतरण हुनेछ । कम्पनीले यी पूर्वाधारलाई चन्द्रमाको वातावरण अनुकूल बनाएको दाबी गरेको छ ।

यो नेटवर्क नासाको ‘आर्टिमिस वन मिसन’ भित्र प्रयोग गरिने छ, जसले सन् १९७२ पछि चन्द्रमाको सतहमा हिँड्न पहिलो मानव अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ ।

नोकियाका अनुसार यो परियोजनाको मुख्य उद्देश्य स्थलीय (टेरिस्टेरियल) नेटवर्कले भविष्यको अन्तरिक्ष अभियानका लागि सञ्चार आवश्यकता पूरा गर्न सक्छ भन्ने देखाउनु हो ।

यो नेटवर्कले मिसन कन्ट्रोल गर्दै अन्तरिक्ष यात्रीलाई एक-अर्कासँग सञ्चार गर्न सघाउने कम्पनीकाे भनाइ छ । साथै रोभरलाई टाढाबाट नियन्त्रण गर्न र लाइभ स्ट्रिम भिडिओ प्रसारण गरेर पृथ्वीमा डेटा पठाउन सघाउने छ ।

नोकियाका प्रमुख इन्जिनियर टेमिनोका अनुसार यो ल्यान्डर स्पेसएक्स रकेटको सहायताले चन्द्रमामा पुग्नेछ । त्यसपछि चन्द्रमाको सतहसम्म पुर्‍याउन उक्त डिभाइसको प्रोपल्सन प्रणालीको प्रयोग हुनेछ । फोरजी नेटवर्क लिएर स्पेसएक्स रकेट कहिले चन्द्रामा प्रस्थान गर्छ भन्ने कुराको ठ्याक्कै मिति बाहिर नआए पनि यसै वर्षभित्र चन्द्रमामा फोरजी नेटवर्क सार्वजनिक भएको खबर सुन्न पाइने अपेक्षा गरिएको छ ।

मुर इनसाइट एन्ड ट्राटेजीका प्रमुख विश्लेषक अन्शेल सेगले नोकियाका उपकरण २०२३ भित्रै प्रक्षेपण हुने अनुमान गरेका छन् । “यदि हार्डवेयर तयार भयो र सबै काम योजना अनुरुपकै भयो भने २०२३ भित्र फोरजी नेटवर्क प्रक्षेपण हुने राम्रो सम्भावना छ,” सेगले सीएनबीसीलाई भने ।

नोकियाले लुनार नेटवर्कको सहायताले चन्द्रमामा आइस पत्ता लगाउने आशा गरेको छ । चन्द्रमाको अधिकांश सतह सुक्खा छ । तर, पछिल्ला केही अनुसन्धानबाट चन्द्रमामा आइस हुनसक्ने अनुमान गरिएको छ ।

यसरी पत्ता लागेको आइसलाई पानीमा परिणत गर्ने र त्यही पानीलाई पिउने प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । साथै पानीलाई हाइड्रोजन र अक्सिजनमा टुक्राएर सोही हाइड्रोजनलाई रकेटको इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ ।

साथै उक्त अक्सिजन अन्तरिक्ष यात्रीले प्रयोग गर्न सक्नेछन् । यी सबै योजनाका लागि फोरजी नेटवर्क अति नै आवश्यक पर्ने भएकाले चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्ने याेजना बढाएको कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

२४ मिनेट अगाडि
राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

३३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक