काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उनीहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


